
तनहुँ । तनहुँको बन्दिपुर-६ बाक्से हटियामा गत शुक्रबार साँझ साढे ८ बजेको समयमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तले जीप धनि विरुद्ध किटानी जाहेरी दिएका छन् ।
जीप धनि आनन्दबहादर गुरुङले बन्दिपुर-६ धरमपानीबाट उक्त जीप चलाएर लागेको थिए । सोही क्रममा बाक्से हटिया पुर्याउँदा बलेरो जीप सडकबाट अन्दाजी दुइ सय मिटर तल खस्दा जीपमा सवार ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका थिए ।
आइतबार मृतकका परिवारले जीप धनि ३४ वर्षीय गुरुङ विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीप धनि आनन्द बहादुर गुरुङ अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उक्त बलेरो जीप चालक २५ वर्षीय प्रविन भन्ने लिलाबहादुर गुरुङले घुमाउनेबाट धरमपानीसम्म चलाएका थिए । तर उनि त्यहाँबाट माथि गएनन् । चालक प्रविन भन्ने लिलाबहादुर गुरुङ पनि प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए । उनले भने ‘सवारी धनि र चालक दुवै हाम्रो नियन्त्रण छन्, अनुसन्धान गर्दैछौ ।’
किटानी जाहेरीमा सत्यतथ्य पत्ता लगाइ कानुन बमोजिम कारबाहीको माग मृतकमा आफन्तले गरेका छन् । त्यस्तै नियम अनुसार पाउने विमा, क्रिया खर्च समेतको क्षतिपुर्ति दिलाईदिन समेत प्रहरीलाई अनुरोध गरिएको मृतक मध्यका एकका आफन्त राजेश कार्कीले जानकारी दिए ।
यस्तै घाइतेहरु मृतक आर्वी थापाको आमा जमुना, आर्विको पिता विपिन थापा, मृतक सुकबहादुरको पत्नी ममफुली गुरुङ र छोरी कुमारी गुरुङ, सनिसा थापा र उनकी छोरी विविसा थापासमेतका घाइतेको उपचार खर्च समेत घाइतेका आफन्तले माग गरेका छन ।
अहिले दमौली अस्पतालमा मृतकको पोस्टमार्टम भईरहेको छ ।
उक्त दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो । मृत्यु हुनेमा बन्दिपुरमा-६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँका २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने, ४८ वर्षिया शुसिलादेवी न्यौपाने, ५० वर्षिया बीमायाँ गुरुङ, ४८ वर्षिया सुकबहादुर गुरुङ रहेका छन् ।
यस्तै सोही दुर्घटनामा परी घाइते हुनेमा बन्दिपुर-६ की २१ वर्षीया जमुना थापा, बन्दिपुर-६ हुस्लाङकोट बस्ने ४८ वर्षीया ममकुली गुरुङ, सोही स्थानकी २२ वर्षीया कुमारी गुरुङ, बन्दिपुर-६ भाक्से बस्ने १६ वर्षीया सनिसा थापा, सोही स्थान बस्ने ७ महिनाकी बिबिसा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दान बहादुर थापा र २१ वर्षीय बिपिन थापा रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
माघे संक्रान्तीमा शोकमा बन्दिपुर, जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु, ८ घाइते
बन्दिपुरको धरमपानीमा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थल मै मृत्यु