
किरण श्रेष्ठ, तनहुँ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगरप्रमुखमा वैकुण्ठ नाथ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत ल्याएका थिए ।
संघीय समाजवादी फोरम नेपालका हरिसिं गुरुङले १ सय ९९ मत, मधेशी जनअधिकार फोरम नेपाल (लो.ता)की धनमाया गौलीले २० मत, राष्ट्रिय जनमोर्चाका महादेव रानाभाटले ६३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिल बहादुर थापाले १७९ मत, नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका गणेशप्रसाद नागिलाले ७० मत, स्वतन्त्र उम्मेदवार नेत्र बहादुर रानाभाटले ३० मत ल्याएका थिए ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार मिरा जोशीले १३ हजार २ सय ६० मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले ३ हजार ४ सय ७७ मत ल्याएका थिए ।
यस्तै मधेशी जनअधिकार फोरम नेपाल (लो.ता)की चिनी माया दरैले १८ मत, राष्ट्रिय जनामोर्चकी गंगा विकले ६६ मत, राष्ट्रिय जनमुक्ति पार्टीकी मन्धरी आलेले ४ सय ४५ मत र नयाँ शक्ति पार्टी नेपालकी नानु कार्कीले १ सय ३२ मत ल्याएकी थिईन ।
व्यास नगरपालिकामा रहेका १४ वडा मध्ये नेपाली कांग्रेसले सर्वाधिक १३ वडामा जीत हासिल गरेको थियो । बाँकी एउटा वडामा भने नेकपा एमालेले जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडाअध्यक्ष निर्वाचित काँग्रेसका खरसिं दरै : १ हजार २ सय ७४ मत
नेकपा एमालेका ज्ञानेद्र बसौला : ८ सय ८९ मत
नेकपा माओवादी केन्द्रकी सरीता गौली : ५२ मत
राष्ट्रिय जनमुक्ति पार्टीका बहादुर सिंह थापा : ६७ मत
नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका उमराज नहर्की : ० मत
वडा नंं. २ :
नेपालि कांग्रेसका काशीराम श्रेष्ठ विजयी : ८ सय ९१ मत
नेकपा एमालेका प्रेमकुमार श्रेष्ठ : ५ सय २० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवकान्त मिश्र: ४८ मत
राष्ट्रिय जनमुक्ति पार्टीकी मिना थापा : ५० मत
वडा नंं. ३ :
नेपालि कांग्रेसका प्रेमकुमार श्रेष्ठ विजयी : ५ सय १३ मत
नेकपा एमालेका सुरेश कुमार श्रेष्ठ : २ सय ८१ मत
नेकपा माओवादी केन्द्रका झलक बहादुर आले : १ सय ३० मत
राष्ट्रिय जनमोर्चाका श्रीकुमार मिश्र: ८१ मत
राष्ट्रिय जनमुक्ति पार्टीकी बुद्धिमाया सारु : ९ मत
वडा नंं. ४ :
नेकपा एमालेका विश्वराज न्यौपाने विजयी : ९ सय ३ मत
नेपालि कांग्रेसका बुद्धिमान श्रेष्ठ : ४ सय ५८ मत
नेकपा माओवादी केन्द्रका टेक बहादुर गुरुङ : ४७ मत
राष्ट्रिय प्रजातान्त्र पार्टीका गोफे दर्जी : १३ मत
वडा नंं. ५ :
नेपालि कांग्रेसका मोहनकुमार श्रेष्ठ विजयी : १ हजार ४ सय १५ मत
नेकपा एमालेका प्रदिप राज अधिकारी : ९ सय ७१ मत
नेकपा माओवादी केन्द्रका अमर बहादुर थापा : ९२ मत
राष्ट्रिय जनमोर्चाका श्रीकुमार मिश्र: ८१ मत
राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर थापा: ३१ मत
वडा नंं. ६ :
नेपालि कांग्रेसका सूर्यभक्त भण्डारी विजयी : १ हजार १ सय २ मत
नेकपा एमालेका अर्जुन प्रसाद नागिला : ९ सय १४ मत
नेकपा माओवादी केन्द्रका उमराज न्यौपाने : ८१ मत
राष्ट्रिय प्रजातान्त्र पार्टीका लक्ष्मण श्रेष्ठ: १२ मत
नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका टंकबहादुर रानाभाट : ४ मत
वडा नंं. ७ :
नेपालि कांग्रेसका सतिशचन्द्र न्पायौने विजयी : ७ सय ७१ मत
नेकपा एमालेका राजु गुरुङ : ५ सय ७४ मत
नेकपा माओवादी केन्द्रका हरिराज वाग्ले: ६६ मत
वडा नंं. ८ :
नेपालि कांग्रेसका ओजराज पौडेल विजयी : ६ सय ७६ मत
नेकपा एमालेका लक्ष्मी प्रसाद पौडेल : २ सय ९० मत
नेकपा माओवादी केन्द्रका शुरेशचन्द्र तिमिल्सिना : ६५ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका थमान सिंह गुरुङ : ३२ मत
वडा नंं. ९ :
नेपालि कांग्रेसका शुरेश थापा विजयी : ९ सय २५ मत
नेकपा एमालेका चरित्र कार्की : ५ सय ७३ मत
नेकपा माओवादी केन्द्रका रामबहादुर सुनार : ४४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र बहादुर सुनार : १५ मत
वडा नंं. १० :
नेपालि कांग्रेसका तुलसी राम सापकोटा विजयी : १ हजार ५ सय ९ मत
नेकपा एमालेका मोहन सिंह विश्वकर्मा : ५ सय ८३ मत
नेकपा माओवादी केन्द्रका हरि विलास अधिकारी :३ सय १८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका ओम बहादुर गुरुङ : १७ मत
राष्ट्रिय जनमोर्चामा तुलबहादुर सुनार : १७ मत
वडा नंं. ११ :
नेपालि कांग्रेसका निरबहादुर खड्का विजयी : १ हजार ४ सय ८४ मत
नेकपा एमालेका विरेन्द्र बहादुर अधिकारी : १ हजार ८ मत
नेकपा माओवादी केन्द्रका गुप्तमान गुरुङ :२ सय ९ मत
राष्ट्रिय जनमोर्चाका भरतबहादुर घर्ती : १० मत
वडा नंं. १२ :
नेपालि कांग्रेसका तोत्र बहादुर कुँवर विजयी : ८ सय ६० मत
नेकपा एमालेका मित्र प्रसाद न्यौपाने : ७ सय ९९ मत
नेकपा माओवादी केन्द्रका रामप्रसाद पन्त : ५० मत
वडा नंं. १३ :
नेपालि कांग्रेसका लेखबहादुर राना विजयी : १ हजार १६ मत
नेकपा एमालेका गजिन्द्र राज पन्थ : ४ सय ४९ मत
नेकपा माओवादी केन्द्रका रेशम बहादुर क्षेत्रि : ४४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गा बहादुर पन्थ : २७ मत
वडा नंं. १४ :
नेपालि कांग्रेसका काजिमान श्रेष्ठ विजयी : ८ सय १४ मत
नेकपा एमालेका हेम बहादुर थापा : ३ सय मत
नेकपा माओवादी केन्द्रका नारायण थापा : १६ मत
स्वतन्त्र लेख बहादुर आले : ३ मत