images
images
images

देउवाविरुद्ध व्यापक माेर्चाबन्दी, शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जादैँ

images

काठमाडौं। नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाविरुद्ध व्यापक मार्चाबन्दी चलेको छ । कांग्रेसमा चलिरहेको क्रियाशील सदस्यता विवाद र अधिवेशनको धाँधलीलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मोर्चाबन्दी बढाएको हो।

देउवाविरुद्धको कदम सशक्त बनाउँन नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा नै जाने भएका छन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध डडेल्धुरा कांग्रेसका नेताह अनशनरत छन् । तीनै नेता कार्यकर्तालाई साथ दिन डा. शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जान लागेका हुन्।

डा. कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जान लागेका हुन्।

उनीहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी जाने र त्यहाँबाट सडकमार्ग हुँदै डडेल्धुरा जाने बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS