images
images
images

फर्केर हेर्दा म्याग्दे गाँउपालिकाको निर्वाचन –२०७४

images

सत्तारुढ दलहरु गठबन्धन गरे एमालेलाई ग्राह्रो ,कम्यूनिष्ट घटक मिले कांग्रेसलाई हम्मे हम्मे पर्ने निश्चित
तनहुँ
२०७८ बैशाख ३१मा स्थानीय तहको निर्वाचनको घोषणासँगै तनहुँका राजनैतिक दलहरु गाँउ पस्न थालेका छन् ।
अहिले दलहरुका गतिविधि निकै बढेको देखिन्छ । गाँउ गाँउमा गएर टोल कमिटि गठन गर्ने, वडा स्तरमा भेला तथा प्रशिक्षणका कार्यक्रमहरुलाई दलका नेताहरुले प्रथामिकतामा राखेका छन् । तनहुँमा बिशेष गरेर नेपाली कांग्रेस , नेकपा एमाले, र नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेताहरुको गाँउ दौडाहा रोचक रहेको छ ।
तनहुँको म्याग्दे गाँउपालिका बिभिन्न वडा र टोलमा समेत प्रमुख पार्टीका गतिविधि बढेका छन् । नेकपा माओवादीले त निर्वाचन परिचालन समिति गठन नै गरेर प्रत्येक वडामा कार्यालय स्थापना गरेको छ ।
नेपाली कांग्रेसले पनि बिभिन्न खालका छलफल तथा भेलाका कार्यक्रमहरु राखेका छन् । यस्तै नेकपा एमाले र नेकपा एकिकृत समाजवादीले पनि आफ्ना गतिविधि तिव्र पारेका छन् ।
वि.सं.२०७४ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार माया रानाले ४५ सय ४२ मत सहित अध्यक्ष र कांग्रेसका बालकृष्ण घिमिरेले ४५ सय ९२ मत सहित उपाध्यक्षमा विजयी भएका थिए।
म्याग्दे गाँउपालिकामा नेकपा एमाले तनहुँका हालका अध्यक्ष समेत श्रीप्रसाद श्रेष्ठले ३४६१ मत प्राप्त गरेका थिए । भने नेकपा माओवादी केन्द्रका डिल बहादुर नेपालीले ९ सय ३१ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा नेकपा एमालेका रत्नादेवी घिमिरेले ३१ सय ५४ र माओवादी केन्द्रकी जमुना अधिकारीले १०४२ मत प्राप्त गरेकी थिइन् । तिन ठुला शक्ति छुट्टा छुट्टै निर्वाचन लडेका थिए । यो मतमा एमाले बिभाजन भएर अहिले नेकपा एकिकृत समाजवादी गठन भएको छ । सो पार्टीले मत कति ल्याउला बहषको बिषय रहेको छ । विभाजन नहुदा त धेरै मतान्तरले जितेको कांग्रेसले यस पटक चिरा –चिरामा विभक्त बामपन्थी शक्तिका कारण कांग्रेससलाई केही सहज हुने अनुमान गरीन्छ ।
तथापी कांग्रेस भित्रको गुट उपगुटकाका कारण कांग्रेसको पनि अवस्था यही हो भन्न सकिन्न । सत्तारुढ दलका विचमा गठबन्धन्न भयो भने म्याग्देमा एमालले ‘पत्ता साफ’ हुन सक्छ । म्याग्देमा नयाँ थपिएका मतादाता,पार्टीको आन्तरीक शक्ति सन्तुलन लगातयका कुराले पनि नेतृत्व कस्ले बाजी मार्छ भन्न सक्ने अवस्था भने छैन् । म्याग्देमा एमाले र कांग्रेसका विच नै मुख्य प्रतिस्पर्धा देखिन्छ तथापी माओवादीले समेत आफ्नो संगठन विस्तार गरेको दाबी सँगै उसले आफुुलाई मुख्य प्रतिस्पर्धीको रुपामा उर्तान थालेको सो पार्टीको पछिल्ला गतिविधिले पुष्टि गर्छ । २०७४मा म्याग्देका सात वटा वडामा ४ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो भने ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । कांग्रेसँग प्रतिस्पर्धा गरिरहेको नेकपा एमालेको गतिलाई यस पटक नेकपा एसले कत्ति रोक्न सक्छ ?, अहिलेको बहषको बिषय बनेको छ । २०७४मा नेपाली कांग्रेसले १,३,४,५ नम्बर वडामा विजयी भएको थियो । भने नेकपा एमालले २,६ र ७ नम्बर वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रै भने वडा नं.५ मा नेपाली कांग्रेससँग प्रमुख प्रतिस्पर्धि रहेको थियो भने छ वटामा तेश्रो शक्तिको रुपमा रहेको थियो ।
यो नतिजा बिश्लेषण गर्ने हो भने अवको निर्वाचनमा सत्तारुढ दल गठबन्धन गरे एमालेलाई ग्राह्रो ,कम्यूनिष्ट घटक मिले कांग्रेसलाई हम्मे हम्मे पर्ने निश्चित रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS