images
images
images

तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता, पुरुष भन्दा महिला मतदाता बढी

images

तनहुँ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको सार्वजनिक गरेको छ ।

तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाताको नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

आयोगले सार्वजनिक गरेको तथ्यांक :

तनहुँमा करिब ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए । ६१ हजार ५२७ मतदाता मतदानमा सहभागी नै भएनन् ।

एक लाख ३२ हजार ९४४ मत गत स्थानीय निर्वाचनमा खसेको हो । त्यसमा पनि तीन हजार १५४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालमा भएको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमै जिल्लामा २० हजार ९७५ मतदान गर्न योग्य मतदाता थपिएका थिए ।

गत २४ माघसम्म जिल्लामा मतदाता नामवली संकलन भईरहेको थियो । दुई लाख ४७ हजार ७०५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए ।

जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिए । उनका अनुसार व्यासमा ४७ हजार ५४२ छन् भने देवघाटमा १२ हजार ८१५ रहेका छन् ।

तनहुँमा २९७ मतदान केन्द्र

मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको संख्या पनि थप गरिएको छ । यसपाली जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् ।

मतदान स्थलको संख्या भने घटबढ भएको छैन् । अघिल्लो निर्वाचनमा १३६ मतदानस्थल र २५२ मतदान केन्द्र थिए ।

यो पनि :

मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिका सहित)

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS