शम्भु बहादुर अधिकारी
गत भाद्र२३र २४को नेपालमा अमेरिकी एजेन्सीहरू मार्फत खास गरेर युवा उमेर समूहहरूद्वारा एउटा अराजकताबादी उपद्रब मच्चाइएको थियो।त्यो अराजक उपद्रब स्वतः स्फूर्त रूपको,एकै दिनमा घटेको घटना जस्तो देखिएता पनि,त्यो घटना घटाउन अमेरिकी युथ काउन्सिल,बारबारफाउन्डेशन,हामी नेपाल,एनजीओ आइएनजीओ ,आइआर आइ,र युएस एआइडी सबै संघ संस्थाहरूले नेपालका अबोध बालबालिकालाइ लगानि गरेर पुरानो सत्ताको बिरूद्धको आन्दोलनको लागि तयार गरिएको देखिन्छ,जस्मा नेपालका बौद्धिक हमूह, राजनीतिक बिश्लेशक,लेखक ,साहित्यकार पत्रकारहरू पनित्यही हुलमा लागेका थिए।त्यस्को उद्देश्य आगजनी,तोडफोड र गुण्डागर्दि थिएन,सुशासन ,पारदर्शिता र जबाफदेहिताको लागिको आन्दोलन मनिएको थियो।तर नेपाली शासकहरू जानेर वा नजानेर देशको परिस्थिति र जनताको मनस्थिति नबुझेर शासन सत्ताको वरिपरि घुमी रहेका थिए भने आफूलाइ नया र युबा भन्नेहरू पनि आन्दोलित देखिन्थे ।युवायुबतिहरू रोजगारीको लागि दिनदिनै हजारौको संख्यामा बिदेशिएका थिए र छन।मध्यमबर्गका र महत्त्वाकाङ्क्षी युवायुवतीहरू पनि घरखेत गरेर बिकसित मुलुकतिर अध्ययन गर्ने नाममा बिदेशिएका छन,तर याहा तिनीहरूको समस्या भन्दा हातमूख जोर्न नसक्ने युवावतीहरूको कुरा उल्लेखनीय छ।श्रम गरेर पनि पेटपाल्न धौधौ भइरहेको अबस्थामा देशभित्र रोजगारी नपाएपछि बिदेशिनु बाध्यात्मक अबस्था हुनजान्छ।भ्रष्टाचार,घुषखोरी, कमिशनतन्त्र,नाताबाद कृपाबाद ब्याप्त थियो,अझै कायमै छ।नयाले पनि पुरानैको देखासिकि गरिरहेको छ।आफ्ना आसेपासेलाइ जोगाउने र बिरोधी पक्षमा अलि बढी कारबाही गर्ने प्रक्रियाले जनतामा आक्रोस पैदा भइ रहेको थियो।जनताको हित र स्वार्थ बिपरीत एमसीसी संसदबाट पारित गर्नु कम्युनिस्टको लागि नैतिकताको बिचलन थियो,अर्का पट्टि आफ्नै बिद्यार्थीहरू एमसीसीको बिरूद्ध पुलिसको गोलिबाट मारिएका थिए।एमसीसी पारित गरेपछि त्यस्को सुरक्षाको लागि अमेरिकी योजना “एसपीपी”पारित गर्नु पर्ने भयो।जब देउवा ओलि सरकारले२०७९असार ६गते एसपीपी स्वीकार गरेनन बनिबनाउ राश्वपाको दल २०७९असार ७गते घोषणा गरीयो जस्को सभापति रबी लामीछाने चुनिए,त्यसैले राश्वपाको उदयमा अमेरिकी हात स्वतः दाखिन्छ।संभबतः नेत्रृत्वले यस घटनालाइ गम्भीर रूपमा लिएन,हल्का रूपमा लियो।राश्वपालाइ माओबादी एमालेले आफ्नो पक्षमा रहेको गलत निष्कर्ष निकाले।माओबादीका सुप्रिमोले त रबिहरूप्रतिको सहानुभूतिले पनि आन्दोलनले तीब्रता लियो भने लाखौ मानिसहरू सिम्ह दरबार जलाउन र जेल तोड्न आउने समेत घोषणा गरेका थिए।सहकारीको रकम अपचलन गरेको आरोप रबिलाइ लाख्दा प्रचण्ड र ओलीले रबीको बचाउमा मात्र बोलेनन,आइजीपीलाइ पनि रबी निर्दोष भन्न लगाए।त्यो सत्ता स्वार्थका कारण अमेरिकी एजेन्सीहरूले पुरानो सत्ता बिरोधी आन्दोलनको बाताबरण तयार पारे।एसपीपी पारित गर्नुको अर्थ हामीले यसरी बुझ्नु पर्छ कि,एक,नेपालमाअमेरिकी सैनिक अड्डा राख्ने,दुइ,अमेरिकी प्रोक्सी सरकार बनाउने,तिन,नेपालको यूरेनियम अमेरिकाले लैजाने,चार,१५औ दलाइलामा नेपालबाट घोषणा गर्ने,पाच,नेपाबाट स्वतन्त्र तिब्बतियन आन्दोलन चलाउने र ,छ,चीनबिरोधी गतिबिधि चलाउने आदि।यीनै कारणहरूले गर्दा भाद्र२३र२४को उपद्रब मच्चाएर पुरानो सत्तालाई२४घण्टामा बिघटन गराए,तर भारतमा भयेको जेन्जि आन्दोलनले नेपालमा झै अराजक बाटो लिएन।एमसीसी पारित गरेपछि नेपाल स्वतः आइपीएसको सदश्य रहेको कुरा पनि बाहिर आएको छ।यस गतिबिधिमा नेपाली सेनाको क्रियाकलाप पनि संदेहास्पद रहेका छन जुन सरकारको स्विकृति बेगर अमेरिकालाइ पत्राचार गरिएको थियो।२०७२कार्तीक १०गते तत्कालीन सेनापति राजेन्द्रक्षेत्रिलेएसपीपीको माग गरि अमेरिकालाइ पत्र पठाएका थिए।तर जब त्यो पत्रबारे केही खबर आएन उनै जेनरलले २०७४बैशाख ११मा दोस्रो पटक अमेरिकालाइ पत्र पठाए।अन्ततः त्यो पत्र स्वीकार गरिएको खबर नेपाली सेनालाइ२०७६मा सूचित गरियो।तर एउटा आश्चर्यलाग्दो कुरा के भने संबन्धित देशको सरकारको स्वीकृति बिना सेनाले आफ्नो इच्छ्या अनुसार अरू देशसंग सैनिक संबन्ध राख्ने अधिकार राख्न सक्छ कि सक्तैन?याहानेर सेनाले सरकारलाइ “टेक ओभर”गरेको जस्तो देखिन्छ जुन संबिधान बिरोधी संझौता हो त्यो।त्यही समयमा काङ्ग्रेसका गगन थापाहरूले बिशेष महेधिबेशनको नाममा देउवा पक्षलाइ पाखा लगाउने काम पनि अमेरिकी स्वार्थका लागि गरेको देखिन्छ।भाद्र२३र २४मा सेनाको जुन गतिबिधि देखियो र अन्तरिम सरकार बनाएर राश्वपालाइ जिताउने जुन काम भयो त्यो सेनाको गतिबिधिबाट प्रष्ट हुन्छ कि अहिलेसंम चुनाबको लगाम सेनाले लिएको थिएन,तर यस पटक सेनाकै निग्रानीमा निर्बाचन गराइएको थियो।देउवाओलिको सरकार मूख्य रूपमा अमेरिकी हित बिपरित एसपीपी पारित नगर्नु को कारण ढलाइएको कुरा अब प्रष्ट हुदै आएको छ।
गत भाद्र२३मा अमेरिकि युथ काउन्सील र हामी नेपालका सुदन गुरूङहरूले बिभिन्न स्कूल,कलेज र संस्थाका युवाहरूलाइ आफ्नो संगठनमा संगठित गरी भ्रष्टाचारको अन्त्य र सामाजिक संजालको प्रतिबन्ध हटाउने नारा दिएर ती युवायुवतीहरूलाइ पुरानो सरकारका बिरूद्ध तिनकुनेमा आन्दोलनमा बोलाए।ती युवायुवतीलाइ त्याहा के हुदैछ भन्ने थाहै थिएन।ती साना बिद्यार्थी भाइबहिनिहरूलाइ स्कूल ड्रेस,किताप,झोला झण्डा लिएर आउन निर्देशन गरीयो जस्ले गर्दा आन्दोलनमा उनीहरूमाथि प्रहरीले गोली र अश्रुग्यास चलाउदैन भनि प्रशिक्षित गरिएको थियो।उक्त दिन निष्कलंक हृदय लिएर युवायुवतीहरू तिनकुनेमा गए जहा सुदन गुरूङ्ले सहयोगको लागि पानी लिएर बसेको थियो।बालेनले फेसबुक मार्फत आन्दोलनमा जान साना भाइ बहिनिलाइ आह्वान गरेको थियो।जब भीड बढ्दै गयो आन्दोलनका योजनाकारहरूले त्यस्लाइ सिहदरबारतिर मोडे,तर ती युवायुवतीहरूले स्थिति ठिक नदेखेर घर फर्कन लागेका थिए।त्याहा स्नाइपरहरू,आक्रमणकारीहरूले परिस्थितिलाइ अझ हिंसात्मक बनाए।प्रहरीको गोली लागि१९जना जेन्जिको मृत्यु भयो।अब स्थितिलाइ सजिलै भड्काउन सकिन्थ्यो।त्यही रातमा एकजना भारतीय ३फूले जर्नेल अश्बीनिकुमार शर्मा ,बालेन र सुदन गुरूङको बीच गोप्य बैठक बसेको पत्रिकाहरूले समाचार दिए।आन्दोलनलाइ हिंसात्मक बनाउन त्यति मात्र परिस्थिति प्रयाप्त नभयेकोले भाद्र २४मा परिस्थति अनियन्त्रित बनाइयो,अरू थप५९जना मारिए र संसदभबन,सिहदरबार, सर्बोच्चमा आगजनी ,तोडफोड र बन्दूक काधमा राखेर खुलेयाम टीओबीको ज्याकेट लगाएका मानिसहरूले देशका ऐतिहासिक धरोहरलाइ खरानी बनाए।तर सेनाले भबनको तुलनामा मानिसको जीन्दगि ठूलो हो भनेर ती हुल्लडबाजहरूलाइ आगजनी गर्न र नेताहरूलाइ हातपात गर्न निस्फिक्रि छोडी दियो,तर हिजो मात्र सुनसरिमा मानिसभन्दा सुरक्षा ठूलो हो भनि दुइजनालाइ गोली हानी हत्या गरियो।तत्कालीन अबस्थामा हेर्दा हेर्दै देश खरानी बन्यो र एउटा उत्तेजित र आतंककारी जत्थाले खरानी माथि परेड खेले।सरकार२४घण्टामा पतन भयो।नेताहरूको सुरक्षाको नाममा उनीहरूलाइ या त नजरबन्द राखियो या सुरक्षाको नाममा कतै लगेर नियन्त्रणमा राखियो।सेनापतिले राष्ट्रपति हुदाहुदै अन्तरिम सरकार बनाउन बिज्ञप्ती जारी गरे फलस्वरूप सुशिला कार्कीको नेत्रृत्वमा अन्तरिम सरकार बन्यो जस्को सरकारमा बारबरा फाउन्डेशनका मानिस मात्र सम्मिलित थिए।फागुन २१गतेको आम निर्बाचनमा अत्यधिक रूपमा राश्वपाले जित्यो जुन सोचिएको थिइएन।अहिले संमको चुनाबको इतिहासमा प्रत्यक्ष सेना सम्मिलित थिएन,तर यस पटक निर्बाचनको जिम्मा सेनालाइ दिइएको थियो।चुनाब पछि बाक्सको संरक्षणमा दलका प्रतिनिधि थिएनन।अन्ततः अमेरिकी इच्छ्या अनुसार नेपालमा बालेनको सरकार बन्यो।
भ्रष्टाचार,घुषखोरी र कमिशनतन्त्रको बिरूद्ध बालेनहरूले तुरुन्तै अभियान चलाए।हत्याहिम्सामा सम्मिलित रहेको भनि पूर्ब प्रम केपी र पूर्ब गृहमंत्रि लेखकलाइ रातैमा गिरफ्तार गरि मुद्दा चलाए,तर प्रमाण बिना अदालतले उनीहरूलाइ छाडी दियो।घुषखोरी, भ्रष्टाचार र कमिशनतन्त्रका बिरूद्ध मुद्दा चलाएर त्यस्लाइ एउटा निष्कर्षमा पुर्याउनु राम्रो कुरा हो,तर आबेग र बिना प्रमाण मुद्दा चलाउने प्रमको काम होइन,ठोस प्रमाण फेला नपार्दा संम त्यो समयको बर्बादी मात्र हुन्छ।बालेनले अख्तियारलाइ बोलाएर ९घण्टासंम आफ्नो कार्यालयमा राखेर फलानाफलानालाइ मुद्दा चलाउनु भन्ने निर्देशन दिन मिल्दैन।अख्तियार स्वतन्त्र निकाय हुनाले उस्ले आफैले मुद्दा चलाउछ।अर्को गम्भीर गल्ति बालेनले के पारित गरेका छन भने यदि संबैधानिक अंगमा छ जना भये प्रम भयेको पट्टि ३जना भयेपनि त्यो बहुमत हुन्छ भनि गणित नै बिगारे।मंत्रि परिषदमा गलत निर्णयहरू गरेका छन चौथो नंबरको उमेदवारलाइ प्रधान न्यायाधीश बनाएका छन र ३४नंबरमा भयेका सचिबलाइ मूख्य सचिब बनाएका छन।उमेरले ५५पुगेका र सेबामा ३०बर्ष पुगेकालाइ बिदाइ दिने निर्णय पनि गलत छ किनकि ती अनुभबी र दक्ष जनशक्तिलाइ अन्य देशहरूमा उमेर थपेर भये पनि काममा लगाउछन।खर्च कटौतिको नाममा कर्मचारी घटाउने र साम्सदहरू ,मंत्रिहरू प्रमहरूले स्वकिय सचिब राख्न पाउने ब्यबस्थाले खर्च कटौति होइन आफ्ना मानिसहरूलाइ नियुक्ति दिनु हो।यता लोकसेवाको तयारीमा बसेका लाखौ उमेदवारहरू छन जस्ले आफ्नो भबिष्य त्यसैमा देखेर सेवा आयोग कुरेर बसेका छन।तर यो बालेन सरकारले खर्च कटौतिको नाममा ती युवायुवतीहरूको जीबनमाथि खेलबाड गर्दै लोकसेवा आयोग नखुलाउने निर्णय गरेको छ।राश्वपाको यो गैर जिम्मेवारीपूर्ण कृयाकलाप उनीहरूकै लागि भारी पर्नेसंभाबना छ।
बालेन सरकारले नेपालमा नै काम दिने बाचा गरेको थियो,तर आजपनि युवायुवतीहरू निरन्तर बाहिर गइ रहेका छन।चुनाब जितेको सय दिनमा बाहिर काम गर्न गयेका मानिसहरूलाइ देशमा नै फर्काइने छ भन्ने राश्वपाको प्रतिबद्धता कहा गयो?देशको बिकास निर्माणका लागि पुरानाले केही नगरेकोले हामीले गर्ने छौ भनेर शपथ खाएका राश्वपाका मानिसहरूले अहिले संम पुरानाले बनाएका हरेक क्षेत्रमा काम गरिरहेका छन।बिकास, निर्माणको काम नगर्ने ठेकदारको खुट्टा भाच्ने,जेलहाल्ने र पिटाइ समेत दिने मंत्रिहरूको भनाइले देशलाई कानूनबिहिनताको अबस्थामा पुर्याउन खोजेको देखिन्छ,उद्योगपतिहरूलाइ तर्साएर उनीहरूको पलायनहुने अबस्था सिर्जना हुदैछ।कति संमको दम्भ राश्वपाका मंत्रिहरूमा छ भने मेयरलाइ गिरफ्तार गर्ने र प्रदेश साम्सदसंमलाइ गिरफ्तार गरी जेल कोच्ने धम्कि दिदै आएका छन,राणाकालीनशासनको झल्को दिने काम भयेको छ।मेलमिलाप,सहयोग र सहमति होइन,धम्कि,उदण्डता र गैर राजनितिक चरित्रको प्रदर्शन उनीहरूको मूख्य अंग बनेको छ।यिनीहरूले जनतालाइ मूख्य गरेर युवायुवतिहरूलाइ जुन आस्वासन दिएका थिए त्यो पानीको फोका हुने संभाबना छ। नेपालमा जेन्जिको सरकार छ भने पनि बारबराका सदश्यहरू ,हामी नेपालका सदश्यहरू, शान्ति खलबल्याउनेहरूको सरकार छ।त्यस भित्र जेन्जिहरू छैनन,उनीहरू अझै न्यायको लागि संघर्षको मैदानमा छन।ग्रेटर नेपालको नक्सा टासेर हिरो बन्न खोजेको बालेनले अहिले त्यो नक्सा कहा राखेको छ?प्रोटोकल बिना नभेट्ने दम्भ देखाएको बालेनले आफ्नो मित्र कुमार बेनलाइ भारतको सुरक्षा प्रमूख अजित दोभाललाइ भेट्न किन भारत पठायो?नेपालले भारतको जमिन मिचेको प्रमाण खोज्न नेपालका तथाकथित बुद्धिजीबीहरू पनि सुदन गुरूङ सहित लठ्ठि लिएर सिमाना खोस्रीदै हिडेका छन,बालेनको बाक्य देबबाक्य बनेको छ।अरू प्रम ले भन्न नसकेको कुरा बालेनले भने भनेर प्रसस्ति गाउने मानिसको ताती छ।नेपालले भारतको जमिन मिचेको भये कहाकहा र कति एकड भूमि मिचेको छ पुष्टि गर्नु पर्दैन?,यदी भारतले यो भूमि नेपालले मिचेको भनेर फीर्ता मागेमा कहाको जगा फीर्ता दिने हो?कुनै पनि मिचाहा शासकहरूले मैले तेरो जमिन अतिक्रमण गरे भन्दैन।यो बालेनले भनेको
होइन बालेनलाइ भन्न लगाइएको हो।भारत भ्रमणका बेला रबीले नेपालको पुरानो बिराशद बोक्न सकिदैन भनेर नेपालीको आखामा छारो हाल्न खोजे। पुराना संधी संझौता,लेखोट,प्रतिज्ञापत्र,ऋण, धन,सहमति आदि उत्तराधिकारी सरकारले जिम्मा लिनु पर्छ।नेपालको बिराशद भनेको नेपालको अस्तित्व र सार्बभौमिकता पनि होइन र?के अब रबीले नेपालको बिराशद नलिएर भारतको कुनै प्रदेशको मूख्यमंत्रि बन्न खोजेका हुन?नेपाल र तिनचुचे नक्सा रबी बालेनको वा उनीहरूका पूर्बजहरूको बपौति हो?यो त हाम्रा पूर्खाले जीबनको बलिदान दिएर निर्माण गरेको स्वतन्त्र र सार्बभौमिक देश हो।अब जनताले बिस्तारै बुझ्दैछन कि चुपचाप घण्टीछाप ठूलो गल्ति थियो।संसदमा राष्ट्रपतिलाइ आफ्नो नीति तथा कार्यक्रम बाचन गर्न लगाएर बालेन बिचैमा निष्केर हिड्नु के राष्ट्रपतिको मान मर्दन होइन?पार्किङ सुबिधा नहुदा कर्णालीका गणेश नेपालीले गलत ठाउमा पठाओ राख्यो भनेर साचो लगाइ केही रकम दण्डित गरेपछि उन्ले उक्त रकम तिर्न नसक्ने अबस्थाका कारण आत्मदाह गरे।के उनको जीबन सरकारले सुरक्षित गर्नु पर्थेन?बरू उनलाइ घिसारेर अस्पताल लगियो।उनीहरूले त्यस घटनालाइ “मानसिक रोगका कारण मरेको”आरोप लगाए।उनीहरूले आफ्नो अराजक कामलाइ पुष्टि गर्न त्यहि रात पत्रिका हाउसहरूको गेटमा,पत्रकारहरूको गेटमा,नेताहरूको गेटमा रातैमा गाडि तेर्स्याएर मानिसहरूलाइ धम्क्याउने प्रयत्न गरे र यातायात क्षेत्रमा अराजकता फैलाउने प्रयत्न गरे।जुन सुकुम्बासीहरूले चुपचाप घण्टीछापमा मत खसालेर आफ्नो भबिष्य राम्रो हुने देखेका थिए,तर अचानक एका बिहानै सैनिक गाडी लिएर प्रहरिसमेतको मिलेमतोमा सुकुम्बासीका घरतहरा भत्काइए,उनीहरूको जीबनको आश्रय भत्काए र उनीहरूका केटाकेटीहरूको भबिष्य भत्काए।त्यो गम्भीर घटना सहन नसकेर तीनजना सुकुम्बासीले पनि देह त्याग गरे।अहिले उनीहरूलाइ होल्डिङ सेन्टरमा राखिएको छ जहा उनीहरू पानीकोभलका कारण सुत्न बस्न पाएका छैनन,तिनीहरूका केटाकेटीले पढ्न पाएका छैनन,यस घटनाको जिम्मा बालेन सरकारले लिनु पर्दैन?के यही हो सुशासनको प्रकृति?ती सुकुम्बासी पनि नेपाली भयेकोले उनीहरूको गासबास कपासको ब्यबस्था हुनु पर्छ।जम्मा२५हजार दिएर सुकुम्बासीलाइ लखेट्न खोजिएको छ। मुढेबलले कानूनी शासन स्थापित हुन सक्तैन।पुराना पुस्ताका बिरूद्ध जेन्जिको नाममा जेहाद छेडियो,केही गरेनन भनियो,हामीले देश बनाउछौ भने तर बास्तब्मा उनीहरूले सामाजिक फासीबादको बाटो समात्ने स्थितिमा पुगेका छन।अर्थमंत्रिले बाइड गाडिमा रातारातकरको हेरफेर गरेको जानकारी आएको छ जस्मा करिब २अर्बको लेनदेन भयेको दाबि छ ।त्यसै गरी तत्कालीन सूचनामंत्रि जगदीश खरेलले स्मार्ट टेलिकममा ३०अर्ब हेराफेरि गरेको कुरा पनि आएको छ।पुरानो शक्तिलाइ कमिसन,घुषखोरी र तस्करी गरेको आरोप लगाउने पात्रहरूनै कमिशनतन्त्र र भ्रष्टाचारमा मुछिनु सुशासनको लक्षण होइन।पुरानाले ऋण लिदा कार्यकर्ता पाल्न लिएको आरोप लगाउने राश्वपाका बुद्धिजीबीहरू आफूले करिब ४खर्ब ऋण लिदा देश बिकासको लागि ऋण लिनु बाध्यता हो भन्ने हास्यास्पद कुरा गर्छन।राश्वपाको हातमा देश गए पछि समाजमा बितृष्णा,घृणा र अराजकतामा परिबर्तन भयेको छ,ऋणमाथि ऋण थपिएको छ।खर्च कटौतिको नाममा राष्ट्रीय ढुकुटी मनलाग्दी खर्च गर्न लागिएको छ।
राश्वपाले सत्ता सम्हाले देखि देशमा शान्ति सुरक्षा देखिदैन।सहकारी पीडितहरूको समस्या जस्ताको तस्तै छ भने मिटर ब्याजीको माग अझै पूरा भयेकोछैन।सुकुम्बासीको हालत दयनीय छ।मोरङ्मा जातीय दङ्गा फैलिएको छ।हिन्दु मुश्लिम दंगाले सीमा नाघ्न लागेको छ,भारततिरबाट मुश्लिमहरू नेपाल पसेर आतंक फैलाइ रहेका छन तर सरकारले त्यस्लाइ रोक्न सकिरहेको छैन।भाद्र२३र२४मा आरामसंग बसेको सेना मोरङ दंगामा बन्दूक लिएर बाहिर निष्केको छ। चुनाब जिते पछि बालेनहरू उन्मत्त देखिएका छन।पुराना नेताहरूलाइ बिनाप्रमाण,बिना छानबीन गिरफ्तारी गरेर प्रतिशोध साध्न खोजेको देखियो।भ्रष्टाचार ,कमिशनतन्त्र र घुषखोरीका बिरूद्ध कानूनी कारबाही सुशानको लागि आबश्यक छ,तर मनोगत रूपमा बालेनहरूलाइ अमूक ब्यक्तिले भ्रष्टाचार गरेको हुनाले गिरफ्तार गरी कारबाही गर्न खोजेको दलिल पेस गरेका छन।तर आरोप लगाउन भन्दा अगाडि त्यो आरोपीको प्रमाणको खोजी,प्रहरीले अनुसन्धान गर्ने र सकेसंम प्रमाणहरू फेला परे बिधि,प्रक्रिया र कानून अनुसार अदालतको आदेश लिएर गिरफ्तार र अनुसन्धान गर्नु राम्रो कुरा हो जस्ले भ्रष्टाचार र कमिशनतन्त्रलाइ न्यूनिकरण गर्न सकिने छ। राश्वपाहरू अत्तालिएर चाडचाडो भ्रष्टाचार,घुषखोरी र कमिशनतन्त्रको बिरोधमा कारबाही गर्न आतुर छन,तर त्यस्लाई बिधि प्रक्रिया मिलाएर अगाडि बढ्नु पर्ने कुराप्रति उनीहरू अनभिज्ञ जस्तो देखिन्छन।अरूको संपति बिबरण खोजेर कारबाही गर्न आयोग समेत बनाएका राश्वपाले आफ्ना संसदहरूको देखाइएको संपतिको स्रोत देखाउनु पर्दैन?डा बाबुराम भट्टराइले बुढि गण्डकिमा ओली,दाहाल र देउवाले ३\३अर्ब रूपया कमिशन खाएको आरोप लगाएका छन।के भनेर मात्र हुन्छ कि पैसा खाएको रकमको प्रमाण बाबुरामले दिनु पर्दैन?अपराधी करार गरिसके पछि त्यस्का बिरूद्ध अख्तियार आफैले कारबाहीको लागि मुद्दा चलाउन सक्तैन?बालेन र राश्वपाको मन नपरेको मानिसलाइ भ्रष्टाचारको मुद्दा चलाउन कार्यकारीले स्वतन्त्र निकायलाइ अरनखटन गर्न सक्छ?अख्तियार स्वतन्त्र संबैधानिक अंग भयेकोले त्यो कसैको सहमति र आदेशमा चल्न सक्तैन।
सुशासन भनेको कुनै घुषखोर,तस्कर ,कमिशनतन्त्रका बिरूद्ध मुद्दा हाल्ने मात्रै होइन,प्रमाणसहित मुद्दा हालेर संबन्धित ब्यक्तिलाइ सजायसंम पुर्याउन सक्नु पर्छ।अपराधीमाथि थुन्ने वा छाड्ने काम अदालतले मात्र गर्न सक्छ।त्यस्को लागि हामीले यस्तो बाताबरण तयार पार्नु पर्छ कि अपराध गर्ने मानिसको मनोबल घटने स्थितिको सिर्जना होस।सुशासनको ब्याख्या गर्न धेरै तडकफडक गर्नु पर्दैन।त्यस्का लागी रोजगारीको ब्यबस्था,गरिब जनतालाइ गासबासकपासको ब्यबस्था,निशुल्क स्वास्थ र शिक्षाको ब्यबस्था गर्नु जरूरी छ।कृषि उत्पादनको लागि बजारको ब्यबस्था,रसायनिक मलको सहज प्राप्ति,कृषकलाइ अनुदानको ब्यबस्था,जनताप्रति जबाफदेहिता,पारदर्शिता र समयमा नै सेवाको बितरण,भ्रष्टाचारलाइ सामाजिक रूपले घृणित बनाउने,साना ,मझौला र ठूला उद्योगहरू खोलेर देशलाई आत्म निर्भर बनाउने जस्ता कामले सुशासनको जग बस्न सक्छ।बिद्युत उत्पादनमा बृद्धि गरेर देश र जनताको लागि सस्तो बिजुली बितरण गर्ने ,बिजुली बेच्दा डलरमा बेच्ने हो भने नेपाल गरिब हुदैन,नेपाल गरिब बनाइएको हो।आत्मनिर्भर अर्थतन्त्रलाइ बलियो बनाउनु पर्छ।ब्यापार घाटालाइ कम गर्नु पर्छ।तर बालेन सरकारले स्वास्थ,शिक्षा,बिद्युत र शबमा समेत कर लगाएर आत्मनिर्भर अर्थतन्त्रलाइ समाप्त पार्ने योजनामा छ राश्वपाको सरकार।अर्थमंत्रिले लगाएको कर जुन पारित भै सकेको पनि छ बालेन एक्लैले कर फीर्ताको घोषणा गर्नु जंग बहादुर राणाको शासनको झझल्को दिन्छ।
बर्तमान अबस्थामा रबीबालेनको दलिल के छ भने३५बर्ष संम पुराना राजनीतिक दलले केही गरेनन,त्यो पोखरीमा जमेको गन्धा पानी सफा गर्न धेरै समय लाग्छ भन्ने पुराना दललाइ रबिहरूको आरोप छ,तर बिगत ३बर्ष संम राश्वपा ओली दाहाल सरकारमा बसेको थिएनन र?तर रबिबालेनहरू सरकारमा आइपुग्दा देश र जनताको राम्रो काम गरेर होइन,आगजनि,तोडफोड,हिंसा,हत्या र षडयन्त्रबाट आएको कुरा बिस्तारै बाहिर आएको छ।बालेनले काठमाण्डू नगरपालिकामा राम्रो काम के गरे उदाहरण छैन बरू उनको नाममा६५करोड बेरूजु देखिएको छ।त्यो आतंकपूर्ण बाताबरण र अराजकताको माझबाट उदाएको राश्वपाको गन्तब्य यकिन छैन,उनीहरूले नेपाललाइ चीन,भारत र अमेरिकाको रणमैदान बनाउदै छन।दलाइ लामाको शुभकामना,उस्को जन्मदिन मनाउने र टीओबी समूहलाइ नेपाली नागरिकता दिने षडयन्त्र पनि उनीहरूले गर्दैछन।राश्वपाको खास उद्देश्य यो संबिधानको बिघटन हो,त्यस्को लागि उनीहरूले दोस्रो आन्दोलन गर्न चाहन्छन।त्यसैको परिणाम हुन सक्छ मोरङमा भयेको
जातीय र धार्मिक दंगाको सुरूवात भयेको छ,तर प्रम बालेन र गृहमंत्री सुदन गुरूङ कता लुकेका छन संकाको बिषय बनेको छ।राश्वपाको सरकार सत्तामा भयेको बेला पुराना नेताहरूले बिदेशी बैङ्कमा पैसा राखेको दलील पेस गरेको हुनाले बालेनहरूले आफ्नै सरकारको पालामा स्वीसबैङ्क,सिगापुर,कंबोडिया ,ट्याक्स हेभेनमा रहेको नेताको रकम चिठीपत्र आदानप्रदान गरेर वा सरकारी तबरबाट फीर्ता ल्याए भने त्यस्लाइ देश र जनताको लागि काम गरेको ठहर्छ र रकम राख्ने नेताहरूलाइ कारबाही गरेर सजाय दिन सके राश्वपाको आरोप जनताले पत्याउने थिए।केबल पुराना नेताले बिदेशमा भ्रष्टाचारको रकम राखेका छन भनेर सुगा रटाइले मात्र आरोप सही ठहर्दैन,त्यस्को लागि प्रमाण सहित पेस हुनु आबश्यक छ।यस्को अर्थ भ्रष्टाचारीलाइ कारबाही गर्न हुदैन भन्ने होइन,बास्तबिक भ्रष्टाचारीलाइ खोजी खोजी कारबाही गरेर देशले समुन्नतिको बाटो लिनु पर्छ भन्ने हो। अराजकताबादी र उदण्डताको बाटोबाट सुशासन हुन सक्तैन,त्यस्का लागि बिधि,प्रकृया,कानून,जबाफदेहिता, पारदर्शिता इमान्दारीताको आबश्यक पर्छ,र सबैभन्दा पहिले स्वयं राजनीतिक नेतृत्व सही हुनु पर्दछ।
३५बर्षको दौरानमा नेपालमा केही भयेन,भ्रष्टाचारले सीमा नाघ्यो भन्ने पुराना नेताहरूलाइ आरोप लगाउने गरिएको छ।त्यो भनाइ पूर्ण सत्य होइन।केही कमि कंजोरीको बाबजुद नेपालमा धीमा गतिमा भये पनि बिकासका पूर्वाधारहरू बनेका छन।पूर्वपश्चिम राजमार्गले नेपाल जोडेको छ।चुनाबका बेला रबी बालेनहरू ताप्लेजुङबाट कर्णाली गाडिमा हुइकिएर पुगेका थिए।मध्यपहाडी लोकमार्ग बनेको छ,उत्तरी नाकाबाट यातायात खोलेर मूलबाटोसंग जोडिएको छ,त्यसरि नै दक्षिणतिरबाट पनि नेपाल जोडिएको छ।हवाइ यातायात निर्माण भयेका छन।पर्यटन उद्योगको बिकासले बार्षिक रूपले धेरै पर्यटकहरू नेपाल भित्रियका छन।नेपालमा पहिलो सुरूङ मार्ग बनेको छ,स्काइपुलहरू निर्माण भयेका छन।सुरूङ मार्गको सिलन्यास ओली र जापानी राजदूतले गरे पनि हिजो बाटो उद्घाटन गर्दा त्यो सिलन्यासको प्रमाण उखेलेर फालिएको पाइयो।फास्ट ट्य्राक धमाधम बनि रहेको छ।नेपालमा बिद्युत उत्पादन बृहद रूपमा उत्पादन भयेको छ,पूरै देश बिद्युतिकरण गरिएको छ।भारत र बंग्लादेशलाइ बिद्युत बिक्रि गर्न थालिएको छ।तर अर्थमंत्रिले बिद्युतमा कर लगाएर नेपालको बिकासलाइ पछाडी धकेलिदिएका छन किनभने नेपालमा बिद्युत यति सस्तो छ कि चुलो,चौको,गोठ,कार,गाडी,इनारमा पानि तान्न प्रयोग गरी सस्तोमा बिद्युत प्रयोग गर्न सकिने कुरालाइ अर्थमंत्रिले घात गरेका छन।प्राबिधिक र मेडिकल कलेजहरू नेपालमा नै खोलिएका छन जस्ले गर्दा पैसा खर्च गरेर बिदेश अध्ययन गर्न जानु पर्दैन।कृषिमा रसायनिक मल र बिउमा अनुदान दिइएको छ।स्कूल र सडक नपुगेका कुनै गाउ छैनन।सूचना संजालको बिस्तार गरिएको छ।भारतले मिचेको खालापानी,लिपुलेक र लिम्तियाधुराको नक्सा संसदबाट पारित गरि त्यस्लाइ नेपालको अंग बनाइएको छ जबकि नेपालका प्रम बालेन साहले भने नेपालले भारतको सीमा मिचेको भनेर ठुलो राष्ट्रघाती घोषणा गरेका छन।सुस्तामा भारतले मिचेको नेपालको जमिनबारे पुराना दलले आफ्नो अडान कायम राखेका छन,तर भारतले मेरो फलानो जमिन नेपालले मिचेकोले जमिन फीर्ता मागेमा के बालेनको बाउलाइ राजाले बकस दिएको जमिन फीर्ता दिने?
दलितलाइ ६०बर्षमा र गैर दलितलाइ ७०बर्षमा मासिक ४हजार दिने गरिएको छ।माध्यमिक शिक्षासंम निशुल्क ब्यबस्था गरिएको छ।५कक्षा संमको छात्रछात्रालाइ खाजाको ब्यबस्था गरिएको छ।दलित छात्रछात्रालाइ कपडाका लागि नगद अनुदान दिने गरिएको छ।रसायनिक मलखाद र रेलमार्ग ल्याउने ब्यबस्था पनि गरिएको छ।इन्स्यूरेन्स मार्फत उपचारलाइ सहज बनाइएको छ,मुटु,क्यान्सर,मृगौला,कलेजो जस्ता गम्भीर रोगका लागि २लाख संम अनुदानको ब्यबस्था गरिएको छ।पशुपालन तथा कृषिलाइ प्रबर्धन गर्न आर्थिक सहयोग गरिएको छ।खानेपानी र सिचाइको लागि उचित ब्यबस्था गरिएको छ।पुराना दल र नेताहरूले आर्थिक,राजनीतिक,सामाजिक,शैक्षि क आन्दोलनका लागि बलिदानीपूर्ण संघर्ष गरेको कुरालाइ नया भनिएको शक्तिले उपहास गरेको देखिन्छ जबकि उनीहरू राजनीतिक,सामाजिक र सांस्कृतिक आन्दोलनबाट नआएर तोडफोड र गैर संबैधानिक बाटोबाट आएर राजनीतिलाइ अवरुद्ध पार्न खोजेका छन।अहिले संम उनीहरूले ढलेको सिन्का भाचेका छैनन बरू बाताबरण धमाल्याउने प्रयत्न गरेका छन।भ्रष्टाचार,कमिशनतन्त्र र अन्य कामहरूको बाबजुद पुराना नेताले अझै देशलाइ गन्तब्यमा लैजाने योजना गरिरहेका छन।देशमा राजनीतिकशान्ति, आर्थिक समृद्धि र पूर्वाधारबिकासको लागि केही न केही काम गरेका थिए। बालेन र रबीहरूले नेपाललाइ सहिदिशातिर लाने छाटकाट देखिन्न,तर देशलाइ अझ अध्यारो कुनातिर धकेल्ने कुरामा उनीहरू गोप्य रूपमा लागि परेका छन।यो कथित नया र उमेरदार युवाहरूको उद्देश्य सफा देखिदैन।आर्थिक ,राजनीतिक,सांस्कृतिक र सामाजिक रूपले स्खलित भयेको शक्ति जतिसुकै नया होस वा युवाउमेर समूहको किन नहोस उनीहरूले जनताको आकाङ्क्षालाइ पुरा गर्न सक्तैनन।उनीहरू कसैका गोटी भइ रहेका हुन्छन।मोरङमा सेनाको उपस्थिति देखिनु तर भाद्र२३र२४मा सेना पाखा लागेर बस्नु देश,जनता र संबिधानको लागि यो भन्दा घात अरू हुन सक्तैन।नेपाल बिस्तारै पश्चिमाको योजना अनुसार गृहयुद्धमा फस्ने खतरामा देखिएको छ।प्रम बालेन नबोल्नु वा कुनै घटनाबारे मौन रहनुमा पनि केही संका गर्नु पर्ने अबस्थाछ।बालेन र रबीले देश हाक्न सक्तैनन, त्यसैले एउटा देशभक्त राष्ट्रबादी शक्तिको उदय आबस्यक बनेको छ।काङ्ग्रेस,एमाले र माओबादीले चीन र भारतलाइ तुलनात्मक रूपमा संतुलनमा राखेका थिए,तर अहिले यो अमेरिकी समर्थक सरकार एकचीननीति प्रति प्रतिबद्ध भये जस्तो देखिए पनि टीओबीको गतिबिधिलाइ खुला छुट दिनु नेपालको लागि शुभ बिषय होइन।यो सरकार सुशासन भन्दा अराजकता र आडम्बरयुक्त तरिकाले अगाडि बढेको हुनाले यस्ले आफ्नो आयु आफै तय गर्नेछ। तर सौशासनले मात्र देशमा बिकास र समृद्धि कायम हुन्छ,जीबनको सोचाइ उच्चस्तरको हुन्छ,भाइचारा र प्रेम बढ्दछ।अराजकता,आतंक र अहंकारले समाजलाई लक्षहिन बनाउछ र जनतालाइ सभ्य र क्रियाशील बनाउछ।सुशासनको लागि इमान्दारीता,अनुशासन,मितब्ययिता ,जबाफदेहिता, उत्परदायीत्वपन,भ्रष्टाचार बिरोधी समाजको निर्माण,घुषखोरीप्रति घृणा,सहयोग ,सहमति,शान्ति र सुरक्षाको ग्यारेन्टी गराए मात्र हामीले स्वच्छ समाजको निर्माण गर्न सक्छौ।कानूनि कारबाही र परामर्षबाट भ्रष्टाचारलाइ न्यून गर्न सकिन्छ,सुशासन कायम गर्न सकिन्छ।त्यस्को लागि जन उत्तरदायी सरकार हुनु आबश्यक छ।
समाप्त














