images
images
images

ऐनापहरा दुर्घटना: मृतक तीनै जनाको सनाखत (नाम र ठेगाना सहित)

images

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको शुक्लागण्डकी नगरपालिका-८ का ७३ वर्षीय रुद्रबहादुर सेन, ४५ वर्षीया लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी टाटासुमोमा सवार ९ जना र बसमा सवार ४ जना गरी कुल १३ जना घाइते भएका थिए । जसमध्य ९ जना घाइतेलाई थप उपचारका लागि चितवन पठाइएकामा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थाप मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका-१ बस्ने ३८ वर्षीया डिनमया नेपाली, आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३३ वर्षीया हिरा बसेल, शक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएको प्रहरीले जनाएको छ ।

टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ऐनापहरा दुर्घटना: ३ जनाको मृत्यु (अपडेट)

तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा १३ जना घाइते (नाम सहित)

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS