images
images
images

मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिका सहित)

images

तनहुँ । सरकारले स्थानीय तहको चुनाव आगामी २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ । जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन् ।

सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन् ।

निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ । आइतबार आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न ? मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्न सकिन्छ।

यसरी हेर्नुहोस् आफ्नो नाम छ/ छैन ?

१. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट ( https://election.gov.np/np/page/voter-list ) मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् ।

त्यसपछि सबमिट (SUBMIT) लेखेको बटममा क्लिक गर्नुहोस्।

४. त्यसपछि नामावली देखिन्छन्। जहाँ तपाईको नामको पहिलो अक्षरमा क्लिक गर्नुहोस् र वर्णानुक्रम अनुसार आफ्नो नाम भए,नभएको हेर्न सक्नुहुन्छ।


५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ ।

यो पनि :

तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता, पुरुष भन्दा महिला मतदाता बढी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS