images
images

बौद्ध दर्शन

images

 शम्भुबहादुर अधिकारी

बुद्ध दर्शनका प्रबर्तक कपिलबस्तुका राज कुमार सिद्धार्थ गौतम हुन।उन्को जन्म राजा सुद्धोधन र माता मायादेबीको कोखबाट भएको हो।यो दर्शन निरिस्वरबादी र अनात्मबादी दर्शन हो।उन्को दर्शनले बेदलाइ प्रमाण मान्दैन।बिस्वलाइ यस दर्शनले गतिशील र अनित्य मान्दछ।उनको जन्म इपू ५६३-४८३हो।उनी आफ्नो समयका राज्यको उत्तराधिकारी भएर पनि राजकाजलाइ भन्दा मानब समाजको हित र कल्याणलाइ महत्व दिए र त्यसैमा समर्पित हुने ठुला पूर्बीय दार्शनिक थिए।कलिङ्गको युद्धबाट थकित अशोकले युद्धनीतिको त्याग गरी बौद्ध दर्शनलाइ अंगाले र उनले बुद्धलाइ”महान ज्ञानी”भनेका छन।यद्यपी बुद्ध पुनर्जन्म र ईश्वरबादको बीरोधी थिए तर केही बौद्धबादीहरू र हिन्दू सनातनिहरूले उनलाइ ईश्वरको रूप मानेका छन।बौद्ध दर्शनले सबै बस्तुहरू अनित्य,अबिनासी र क्षेणिक मान्दछ।उनले राजपाठ त्याग गरी प्रबचन मार्फत ज्ञानको प्रचार प्रसार गरे जस्को उदेश्य मानबीय दुखबाट मुक्ति पाउने भन्ने हो।उनका प्रबचनहरू संकलन गरेर उन्का शिष्यहरूले तीनवटा “त्रीपिटिक” प्रकाशमा ल्याए।उनका प्रबचनहरू “पाल्ही”भाषामा लेखिएका थिए।बुद्धत्वको आधारमा नै मानिसका बिबेक पूर्ण निष्कर्षहरू आउछन।भाबना र बिबेक मानबीय गुण हुन।मानबीय भाबनामा बिश्वास थिग्रिदा तर्क ,ज्ञान र बिबेक पैदा हुन्छन जुन भौतिक तत्वमा आधारित हुन्छन।तर्कले आस्तिक र नास्तिक पक्षमा बिचारको निर्माण गर्छ।बुद्धले यही संसारमा सुख,दुख र मुक्तिको बाटो खोजे।त्यस्को लागि उनले संपूर्ण राजकीय बैभब परित्याग गरे र ७बर्ष संमको निरन्तर त्याग तपस्याले उनले ज्ञान(बुद्धत्व)प्राप्त गरे।
गौतम बुद्धले ४प्रकारका सम्यक सत्यको ब्याख्या गरे जस्तै संसार दुखमय छ,दुखका कारण छन,दुखको निरोध गर्न सकिन्छ र त्यस्को लागि अनन्त सुखको त्याग गर्न सक्नु पर्छ जस्बाट दुखबाट सदाको लागि मुक्ति प्राप्त गर्न सकियोस।यसरी गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न सन्यासको बाटो समाते।उनले त्यही कठोर तपस्याबाट ज्ञान प्राप्त गरे ।बुद्धकालीन समयमा नै बौद्ध दर्शनको  बिकास भयेको थियो।उनले बर्ण ब्यबस्था मान्दैनथे,उनी बलिपूजा र मूर्ति पूजाको बिरोधी थिए।बुद्ध दर्शनको उदयपछि जस्लाइ पछि धर्ममा रूपांतरण गरियो बैदिक शास्त्रका ज्ञाताहरूमा ठूलो खैलाबैला मचियो,किनभने त्यस दर्शनले काल्पनिक बैदिक दर्शनको बिरोध गरेर अनात्माबादी दर्शन र भौतिक दर्शनको ब्यापक समर्थन गरेको थियो।उनले जातीय छुवाछुत,जातिय भेदभाव,यज्ञ्यका नाममा चल्ने युद्ध,हिंसा,हत्या,लुट शोषण,र ढोङीपना आदिका बिरूद्ध तर्क र बिबेचनामा आधारित बृहत आन्दोलन पनि चलाएका थिए।बौद्ध दर्शनको आधार अश्वघोषका अनुसार साङ्ख्य दर्शन हो किनभने यो दर्शनले प्रकृति र पुरूषको संबन्धबाट सृष्टिको निर्माण हुन्छ
भन्छ।बुद्धको चिन्तन र दृष्टिकोण परंपरा बिरोधी,पुरानो सत्ता संस्कृतिको बिरोधी धारा थियो ।
मृत्यु पछि आत्म एक ब्यक्तिको शरीरबाट अर्को ब्यक्तिको शरीर भित्र प्रबेश गर्ने गर्दछ भन्ने काल्पनिक कुराको बौद्ध दर्शनले बिस्वास गर्दैन।जन्म र मृत्युको निरन्तरता नै दुखको कारण हो भन्ने बुद्धले बताए ।सदाचारको लागि उनले अष्टमार्ग अपनाए;सम्यक दृष्टि,सम्यक संकल्प,सम्यक बचन,सम्यक कर्म,सम्यक आजीबिका,सम्यक ब्यायाम,सम्यक स्मृति र सम्यक समाधि आदि।अहिम्सा,इर्छ्या,लोभ सबै कुराहरू फाल्नु र शान्त भइ बाच्नु पहिलो बिपस्यना हो।बुद्धले शान्तिका लागि ठूला प्रयत्न गरे र मानबजातीलाइ शान्तिपूर्ण ढंगले रहन आह्वान गरे।यस्तो साधनाका लागि भीक्षु नै हुनु पर्दैन।तत्कालीन समयमा प्रचलित जातीप्रथा,छुवाछुत, बेद ब्राह्मणले सृजना गरेका आत्मा,परमात्मा,परलोक,स्वर्गलोक जस्ता अमूर्त चिन्तन र कर्मकाण्डलाइ  बुद्धले ब्यापक परिबर्तन गर्ने आट गरे।उनले बैदिक सत्ताको प्रतिरोध गरे।त्यस्ले भारतीय उपमहाद्विपमा ठूलो दार्शनिक हलचल ल्याइ दियो।बिबाह,दरबारिया भौतिक सुबिधाबाट बुद्ध आकर्षित भयेनन।उनले दरबार त्याग गर्ने आट गरे।बुद्धले बिरामी हुनु,बुढो हुनु,र मर्नु आदि  कुराहरूबाट  कतिपनि बिचलित भयेनन।त्यस्ले उनलाइ मुक्तिको बाटो देखाउन घचघच्यायो।बुद्धले भने,”संसारमा  कुनै पनि बस्तु स्थायी छैनन र सबै बस्तुहरू परिबर्तनशील छन।”त्यसैको कारण हो कि आफ्ना बहुमूल्य लुगा,गहना सबै आफ्ना सारथी छन्दकलाइ बुझाए र उनी मुक्तिको बाटो लागे।पूर्बीय दर्शनमा पनि भौतिकबादका प्रमाणहरू देखा परिसकेका थिए जस्तो कर्णादको परमाणुबाद,कपिलमुनीकोको द्वन्द्वबादी चिन्तन,लोकायत दर्शनको चारबाक दर्शन,ऋषभदेबको जैन दर्शन,कपिलको साङ्ख्य दर्शन आदि दर्शनहरूमा मूल आधार,स्वभाब र मौलिक प्राकृतिक,लौकिक र भौतिकबादी रहेका छन।कपिलमुनिको सत्कार्यबादबाट

बुद्धका बिचारहरू प्रभाबित छन।
         बुद्धले जंगलको यात्रा थाले पछि उनले अतिसामान्य लुगा लगाएर सरल जीबनबिताउन प्रतिबद्ध भये।भ्रमणका क्रममा उनले ५जना तपस्वी भेटे र अत्यन्त कम खाएर साधनारत भये ।लामो समयको तप र ध्यान पछि ३५बर्षको उमेरमा उनले बोधगयामा बुद्धत्व प्राप्त गरे।उनले सारनाथमा ५जना पुराना मित्रहरूलाइ  धर्मचक्र प्रबर्धन संबन्धी उपदेश दिए।यो एउटा संयोग नै मान्नु पर्छ कि  सिद्दार्थ गौतमको जन्म दिन,ज्ञान प्राप्तिको दिन र निर्बाण प्राप्त गरेको दिन एकै तिथि बैशाख पूर्णिमाका दिन परेको थियो।बुद्धका तीन जना शिष्यहरू उपाली,आनन्द र भट्टाकश्यपको प्रयाशमा त्रिपीटकको संकलन संभब भयेको थियो।मुक्ति प्राप्तीका लागि उनी सन्यासी बने,भीख मागेर खाए।बुद्धका अनुसार चेतना मनुष्यको  अस्तित्वमा निर्भर गर्दछ।धम्मपदमा उनले भनेका छन,”कुनै पनि बस्तु शास्वत सत्य हुदैन र कुनै पनि बस्तुको अस्तित्वको बिशेष स्रोत कारणका कारण हुन।”बुद्ध पछि महायान र हिनयानी संम्प्रदायको जन्म भयो।तर दक्षिण एशियाली समाजमा द्वन्द्वको इतिहासमा बौद्ध दर्शन,बौद्ध शिक्षा र बौद्ध साहित्यमाथि कठोर प्रहार भयो।महायानका प्रबर्तक अश्वघोष थिए ,उनले बौद्ध दर्शनलाइ आत्मा,परमात्मा र पूजा अर्चना आदि बिषय समाबेश गरी यस दर्शनलाइ उपनिषदीय चिन्तनमा पुर्याइ दिए।उनीहरूले बुद्धलाइ ईश्वरको रूपमा स्थापित गरेर पूजा आदिको परंपरा बसाले।उनी अबतारबाद र मूर्ति पूजाको बिरोधी हुदाहुदै उनलाइ पछिल्लो पुस्ताले  आस्तिक दर्शनका प्रणेता बनाउने कोशिस गरे।योगाचार वा योग साधनलाइ बिस्वास गर्ने संप्रदायलाइ योगाचार संप्रदाय मान्न थालियो।यो शून्यबादसंग संबन्धित छ।उनीहरूको बिचारमा परम सत्ता  शून्य नभइ बिज्ञान हो।यस मतानुसार बाह्य पदार्थको कुनै अस्तित्व छैन,यिनीहरू केबल बिकल्प हुन।बुद्ध बादले  ब्यक्तिबादमा भन्दा संघबादमा बिस्वास गर्दछ।बुद्ध दर्शन एक सुधारबादी,द्वन्दबादी र बिज्ञान संमत हुदाहुदै  पनि बुद्धको मृत्यु पछि उनका शिष्यहरूले बुद्धका बचनहरूलाइ आफू अनुकूल ब्याख्या गरे।बुद्धले निर्बाणको अर्थ  संसारबाट मोक्ष प्राप्ती होइन,त्यो त काम, क्रोध ,लोभ, मोह,भ्रम र दुखबाट छुटकारा पाउनु हो भने।बुद्धले मानब चेतना कुनै ईश्वरीय खेल होइन,त्यो त बस्तु वा पदार्थबाट उत्पन्न हुने , नाश हुने गर्दछ भनेका छन।यद्यपी बौद्धले अबतारबादको बिरोध गरे पनि हिन्दूबादका कट्टर समर्थक शंकराचार्यले त्यो बौद्ध दर्शनबाट आतिएर उनलाइ बिष्णुको नबौ अबतारमा आरूढ गराएर  बिभिन्न ठाउहरूमा उन्का बिशाल मूर्तिहरू खडा गरिए।बुद्ध बिचारक मात्र थिएनन,उनी एक महान संगठन कर्ता पनि थिए।बुद्धको पंचशीलको सिद्धांत अहिले बिश्वब्यापी रूपमा बिदेशनीतिका रूपमा प्रचलित छ।यस संदर्भमा बुद्ध र शंकराचार्यको तुलना ध्यानमा आउछ-एकजनाले दलितको मुक्तिको लागि एउटा बिचार प्रणाली र संगठन स्थापित गर्न अपार कष्ट सहे मने अर्कोले हिन्दू बर्ण र समाज ब्यबस्थाको बैचारिक र भौतिक सृङ्खलालाइ  बलियो पार्न आफ्नो जीबनलाइ अर्पे अनुसार  बुद्धले आफ्नो प्रबाबशाली र अनुशासनयुक्त संघको स्थापना गरे। पूर्बीय दर्शनमा देखिएका अनौठा सोचहरूले बैचारिक र ब्यबहारिक ज्ञानलाइ समाजमा क्रियाशील गराएका छन।अबैदिक दर्शनको  बिकास भनेको बौद्ध दर्शनको प्रतित्य-समुत्पाद,अनात्मबाद र क्षणिकबादको सिद्धांतको बिकास हो।
साङ्ख्य दर्शनको सत्कार्यबाद,न्यायको असतकार्यबाद,योगको योगाभ्यास,बेदान्तको अद्वैतबाद,बौद्धको बिपस्यना,जैनको स्यातबाद र चार्वाकको भौतिकबाद आदि बैदिककालमा बिकसित भयेका दर्शन हुन।बौद्ध संघमा सर्बप्रथम प्रबेश माग्ने र प्रबेश पाउने  महिलाहरूमा कपिलबस्तुका जनपदका प्रजापति,यशोधरा,नन्द आदि ५सय शाक्य महिलाहरू थिए।बुद्ध पहिलोपल्ट न्यग्रोधारामा बसेको बेला  नेपालमा बुद्ध धर्मको प्रबेश भयेको मानिन्छ।कपिल बस्तुको पतन पछि यताउता  बसाइ सरेका शाक्यहरूले पनि बुद्धको धर्म वा उपदेशलाइ यत्रतत्र फैलाए। निर्वासित  शाक्यहरूले पनि काठमाण्डू प्रबेश गरेर बुद्ध धर्मको प्रचारप्रसार गरेका थिए।
बुद्ध दर्शन नास्तिक दर्शन वा भौतिकबादी  दर्शन भए पनि उन्को मृत्युको करिब सय बर्ष पछि त्यस्लाइ दैबी शक्तिको रूपमा आरोपित गरियो,यसरी यस दर्शनमा बिभिन्न मतहरू देखा परे।मूख्य गरेर बुद्ध धर्ममा दुइ सम्प्रदाय देखा पर्यो;महायान र हिनयान।महायानले परोकारिता र कल्याणलाइ बुद्धत्वको रूपमा लिन्छ।त्यस्कारण यो दर्शन अनुसार निर्बाण पछि अरूको सहयोग गर्न बुद्ध यो संसारमा बारंबार आउने र पुनर्जन्म हुने कुरामा बिस्वास गर्दछन।महायानीले कुनै पनि ज्ञानी ब्यक्ति आफ्नो लागि मात्र होइन,अर्काको लागि पनि प्राणीको मुक्तिको लागि उपस्थित हुनु पर्ने आबस्यक ठान्दछ।तर हिनयानीहरूले भने प्रत्येक ब्यक्तिले मुक्तिको बाटो आफैले खोज्नु पर्छ भन्ने मान्यता राख्दछन। मुक्तिको लागि यस हिनयानले अरूको मदत माग्दैन किनभने  मुक्ति कुनै ब्यक्तिको नीजि मामिला हो।हिनयानीहरू क्षणिक धर्मलाइ सत्य ठान्दछन भने महायानीहरूले क्षणिक धर्मलाइ अनित्य ठान्दछन।यो भन्न सकिन्छ कि हिनयानी अनुसार उनीहरू अनिश्वरबादी र कर्मबादी हुन।हिनयान बुद्ध पछिको पुरानो मत हो भने महायान त्यस पछिको।महायानले तन्त्रमन्त्रको भाबनालाइ रोकेन बरू प्रश्रय नै दियो।पूजा आजा भक्ति भाबनालाइ पनि यस मतले अंगिकार गर्यो।शून्यबाद र बिज्ञानबाद महायानी धारा हुन।यो हिनयानी धारा भन्दा उच्च र उदार मानिन्छ।बाह्यायनुमेयि र प्रत्यक्षबादीहरू हिनयानी धारा मानिन्छन।स्थबिरबाद अनुसार ऐतिहासिक गौतम बुद्ध बौद्ध धर्मका  अधिष्ठाता एबं असाधारण बुद्धि भयेका मानिसमात्र हुन,उनलाइ देबत्वकरण गर्नु आबश्यक छैन, बरू उन्का शान्ति,अहिम्सा,सहनशीलता,दया,प्रेम र पंचशीलका भाबनाहरूलाइ जीबनमा लागु गर्नुले संसारले पूर्ण शान्ति प्राप्त गर्दछ।मानिस मानिसको बीचको जातीय बिभेद,छुवाछुत,अहंकार र दम्भमाथि बिजय प्राप्त गर्नुनै  अन्ततः मुक्ति प्राप्त गर्नु हो।यसै क्रममा मानिसहरू  मनोरम धर्मको लागि यति लालयित थिएकि जस्मा थोरै कष्टका कोशिसले मात्र पनि महान सुख प्राप्त हुने आसा गरिएको छ।बुद्ध धर्ममा यस्तो महासुखको प्राप्तीको अभिलाषा गरिएको मनोरम धर्म भनेको बज्रयान हो।यसरि महायानको नरचरम उच्चशिखरमा पुग्यो।त्यही समय देखि नै बज्रयान  थाहै नपाइ बिकसित भयो।बज्रयानका प्रमूख तत्वहरू ;मन्त्र,मैथुन,योग र मद्य हुन।मन्त्रतन्त्रयानको उग्र रूप नै बज्रयान हो।बज्रयानीहरू प्रायशः पारिवारिक जीबनमा लागेका हुन्छन।”नालन्दा ,ओबन्तपुरी,बिक्रमशीला महाविद्यालयहरू त्यस बखत तान्त्रिक बौद्ध धर्म वा बज्रयानका  एकदम प्रभाबकारी केन्द्र थिए”।बुद्धलाइ केबल धर्ममा मात्र सिमित राख्नु  गलत हुन्छ,उनी अनात्मबादी ,जीबन  नाशवान छ भन्ने दर्शनका पक्षपाती थिए।तत्कालीन बैदिक साहित्य ,संस्कृति र दर्शनको बोलाबाला भयेको समयमा पनि उनको दर्शन अबैदिक वा भौतिकबादी दर्शन थियो।प्रायशः प्राचीनकालीन बिद्वानहरू प्रकृतिबादी भौतिकबादी थिए,उनीहरूको सीधा संबन्ध प्रकृति, जगत र जीबनसंग थियो कुनै अलौकिक र काल्पनिक बस्तुसंग थिएन।बौद्ध दर्शनले पछि मात्र धार्मिक रूप ग्रहण गरेको हो।धर्म यस्तो संप्रदाय बन्न जान्छ जस्का बचनहरू र आदेशहरूको बिरोध गर्ने कुनै ठाउ हुदैन।त्यस्का बिरूद्ध तर्क र प्रमाणको भन्दा अलौकिक शक्तिप्रति समर्पणको मूख्य भूमिका हुन्छ।यद्यपी बुद्धलाइ हिन्दूबादी दर्शनले अलौकिक शक्तिको रूप दिए त्यस्लाइ प्रमाणित गर्न उनलाइ बिष्णुको नबौ अबतारको रूप दिए।उनी जन्म पुनर्जन्मको बिरोधी थिए।उनी अनिश्वरबादी तथा मानबताबादी दार्शनिक थिए ।नागार्जुनले बुद्ध दर्शनलाइ प्रत्ययबादी मोड दिए भने बैशेषिक दर्शनलाइ प्रशस्तपाद र श्रीधरले ईश्वरबादी धारामा परिणत गरे।प्रतित्य समुत्पादको अर्थ नकारात्मक बिकास होइन,सकारात्मक बिकास हो।
       समाप्त

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS