images
images
images

बन्दिपुरको धरमपानीमा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थल मै मृत्यु

images

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-६ धरमपानीमा आज साँझ जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार ज्यान गुमाउनेहरूमा बन्दिपुर गाउँपालिका-६ धरमपानी बस्ने ९ महिने आरूबि थापा, २४ वर्षिय रोशन गुरूङ, ५३ वर्षिय हरि बहादुर न्यौपाने र ४८ वर्षिया सुशिलादेवी न्यौपाने रहेका छन ।

ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

उक्त जीपमा १७ जना सवार रहेको बुझिन आएको छ ।

बाच्छेबाट धरमपानी आउदै गरेको ग१ज ६५५५ नं.को जिप हटिया भन्ने ठाउँमा सडकबाट करिब १ सय मिटर तल खस्दाँ दुर्घटना भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS