images
images
images

विराटनगरविरुद्ध भैरहवाको पहिलो जित

images

काठमाडौं, १३ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको छ ।

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे । प्रदीप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२÷१२ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र वसन्त रेग्मीले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११÷११ रन  बनाए । वसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे ।कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी शून्य रनमा पेभेलियन फर्किए ।

भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले समान ३ विकेट लिए । अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक विकेट लिए । यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाडेको थियो  । विराटनगरको यो लगातार दोस्रो हार हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS