दमौली, ११ गते ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि (प्रजातन्त्र सेनानी समूह) तर्फ समुन्द्र गोदारले उम्मेदवारी प्रस्तुत गरेका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्षसमेत रहेका गोदारले आफ्नो लामो र सक्रिय राजनीतिक यात्राको सम्मानजनक निकासको अपेक्षासहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवारी प्रस्तुत गरेका गोदारले क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई मत दिएर सहयोग गर्न आग्रह गरेका छन्। उनले आफ्नो राजनीतिक योगदान, पार्टीप्रतिको निरन्तर सक्रियता तथा प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको मूल्यांकन गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरेका छन्।
गोदारले आफ्नो उम्मेदवारीलाई साथ र समर्थन गरी अमूल्य मत प्रदान गर्न क्षेत्रीय प्रतिनिधिलगायत कांग्रेसका नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्।














