शम्भु बहादुर अधिकारी
नेपाली काङ्ग्रेसको जन्मदाता बीपी कोइराला र सुबर्ण शम्शेर मानिन्छन्।बीपीले २००३साल माघ १२गते नेपाली राष्ट्रिय काङ्ग्रेस र २००५सालमा सुबर्णशम्शेरले नेपाली प्रजातांत्रिक काङ्ग्रेस गठन गरेका थिए।पार्टी गठन र संघर्षको उद्देश्य राणा शासनको अन्त्य,संबैधानिक राजतन्त्रको स्थापना,नागरिक स्वतन्त्रताको रक्षा,आर्थिक सामाजिक न्याय,राष्ट्रियता र प्रजातांत्रिक समाजबादको नारा र सम्मानजनक जीबन बाच्न पाउने अधिकारको ग्यारेन्टी जस्ता मागहरूमा दुइ दलको समानताको कारण २००६साल चैत्र२७गते नेपाली काङ्ग्रेसको एकीकृत संगठन भएको हो।त्यस्का सभापति मात्रृका प्रसाद कोइराला र नेतामा बीपी कोइराला छानीए।नेकाको रानीतिक नारा जन्मकाल देखि ०६२्६३संम राष्ट्रियता, प्रजातन्त्र र समाजबाद कायम रह्यो।बीपीले राजासंग आफ्नो घाटी जोडिएकोमा गर्व गर्दथे,तर जब राजतन्त्रले नेपाली काङ्ग्रेसलाइ बारबार सत्ताबाट हटाउने प्रयत्न गर्यो र त्यस्को कोपभाजनमा गिरिजा प्रसाद कोइराला र काङ्ग्रेसहरू परे ,उनी र उन्को दल राजतन्त्रप्रति निरपेक्ष रह्यो।माओबादीसंग मिलेर राजतन्त्र हटाउने योजना भए पछि कृष्ण प्रसादले ने का परित्याग गरे भने लौह पुरूष गणेशमानले ने का दुलो परेको डुङ्गा भनेर काङ्ग्रेसी राजनीतिबाट पछाडि हटे।अहिले नेपाल संघीय गणतन्त्रमा अगाडि बढी रहेको अबस्थामा नेपालमा बैदेशिक हस्तक्षेप र दलहरूबीचको बैमन्यसतापूर्ण ब्यबहारले गर्दा आज नेपालको अस्मिता,अस्तित्व र सार्बभौमिकता राजनीतिक इतिहासमा सबैभन्दा कम्जोर र तरल अबस्थामा छ।
बीपीको राजनीतिक इमान्दारितामा संका नगरे पनि उन्को काङ्ग्रेस पार्टी गठन हुनु भन्दा अगाडी उन्को राजनीतिक पृष्ठभूमि बुझ्दा राम्रै हुन्छ।उनी भारतमानै जन्मेका, पढेका र हुर्किएका थिए।एक पटक काङ्ग्रेसका बरिष्ठ र बौद्धिक नेता प्रदिप गिरीले एउटा टेलिभिजन अन्तरवार्ता दिएका थिए।उन्लाइ सबैभन्दा भारतले भनेको मान्ने नेपालको राजनीतिक दल र ब्यक्ति को हो भनि सोधिएको प्रश्नको उत्तरमा गिरीले भनेका थिए कि १९४२मा बृटिश साम्राबादका बिरूद्धूभारत छोडो शान्तिपूर्ण भद्र अबज्ञा आन्दोलनूमा भारतीय नेताहरूसंग बीपी पनि आन्दोलनमा थिए।बीपी गिरफ्तारीमा परे पछि उनलाइ बृटिशरहरूले नेपाल सुपुर्दगि गर्न खोजियो।तर उन्ले त्यस्को प्रतिबाद गर्दै आफू नेपाली नभएर भारतीय भएको,भारतमै जन्मेको र घर पनि भारतमै भएकोले सुपुर्दगी नगर्न गिरिजा मार्फत अदालतमा मुद्दा हाल्न लगाए।त्यसैको परिणाम हो कि बीपीलाइ नेपाल सरकारलाइ सुपुर्दगी गरिएन भन्ने कुरा प्रदिप गिरीको उत्तर थियो।यो कुरा गर्दा उन्को संकेत सबैभन्दा बढी भारतीय प्रभाब पर्ने दल नेका र नेतामा बीपी थिए भन्ने भाब बुझ्न सकिन्छ।तर पछि बिपीले नेपाली काङ्ग्रेस पार्टी निर्माण गरि राणा शासन बिरूद्ध सशस्त्र संघर्ष गरेका थिए।त्यस पछि मात्र राणा शासनको अन्त्य त भयो तर खोरभित्र रहेको राजतन्त्र पनि फुक्का फाल भयो।मोहन शम्शेरले सन्१९५०मा आफ्नो सत्ता जोगाउन नेपाल भारत शान्ति तथा मैत्रि सन्धी गरे जुन सन्धी असमानजनक थियो, तर त्यस्ले राणाशासन पतन हुनबाट बच्न सकेन।
भारतीय सिमा क्षेत्रबाट ने काले राणा शासन बिरूद्ध सशस्त्र संघर्ष सुरू गर्यो।सन्१९९७मा राणाहरूले शुक्रराज शास्त्री,गंगालाल,धर्मभक्त र दशरथचन्दलाइ फासी दिए पछि राणाशासन बिरोधी भाबना जनताहरूमा बढ्दै गयो।नेकाको सशस्त्र संघर्ष बिराट नगर,बिरगंज, तानसेन, भैरहवामा सरकारी सेना र मुक्ति सेना बीच भीषण संघर्ष भइ रहेको थियो।राजा त्रिभुवनलाइ भारतले दिल्लि लगि सकेको थियो भने काङ्ग्रेस भारतमा नै थियो।अन्ततः नेहरूको तत्परतामा दिल्लिमाूराजा(राणा(काङ्ग्रेसूबीच दिल्लि संझौता गराइयो।संसदीय ब्यबस्था र संबैधानिक राजतन्त्रको घोषणा भए पछि मोहन शम्शेर प्रम बने भने गृहमंत्रि बीपी बने।दिल्लि संझौताको बिरोध गर्ने चिनियाकाजी मारिए भने भैरहवामा बिद्रोह गर्ने के आइ सिंहलाइ गिरफ्तार गर्न भारतीय सशस्त्र प्रहरी बोलाइयो।तत्कालीन अबस्थामा मंत्रिमण्डलमा भारतीय सचिब बस्थ्यो भने त्रिभुवनलाइ नियंत्रण गर्न पनि दरबारमा भारतीय कर्मचारी राखिन्थ्यो।स्वतन्त्र भएका राजाले बिधानसभाको माग फीर्ता लिए भने र आफ्नो पक्षमा काङ्ग्रेसलाइ नै प्रयोग गरेर राजकीय सत्ता आफ्नो हातमा लिन चाहन्थे।प्रम बनेका मात्रृका कोइरालाले नेपालको उत्तरी चेकपोष्टमा भारतीय सेना राख्न अनुमति दिए।तर पंचायती प्रम किर्तीनीधि बिष्टले १७ठाउबाट भारतीय सैनिक चेकपोस्ट हटाइ दिए भने केही समयको लागि भारतले कालापानीमा आफ्नो सैनिक क्याम्प राख्न अनुरोधमा बस्न दिइयो,तर बिडम्बना भन्नु पर्छ कि कालापानी, लिपुलेक समेत भारतले आफ्नो भूमि भएको दाबी गर्यो र त्यो सीमा बिबाद कायमै छ जस्को बिरोधलाइ स्वर्णिम जस्ता बिदेशी दलालहरूले भारत बिरोधी नेपाली रार्ष्ट्रबादको समाप्ती भएको घोषणा गरे।२०११सालमा कोशी संझौता र २०१६मा नवनिर्वाचित सरकारले गण्डक परियोजना नेपालको हित बिपरीत संझौता गरियो।राजा महेन्द्रले बिस्तारै आफ्नो शक्ति आर्जन गरिरहेका थिए।आफूले नै संबिधान दिएर सोही अनुरूप २०१५मा संसदीय चुनाब गराइयो।काङ्ग्रेसले ७४सीट,गोर्खा परिषदले २०सीट र नेकपाले ४सीट मात्र जित्यो।तत्कालीन काङ्ग्रेस सरकारले केही प्रगतिशील काम गर्यो,बिश्वसामु राजदूताबास मार्फत चिनायो र चीन नेपाल बीच भएको सगरमाथाको चुचोको बिबादलाइ बीपीले नेपालतिर पार्न सफल भए।तर बीपी र महेन्द्र बीच ब्यक्तित्वको टकराव र महेन्द्रको सत्ता मोहका कारण नेपालमा बहुदलीय संसदीय ब्यबस्था
हावापानी र माटो सुहाउदो नभएको आरोप लगाइ संसदीय ब्यबस्था र दललाइ
प्रतिबन्ध लगाइ निर्दलीय पंचायती ब्यबस्था लागु गरे।नेताहरू जेल परे,केही नेताहरू भारत प्रबाशमा लागे।केही काङ्ग्रेसी शिर्षस्थ नेताहरूले पंचायतलाइ समर्थन गरे भने नेकपाका केशरजङ्ग रायमाझीले पनि पंचायतको समर्थन गरी राजालाइ राष्ट्रबादी भने।महेन्द्रले बिदेशि सहयोगमा बाटोघाटो बनाए,बिस्वबिद्यालय र क्याम्पस हरू खोले,उद्योगहरू स्थापना गरेर आर्थिक रूपले देशलाइ आत्मनिर्भर बनाउन खोजे,राष्ट्रबैङ्क खोले, नेपाली पाठ्यपुस्तक तयार पारे,राष्ट्रिय निकुंजहरू बनाए र देशलाइ एककदम अगी बढाउन र रोजगार दिलाउन सफल भए पनि राजनीतिक स्वतन्त्रा र वाक स्वतन्त्रताको अभाबमा जस्तोसुकै अशल राजनीतिक ब्यबस्था भए र नेत्रृत्व भए पनि जनता संतुष्ट नहुने रहेछन।त्यस्कारण पंचायत बिरोधी आन्दोलन भित्रभित्रै अगाडि बढी रहेको थियो ।कम्युनिष्हटहरू
अखिलको नाममा र काङ्ग्रेस नेवि संघको नाममा पंचायत बिरोधी आन्दोलन चलाइ रहेका थिए।२०१८सालको भरतपुर हत्याकांड,२०३२को टिम्बुरबोटे काण्ड,सुखानी गोली काण्ड र अन्य सरकार बिरोधी काण्ड जस्ता प्रबृत्तिले पंचायत बिरूद्ध जनताहरू तीब्र रूपमा असंतुष्ट देखिए। उता भारत प्रबाशमा रहेका बिपी कोइराला भारतले सिक्कीमलाइ आफुमा मिसाए पछि राष्ट्रियता प्रति उन्को दृष्टिकोणमा परिबर्तन आयो र इन्दिरा गान्धीको आपतकालीन अबस्थाका कारणले इन्दिरा र बीपी बीचको बैमनश्यताले गर्दा बीपीले राष्ट्रिय मेलमिलापको नारा दिएर प्रतिबन्धित अबस्थामा २०३३सालमा उनी नेपाल फर्के।उन्को राष्ट्रिय मेलमिलाप राजतन्त्रसंग मिलेर जाने थियो,तर पंचायत उनीप्रति सहज भएन।उन्को मृत्यु पछि २०४२मा भद्र अबज्ञा आन्दोलन सुरू गरे तर रामराजा प्रशाद सिंहको २०४२को बम काण्डले काङ्ग्रेसले त्यो आन्दोलन परित्याग गर्यो।पछिल्ला दिनहरुमा काङ्ग्रेस बाममोर्चा को गठबन्धनले २०४६मा पंचायत बिरोधी जन आंदोलन सुरू गरे,आन्दोलनलाइ समर्थन गर्न चाक्सीबारीमा चन्द्रशेखर लगायत भारतीय नेताहरूले आन्दोलनलाइ उक्साएका थिए।भारतीले अमानबीय रूपले नाकाबन्दि गर्यो।तर भारतीय दूत आन्दोलनका बेला नेपाल आएर यदी जलस्रोत र नेपालको सुरक्षा भारतको नियंत्रणमा दिए पंचायत बिरोधी आन्दोलन शिथिल पारी दिने कुरा उठाएका थिए,तर तत्कालीन राजा बीरेन्द्रले नेपाली जनताको इच्छ्या बिपरीत जान नसक्ने जबाफ दिएर भारतीय दूतलाई फीर्ता गरिदिए।बीरेन्द्रले राजतन्त्र र बहुदलीय ब्यबस्था घोषणा गरिदिए।मुस्ताङको खम्बा बिद्रोहको दमन र राष्ट्रिय सुरक्षा र जलस्रोत भारतलाइ नदिदा बीरेन्द्रको बंशनास हुने गरि हत्या गरियो।
२०४६को जन आंदोलन सफल भए पछि नेकाको सरकार बन्यो।नीजिकरणको नाममा उद्योगहरू कौडीको मूल्यमा बेचिए,जस्ले गर्दा जनताको रोजगारी टुट्यो।काङ्ग्रेस भित्रै ३६से र७४रेमा परिणत भयो।काङ्ग्रेसको आन्तरिक कलह छ्यापछ्याप्ती भयो।माओबादीले बहुदलीय संसदीय ब्यबस्थाको बिरूद्ध सशस्त्र संघर्ष सुरू गर्यो।कैयौ निरपराध मानिसहरू मारिए,माओबादी संघर्ष बिरोधी शक्ति पलायन भएर सदरमुकामतिर लागे।त्यही समयमा बीरेन्द्रको सपरिवारको हत्या गरियो र त्यस्को दोष मृतक दीपेन्द्रमाथि लगाइयो।खम्बा बिद्रोहको दमन र भारतिय मागमा बीरेन्द्र मञ्जुर नहुदा उन्को हत्या गरिएको थियो।
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिए पछि उनले कीर्तिनीधि बिष्ट र तुलसी गिरी जस्ता ूडेट एक्सपाएरूराजनीतिज्ञलाइ लिएर एकल सत्ता चलाउने अभिलासा देखाए।माओबादी संग लडिरहेको काङ्ग्रेस एमाले समेतलाइ भित्ता लगाउने प्रयत्न गरे पछि उनीहरू माओबादीको संबन्धमा गए।माओबादीको जनबादी ब्यबस्था पनि सफल नहुने अबस्था आए पछि नारा फेरेर अन्तरिम सरकार र संबिधान सभाको नारामा सहमत भए।दिल्लिले माओबादी र काङ्ग्रेस एमालेलाइ सहमतिमा ल्याएर सातदल माओबादी बीच १२बुदे संझौता गराइ जन आंदोलन सुरू गराइयो।अन्त्यमा तत्कालीन राजा ज्ञानेन्द्रले सातदलसंग ५बुदे सहमति गरे।ज्ञानेन्द्रले ५बुदे सहमतिमा ३बुदा फुकाइ दिए भने दलहरूले२बुदालाइ कार्यान्वयन गरेनन्।अन्ततः ज्ञानेन्द्रले जनताको नासो जनतालाइ सुम्पेर नारायणहिटि दरबार हासीहासी छाडी दिए।
२पटक गरि संबिधान सभा पूरा गरियो र २०७२सालमा संघीय गणतान्त्रिक संबिधान घोषणा गरियो।त्यस्को बिरोधमा भारतीय नामञ्जुरिका साथ मधेश आन्दोलन गराइयो। आफ्नो शक्ति भएको बेला माओबादीले जति गर्न सक्थ्यो त्यति संबिधानमा राख्न सकेन।युद्धबाट अंगभङ्ग भएका,शहीद परिवार र बेपत्ता परिवारलाइ यथोचित सम्मान गर्न सकेन,माओबादी सेनाको सेनामा समायोजन गरेर बिघटन गराइयो।माओबादीले संझौताबाट आएको बिर्षेर युद्ध जितेर आएको ब्यबहार गर्यो।सत्तामा पुगे पछि एमाले काङ्ग्रेससंग आलोपालो सत्तामा बस्ने माओबादीको ब्यबहारले जनताहरू त्यस दलबाट अलग हुदै गए।रबी लामीछाने सरकारमा सामेल भए पछि उस्का ठगि,दोहोरो नागरिकता,दोहोरो पासपोर्टको बिरोध गर्नुको साटो उस्को कलंकलाइ स्वच्छ बनाउने गलत कामले आज एमाले माओबादी नै त्यस्को कोपभाजन्मा परेका छन।रोजगारीको अभाब,घुसखोरी,भ्रष्टाचार र नाताबाद कृपाबाद र कमिशनतन्त्रबाट आजित जनताहरूलाइ भड्काउन राश्वपा सफल भयो।सन्२०१७(२०२२संम अमेरिकी योजनामा पुराना दलहरू र नेत्रृत्वको बिरूद्ध ूद ग्रेजोनूअनुसार बालेन ,रबी,सुदन,सागर ढकाल र रञ्जु दर्शनाहरूले अमेरिकी लगानीमा तथाकथित जेन्जी बिद्रोह गराउन सफल भए,करिब २०लाख डलर सोझो लगानि देखियो।भाद्र२३गतेको घटनालाइ बीबीसी र सीएन एनले बढी हाइलाइट गर्यो भने भाद्र२४को घटनालाइ लुकाएर प्रस्तुत गर्यो।प्रम ओली र गृहमंत्रिको राजिनामा पछि पनि हत्या हिंसा,आगजनी, तोडफोड किन रोकीएन, के त्यस्को लेखा जोखा गर्नु पर्दैन।
रुबरू आन्दोलनको स्टेक होल्डर भनि सेनासंग छलफल गर्न बालेनले सामाजिक संजाल मार्फत आफ्ना सहपाठीलाइ सैनिक क्याम्पमा पठाए।डिस्कोर्डको नाटक रचेर ७३बर्षिय सुशिला कार्कीलाइ प्रम बनाइयो।रबीहरूले जेल तोड्दा १५हजार कैदीहरू हतियार लिएर फरार भए।आन्दोलनमा टीओबी,सार्पसुटरहरू,अपराधिक प्रबृत्तिका ब्यक्तिहरू थिए।गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानब अधिकारबादी आयोगले निकालेको प्रतिबेदनलाइ ूधोतीूलगाएर राखिएको छ र उस्ले दोषी करार गरेका।मानिसहरू अहिले सत्तामा छन।
२०८२फागुन २१गतेको निर्बाचन संबिधान बिपरीत गरिएको चुनाब थियो।किनभने त्यही संबिधान अनुसार सरकार नबनेको त्यो अबैध प्रमले संसद बिघटन एउटा नाटकीय प्रहसन थियो।त्यो चुनाव ओली र देउवाले बहिष्कार गर्ने कि अलिपछि गर्ने भनि सोचिरहेको अबस्थामा चुनाबको दर्खास्त दिनु भन्दा ६दिन अगाडि गगन थापाहरूले बिशेष महाधिबेशन गराएर देउवालाइ पछारे।काङ्ग्रेस देउवा जस्तो अलोकप्रिय ब्यक्तिलाइ अगाडी लगाएर चुनाबमा जान सकिन्न भन्ने नारा तयार पारी बिशेष महाधिबेशन गराइ बिना शर्त त्यो चुनाबमा गगनहरूले भाग लिए।तर गगन थापा
आफ्नै पुरानो सहकर्मिबाट पराजित भए।उनले आफूलाइ लाश र दासको पार्टी होइन भन्ने खास प्रमाण पेश गर्न सकेनन।आज तिनै मानिसहरूलाइ लिएर गगनहरू महाधिबेशनबाट काङ्ग्रेसको सभापति बनेका छन।ू द ग्रेजोनूले निकालेको समाचारबारे गगनहरूले प्रश्न कहिकतै उठाएनन।बिरासदको राजनीतिबाट अलग रहेको नबीन काङ्ग्रेसको राजनीतिक,आर्थिक,सामाजिक र दार्शनिक पक्ष के हो भन्ने कुरा सायद गगनले राजनीतिक दस्ताबेजमा उल्लेख गरेका होलान।तर १५औ महाधिबेशनमा रबीले गगनलाइ दुईटा गुन लगाएको भनेका छन,तर ती के गुन हुन थाहा छैन।यस्बाट के अनुमान गर्न सकिन्छ भने कतै रबी र गगन एउटै केन्द्रबाट लामो समय देखि संचालित त छैनन रुकिनभने देउवाले अमेरिकी परियोजना एसपीपी पारित गर्न नसके पछि ओली र आर्जु पेकिङबाट फर्कना साथ जेन्जिहरूको नाममा बिध्वंश गराइएको थियो र सत्ताबाट फालिएका थिए।
रबीलाइ सहकारी ठगी र संगठित र संपति सुद्धिकरणको मुद्दा लागे पछि ओली र दाहालका साथै तत्कालीन आइजीपीले पनि रबी निष्कलंक करार गरेका थिए,आफ्नो सरकारको बहुमत जोगाउनको लागी।तर लामो समयको तालिम पछि देउवा,ओली र दाहालका बिरूद्ध देश र जनताले केही नगरेको ,घुषखोरी र भ्रष्टाचारी बढेको,नाताबाद र कृपाबाद गरेको, अकुत संपति कमाएको,बिदेशमा पैसा राखेको ब्यापक आरोप प्रति सामान्य जनताले बिस्वास गरे।३५बर्षमा केही गर्न नसकेको आरोप लगाए,तर यदी बिकासै नगरेको भए भोटेकोशीबाढी र बुढीगण्डकि बिपत्बाट करिब ७खरबको नोक्सानी कसरी भयोरुत्यस्को पुनर्निर्माणका लागि त्यति नै रकम कहाबाट ल्याउने होरुके आन्दोलीत गराएर देश र जनतालाइ बिपद्मा पारेका देशहरूले हाम्रो पुनर्निर्माणका लागि लगानी गरि दिन्छनरुओली र आर्जुले चीनको परेड हेरेका,कालापानी नेपालको भनेका,चीन रूसबाट सहयोग मागेका र एसपीपी पारित नगर्नु का कारण उनीहरूको सत्ता उल्ट्याइ दिने काममा टीओबी र नेपाली खेतालाहरू प्रयोग गरिएका हुन।प्रचण्डलाइ पनि के लाग्यो भने राश्वपामा नेत्रृत्व गर्ने ब्यक्तिहरूको कमिका कारण आफ्नो थोरै मत आए पनि राश्वपाको नेत्रृत्व आफैले गर्नु पर्ने दीबा सपना देखे।तिनिहरूलाइ जस्ले संचालन गर्यो अन्ततः सत्तामा पनि उनीहरूकै हाली मुहाली हुन्छ भन्ने कुरा दाहालले बुझ्न अनिच्छुक भए।
आफ्ना बृद्ध नेतालाइ रक्ताम्य हुने गरि कुटिएको र लछार पछार गरेकोमा बिशेष महाधिबेशनवाला गगनहरूले एउटा बक्तब्य निकालेर सहानुभूति पनि देखाएन,भेट्ने कुरा त परै जाओस।राश्वपाको उदण्डता,अमानबीय कृयाकलाप र आगजनी समेतलाइ युवाहरूको परिबर्तनको माग भनेर गगनले ब्याख्या गरे।करिब ८हजार प्रतिनिधि बोलाएर तामझामका साथ १५औ महाधिबेशन गरेपछि केही युवाहरूले गगनको कदमलाइ साहसिक भनेर प्रशंसा गरेका छन।उनले हरूवा कार्यकर्तालाइ र अर्को १५औ महाधिबेशन गर्न लागेका नेतालाइ कसरी समेट्छन त्यसैमा उनको भबिष्य लुकेको छ।बिद्रोहको औचित्य पुष्टि गर्नु पर्ने कुरा गगन बिश्व प्रकासले दिनु पर्छ।जहासंम पुस्तान्तरण र हस्तांतरणको प्रश्न छ त्यो घरमा बाबु आमासंग ूअंशूलिए जस्तो हुन्न।राजनीतिक नेतृत्व लिनका लागि बुढापाकाको अनुभब,धैर्यता,बलिदानीपूर्ण काम ,इमान्दारिता,अनुशासित र संगठन र संघर्षमा खारिदै जाने प्रबृत्तिनै नेत्रृत्व प्राप्त गर्ने सही तरिका हो।कि सैद्धांतिक,राजनीतिक,बिचारधारात्मक,दृष्टिकोणमा नै भिन्न भए बिद्रोह गरी अर्को दल बनाउने वा त्यस दलको नेत्रृत्व खोस्ने हो।बिचार र राजनीतिमा परक नभएकोले गगनले नेत्रृत्व खोसेका मात्र हुनु पर्छ। देउवा समूहले गर्ने काङ्ग्रेसको१५ औ महाधिबेशन संभबतः कानूनी नहोला तर अर्को रूपमा बिरोधी काङ्ग्रेसको अस्तित्व कायम रहीरहन्छ जस्लाइ गगनले आफ्नो पक्षमा ल्याउन फलामको चिउरा चपाउनु सरह हुन सक्छ।नेपालमा चीन बिरोधी शक्ति तयार गराउन नसक्दा अमेरिकाले एमाले,काङ्ग्रेस र माओबादीलाइ फुटाइ दिएको हो,जस्को परिणाम राश्वपाको जन्म भएको हो।अमेरिकाको मात्र सेवा गरेर नहुने भए पछि स्वर्णिम, रबीहरू बिस्तारै भारतीय लबिमा फस्दै छन।बालेन अमेरिकी समर्थक भएकोले उस्लाइ एक्ल्याउने संभाबना बढेर गएको छ।
सेनाको आड भरोषामा स्थापित बालेन सरकार आज उन्मत्त र उदण्ड हुदै गएको छ।प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको छ।राश्वपा बिरोधी शक्तिलाइ चाहे त्यो पत्रकार नै किन नहोस समाचार कक्षबाट गिरफ्तार गरिएको छ।तर बिभिन्न स्रोतबाट राश्वपासंग संबन्धित मुद्दा आए त्यस्लाइ लुकाउने गरिएको छ।आफैले छानेको प्रधानन्यायधीश प्रयोग गरेर रबीका मुद्दा फीर्ता गरिएको छ भने त्यही न्यायाधीश बिचौलियाको संबन्धमा देखिए पछि राश्वपा पछाडी हट्न लागेको देखिन्छ।जेन्जी बिध्वंशको जिम्मा लिएको राश्वपाले आगजनी,तोडफोड,प्रहरी हत्या र देशभरीको नोक्सानीको पनि जिम्मा लिनु पर्छ।अप्रत्यक्ष रूपमा ओली देउवा बिरोधी शक्ति पनि लागेको देखिन्छ।राश्वपाको जन्म बिद्रोहबाट होइन,बिदेशिद्वारा प्रायोजित घुषपैठ र शक्तिको परिणाम भएको हो किनभने अमेरिकामा ूनेशनल फ्रीडम पार्टीूछ र त्यस्को रङ् निलै र चिन्ह घण्टी हो ।त्यसैकोू डुप्लीकेटूराष्ट्रिय स्वतन्त्र पार्टीूजस्को रङ् र चिन्ह घण्टी र निलो छ।राश्वपाले मेरिटोक्रयासीको नाममा आफ्ना मानिसहरूलाइ राजदूतमा सीफारिस गर्दा अनैतिक,अनुशासनहिन,चरित्रहिन ब्यक्तिको सिफारिस गरेर आफ्नो हैसियत प्रदर्शन गरेका छन जस्मा दुइ उमेदवार राजदूत हुनबाट फालिए र एकजना जापान कै पीआरवाला होल्डिङ मा छ।निबेदन नै नदिएकि आनी छोइङ् डोल्मालाइ लुम्बिनी बिकास कोशको उपाध्यक्ष बनाइएको छ जो तिब्बतियन शरणार्थी बाबुआमाबाट जन्मिएको कुरा आफैलेूखतूभन्ने शिर्षकमा ूफूलको आखामा फूलै संसार((ूभन्ने पुस्तकमा लेखेकी छन। तर उनले कान्छा लामाको नाममा नेपाली बंशजको नागरिकता लिनु र नियुक्ति प्रति आसक्ति देखाउनु अनुचित र नैतिकहिन कुरा हो किनभने बुद्धले राज्यको आसा त्यागे र राजा अशोक पनि राजपाठ त्यागि बुद्ध धर्म अगाले भने आनीले किन त्यो उपाध्यक्ष पद नेपाली नागरिक नभएर पनि त्यस्को लागि मरिहत्य गरिरहेकि छिन।
राश्वपाको सरकार बनेपछि सबै दलहरूले बुझ्नु पर्ने कुरा के हो भने१० प्रम बालेनले नेपालले पनि भारतीय भूमि मिचेको छ भने जस्ले नेपाल र भारत बीचको सिमा बिबादलाइ कंजोर बनाइ दिए।२०अर्थमंत्रि स्वर्णिम वाग्लेले मुन्ड्रो डक्ट्रिन अनुसार दक्षिण एशिया मूख्यतः नेपालले भारतीय आधिपत्य
स्विकार गर्नु पर्ने भनेर नेपाली राष्ट्रियता बिरूद्ध बिष बमन गरे।३०भारत बिरोधी नेपाली राष्ट्रबादको अन्त्यको घोषणा वाग्लेले गरे, तर भारतसंग नेपाल पंचशीलको आधारमा मैत्रीपूर्ण ब्यबहार र समानताको आधारमा बिदेशनीति अबलम्बन गर्न चाहन्छ भने भारतले नेपाली सीमा कालापानी,लिपुलेक,सुस्ता हस्तक्षेप गर्दा नेपालले आफ्नो भूमिबारे बोल्नु भारत बिरोधी राष्ट्रबादको रूपमा वाग्लेले बुझ्नु उनको बौद्धिक टाट पल्टाइ हो।डिग्री महत्वपूर्ण भए पनि राष्ट्रिय चेतना त्यो भन्दा बढी महत्वपूर्ण हो किनभने नेपालमा पनि भूगोल,इतिहास,समाज र संस्कृतिलाइ बुझेका मानिसहरूले पी एचडी गरेका छन तर राष्ट्रियताका बिरूद्ध बोलेका छैनन।४०नख्खु जेल तोड्दा सफल भएकोले हुन सक्छ रबीले भारतका देबी देबताको दर्शनको लागि भाकल गरेका रहेछन, कि नेपाली देबी देबताले उन्को भाकल पुरा गर्न नसक्ने भएकाले ,भाकल पुरा गर्न उनी भारत गए जुनबेला अमेरिकी दूत दलाइलामालाइ भेट्न हिमाचल गएका थिए जहा रबीको पनि उपस्थिति कागताली थिएन।
यी संपूर्ण कुराहरूबारे जानकार पुराना दलका नेताहरू जस्ले नेपाली राजनीतिक ऐतिहासिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएका छन गगन कुमार थापा र बिश्वप्रकास शर्मा समेतले राश्वपाबारे र देशको बर्तमान राजनीतिक,सामाजिक र संबैधानिक र कानूनी स्थितिको
कसरी गतिरोध हटाउछन र राष्ट्रियता,लोकतंत्र र समाजबादको प्रयोग कसरी गर्छन र एमाले माओबादीलाइ हेर्ने दृष्टिकोणमा के कस्तो ब्याख्या गर्छन समयले नै बताउने छ।
समाप्त














