किरण श्रेष्ठ, तनहुँ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगरप्रमुखमा उदय राज गौली ९ हजार ५ सय ५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भगवती न्यौपानेले ८ हजार ९ सय ९९ सय मत ल्याएकी थिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपानेले १ सय ३६ मत, राष्ट्रिय जनमोर्चाका महेन्द्र बहादुर सापकोटाले १८ मत, राष्ट्रिय जनमुक्ति पार्टीकी ज्योती माया तामाङले १२ मत, नयाँ शक्ति पार्टी नेपालका रुद्र बहादुर थापाले १ सय ८२ मत ल्याएका थिए ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार आसा थापाले ९ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका ऋषिराम पन्तले ८ हजार ८ सय १६ मत ल्याएका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र)का गीता शाहीले १ हजार १ सय ९५ मत र नयाँ शक्ति पार्टी नेपालकी शर्मिला अधिकारीले १ सय ८७ मत ल्याएकी थिईन ।
भानु नगरपालिकामा रहेका १३ वडा मध्ये नेकपा एमालेले बहुमत ७ वडामा जीत हासिल गरेको थियो । बाँकी ६ वटा वडामा भने नेपाली कांग्रेसले जितेको थियो ।
आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो साख जोगाउने चुनौती छ भने नेकपा एमाले कांग्रेसलाई हराउने दाउमा रहेको छ ।
नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि आफ्नो संगठन विस्तारमा भानु नगरपालिकाका विभिन्न वडा र टोल-टोलमा पुगीरहेको छ यतिबेला । नेकपा (एकीकृत समाजवादी)ले पनि भानुमा आफ्नो उम्मेदवार रहने अनौपचारिक घोषणा गरेको छ ।
उता नेपाली कांग्रेसमा भने उम्मेदवार मिलाउने हम्मेहम्मे देखिन्छ । त्यहि माथि कांग्रेसको प्रतिबन्दमा परेका पुर्व गृहमन्त्री गोविन्दराज जोशीको छत्रछायाँ रहेको छ भानु नगरपालिकामा । जोशी आफ्नै प्रतिनिधि सभामा उम्मेदवार बन्ने घोषणा समेत गरिसकेका छन् । कांग्रेसले भानुमा निर्वाचन जित्ने हो भने जोशीको साथ आवश्यक रहने कांग्रेसका नेता तथा कार्यकर्ता नै बताउछन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडाअध्यक्ष निर्वाचित नेकपा एमालेका प्रेमबहादुर लामा : ४ सय ४९ मत
नेपालि कांग्रेसका आश बहादुर लामा : ४ सय २० मत
नेकपा माओवादी केन्द्रका बलराम पौडेल : ५० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राम कृष्ण पन्त : ५ मत
नयाँ शक्ति पार्टी नेपालका भिम राज लामा : २२ मत
स्वतन्त्र उम्मेद्वार विष्णु बहादुर अधिकारी : ३ सय ४ मत
वडा नंं. २ :
नेपालि कांग्रेसका अर्जुन बहादुर केसी विजयी : ६ सय १४ मत
नेकपा एमालेका शिव बहादुर खड्का : ४ सय ८९ मत
नेकपा माओवादी केन्द्रका बाबुराम वि.क. : १ सय १९ मत
नयाँ शक्ति पार्टी नेपालका हरि बहादुर कुँवर क्षेत्री : २८ मत
वडा नंं. ३ :
नेकपा एमालेका दल नारायण श्रेष्ठ विजयी : ७ सय १९ मत
नेपाली कांग्रेसका तुल कुमार गुरुङ : ५ सय ४९ मत
नेकपा माओवादी केन्द्रका केशव बहादुर ढकाल : ८९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरनजिवी श्रेष्ठ : १८ मत
नयाँ शक्ति पार्टी नेपालकी मन माया दमै : ४ मत
वडा नंं. ४ :
नेकपा एमालेका पूर्ण बहादुर लौडारी भाट विजयी : ७ सय ९१ मत
नेपालि कांग्रेसका राम कुमार श्रेष्ठ : ७ सय ३ मत
नेकपा माओवादी केन्द्रका रामचन्द्र ढकाल : ३८ मत
नयाँ शक्ति पार्टी नेपालका बेरोङ तामाङ : १८ मत
वडा नंं. ५ :
नेपालि कांग्रेसका प्रकाश मल्ल विजयी : ७ सय ६५ मत
नेकपा एमालेकी देबु बिष्ट : ४ सय ५५ मत
नेकपा माओवादी केन्द्रका खड्ग राज मल्ल : १ सय ४० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका रित बहादुर श्रेष्ठ : ८ मत
वडा नंं. ६ :
नेपालि कांग्रेसका टिकाराम हड्खले विजयी : ६ सय ९ मत
नेकपा एमालेका पदम बहादुर कार्की : ५ सय ७३ मत
नेकपा माओवादी केन्द्रका चोप बहादुर खत्री : ६९ मत
नयाँ शक्ति पार्टी नेपालका पूर्ण बहादुर सुर्खाली : ४७ मत
वडा नंं. ७ :
नेकपा एमालेका रामकृष्ण देवकोटा विजयी : ७ सय ९१ मत
नेपाली कांग्रेसका सुर्यनाथ पण्डित : ३ सय ४९ मत
नेकपा माओवादी केन्द्रका जुम्मा दिन मियाँ : १ सय ६८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर सिं गुरुङ : ५३ मत
वडा नंं. ८ :
नेकपा एमालेका भरतराज ढकाल विजयी : ९ सय ३३ मत
नेपालि कांग्रेसका शिव राज बस्ताकोटी : ६ सय ३४ मत
नेकपा माओवादी केन्द्रका तिलाराम ढकाल : १ सय ३ मत
नयाँ शक्ति पार्टी नेपालका काल बहादुर तामाङ : ३१ मत
वडा नंं. ९ :
नेकपा एमालेका निलन संजिवा श्रेष्ठ विजयी : ९ सय ३० मत
नेपालि कांग्रेसका हरिकृष्ण श्रेष्ठ : ७ सय ६४ मत
नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर राउत : ७३ मत
वडा नंं. १० :
नेपालि कांग्रेसका गोविन्द राज सिलवाल विजयी : ९ सय ५१ मत
नेकपा एमालेका प्रेजेन्ट लाल श्रेष्ठ : ७ सय ३७ मत
नेकपा माओवादी केन्द्रका मोह निधि तिवारी : १ सय ५० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम राज कंडेल : ७ मत
स्वतन्त्र उम्मेदवार बलराम पन्त : ७ मत
वडा नंं. ११ :
नेपालि कांग्रेसका तारा नरेश पौडेल विजयी : १ हजार १ सय ८७ मत
नेकपा एमालेका गोविन्द राज मिश्र : ७ सय ९ मत
नेकपा माओवादी केन्द्रका राजेन्द्र राज जोशी : १ सय १९ मत
वडा नंं. १२ :
नेकपा एमालेका बिमल गुरुङ बिजयी : ७ सय ५९ मत
नेपालि कांग्रेसका चिरन्जीवी ढकाल: ६ सय ७ मत
नेकपा माओवादी केन्द्रका नारायण अधिकारी : २ सय ९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका जुठे भण्डारी : ३४ मत
नयाँ शक्ति पार्टी नेपालका गोपि बहादुर अधिकारी : ३७ मत
स्वतन्त्र उम्मेदवार शुशिल चन्द्र भण्डारी : ४४ मत
वडा नंं. १३ :
नेपालि कांग्रेसका राम बहादुर वानियाँ विजयी : ८ सय ११ मत
नेकपा एमालेका विष्णु लाल श्रेष्ठ : ४ सय ७५ मत
नेकपा माओवादी केन्द्रका युवराज गुरुङ : ४७ मत
यो पनि :