images
images

सिक्कीमको भारतमा बिलय र साना र स्वतन्त्र राष्ट्रहरूको भबिष्य

images

३हजार ६सय माइलमा फैलिएको सिक्कीम एउटा स्वतन्त्र र सार्वभौम अधिराज्य थियो ।यस्को इतिहास खोज्दा १३औ शताब्दीसंम पुग्नु पर्छ।सिक्कीम भूटान र नेपालजस्ता आफूभन्दा बलिया हिमाली अधिराज्यको बिचमा सुन्दर,शान्त र सौम्य भयेर आफ्नो अस्तित्व कायम गरेको थियो जुन मुलुक बंगालको उत्तरमा अबस्थित छ । यस्को उत्तर पश्चिममा भारतीय प्रान्तहरू छन।हिमाली पर्बत श्रृङ्खलाको पहाडी मैदान संम यो राज्य फैलिएको छ ।
समुद्र सतहबाट १२हजार फीटको उचाइमा रहेको त्यो मुलुकमा केही घुमन्तेहरू तिब्बतबाट आइ बसोबास सुरू गरेका थिए।तिनीहरूले आफ्नो मुलुकको नाम “सुखिम’’ राखे जस्को अर्थ “आनन्द भूमि’’ हुन्छ किनभने यो देश सुगम नेपाल र दूर्गम भूटान बीचको पर्बत श्रृङ्खला को काखमा रहेको निर्जन उपत्यका थियो । त्यस भूमिमाथि आक्रमण हुदा र भूमि लुटिदै जादा त्यो सागुरिएर जम्मा २८१८ बर्ग माइलमा सिमित रहन गयो। उपत्यकाबाट २२माइल पर रूम्स्टेक मठबाट हेर्दा त्यो पुरा पर्बत निहुरिएको हात्तिको आकार जस्तो देखिन्थ्यो जस्को शीरमा सिक्कीम दरबार सुन्दर र आकर्षक देखिन्थ्यो । हिमाली पर्बत श्रृङ्खलाको पहाडि मैदान संम यो राज्य फैलिएको छ।हाल नेपाल,भूटान र तिब्बतमा परेका भूमिहरू पहिला सिक्कीम कै थिए। सिक्कीमको राष्ट्रियताको प्रतिक निलो,सेतो र पहेलो रङ्ग भयेको राष्ट्रिय झण्डा जुन पबित्रताको प्रतिक सेतो ,सदाचारको प्रतिक पहेलो रङ्गको ८ वटा करङ भऐको चक्र दरबारको माझमा थियो।
त्यही पबित्र झण्डा शितल हावामा फहराइ रहेको थियो।त्याहाबाट दरवार वरिपरीको पहरा ,सेतो हिमाल र हरियाली जंगल मनोरम दृश्य राम्रोसंग अबलोकन गर्न सकिन्थ्यो। १८हजार फीट भन्दा माथिको उचाइमा अग्लो ,भिरालो र खतरनाक डोडरथलामा जहा जंगली याक पनि जाडाले कठाङ्ग्रिन्छ लाचुक उपत्यकाको अगाडि पर्छन, हजारौ संख्याका काला याकहरूका उपस्थितिले त्यो उपत्यकामा गाढा कालो रङ्को चित्र देख्न सकिन्थ्यो। ती जङ्गलहरूमा गृष्म ऋतुमा लालुपाते,गुरास,पिपुला र एप्पल सुलुजुम मात्र देखिन्थ्यो। उत्तरमा हिमालय श्रृङ्खलापारी तिब्बत देख्न सकिन्थ्यो भने सिक्कीमको पश्चिमपट्टी मनोरम नेपाल जहाबाट टिष्टा नदी अबिरल बगि रहन्छ त्यस्ले सिक्कीमलाइ एउटा स्वर्गिय र सुरम्य मुलुकको रूपमा प्रस्तुत ग¥यो । सिक्कीमबारे १८९४मा एच एच रिजले सिक्कीम त एशियाको बेल्जियम हुनु पर्ने भाबना ब्यक्त गरे।तर त्यो सुन्दर, आकर्षक र सार्बभौमिक देशलाइ निर्ममता पूर्बक भारतले १९७४ मा सैनिक हमला ग¥यो र जनमत संग्रहको नाटक गरेर १९७५ मा चोग्याल र सिक्कीमे राष्ट्रबादीको इच्छा बिपरित भारतीय संसदले सिक्किमलाइ भारतमा बिलय गराउने गैर संबैधानिक निर्णय गर्यो किनभने संरक्षित राज्यको आन्तरिक निर्णयको अधिकारलाइ कुण्ठित गर्न सकिन्थेन। त्यस्कारण बृटिश भारतको संरक्षित राज्य हुदा पनि बेलायतले परराष्ट्र नीति बाहेक सबै अधिकार सिक्कीमलाइ सुरक्षित गरेको थियो।सिक्कीमलाइ अन्तरमुख राज्य गराउन भारत स्वतन्त्र भयेदेखि नै कोशिस गरेको थियो।
यो सुन्दर, सौम्य, शान्त र धार्मिक सहिष्णुता भयेको सिक्कीमको इतिहास जान्न हामी १३औशताब्दीतिर जानु पर्छ।उक्त समयमा तिब्बतबाट सिक्किम आउने पहिला राजकुमार “रब्बी बुङ्सा’’ थिए । उनी सिक्कीम आएपछि स्थानीय लेप्चासंग रक्त संबन्ध कायम गरे र एउटा नया संस्कृति,धर्म, परंपरा र सहिष्णुताको बिकास गरे जस्ले गर्दा उनीहरूका बीच भात्रृत्व बढाउने र स्थानीय मित्रता कायम राख्ने बाताबरणको सिर्जना भयो। यसरी सिक्कीम स्वतन्त्र रूपमा अगाडि बढीरहेको थियो।रब्बी बुङ्सा पछिको सिक्कीमको आधुनिक इतिहास आरोह अबरोहले र संघर्षले भरिएको छ।सन १६२४मा जन्मेका पुछो नाम्ग्याल १६४१मा सिक्कीमका प्रथम राजा भये।त्यही समयमा तिब्बतबाट भोटियाहरू सिक्किम प्रबेश गरे र सानो संख्याको लेप्चाजातीमाथि आक्रमण गरे।लेप्चाहरू सिक्कीममा उत्तरपूर्व भारतबाट आएका थिए।
भोटिया र लेप्चा बीच पनि रक्त संबन्ध कायम भयो र एउटा निश्चित समुदायको निर्माण गरे।१७औ शताब्दीमा इष्ट इन्डिया कंपनिको सिक्कीम प्रबेश पछि इशाइ धर्मको व्यापक प्रचार भयो। त्यस्ले बौद्ध परंपरा र धर्मलाइ क्षेति पु¥यायो । १७९०संम टिष्टा नदीको संपूर्ण बेशिसंम नेपालको प्रभूत्व रह्यो। बृटिश भारतले नेपालीलाइ सिक्कीमबाट धपाउने कोशिस गरे तर उनीहरू नेपाल फर्केनन।नेपालीहरू सिक्कीमलाइ आफ्नो जन्मभूमि बनाएर त्यही काम गरेर बसे।मूख्य गरेर उनीहरूले चिया बगान र अलैचि खेतिमा काम गर्न लागे। सिक्कीम बहुजातीय राष्ट्र बन्यो । तर इष्ट इन्डिया कंपनि र सिक्कीम बीच १८१७मा एउटा सन्धी भयो जस्ले परराष्ट्रको जिम्मेवारी बृटिश भारतले लियो। बिश्व मानचित्रमा राजनीतिक भूगोलहरू परिबर्तन हुनाको कारण साना, निर्बलीया र स्वतन्त्र देशहरू बिघटन भएका छन । राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक र आर्थिक निर्भरताको कारण मात्रै नभइ कुनै पनि देशका नेताहरू अदूरदर्शि, पदलोलुप, सत्ता लिप्सा र पैसा र जनबिरोधी शक्तिहरू देशको सार्वभौमिकता प्रति धोकाधडीमा उत्रेर स्वतन्त्र देशहरू बिलय भयेका इतिहास साक्षी छ।
बृटिश साम्राज्यको पतन हुदै गर्दा मुलुकहरू स्वतन्त्र भए। १९४७मा भारतले स्वतन्त्रता पाएपछि सिक्कीमले पनि स्वतन्त्रता प्राप्त गर्ने इच्छा गरेको थियो,तर बेलायत फर्कदा सिक्कीमबारे बेलायतले कुनै केही निर्णय नगरिकन फर्कियो। स्वतन्त्र भारतले त्यस्को स्वामित्व पनि भारतको नियंत्रणमा छ भन्ने खोज्यो।१९४७मै भारतले सिक्कीमलाइ नियंत्रण गर्ने योजना बनाएको देखिन्छ । १९५०मा भारत सिक्कीम बिशेष सन्धी गरेर आन्तरिक रूपमा मात्र सिक्कीम स्वतन्त्र रहने र सुरक्षा,परराष्ट्रको जिम्मा भारतले लियो।बृटिश भारतले सिक्कीमलाइ भारतीय भूमिमा मिसाएको थिएन, तर भारत निर्मम भयेर उत्तरी हिमाली अधिराज्यहरू भारतको सुरक्षा चुनौतीका रूपमा देखायेर हस्तक्षेपको बहाना झिकेको थियो।नेहरू र बल्लवभाइ पटेलले हैदराबाद, काश्मीर, जुनागढ र पछि गोवा समेत बलजफ्ति भारतमा मिसाए।इष्ट इन्डिया कंपनिको सहयोगबाट १८१८मा नेपाली फौजलाइ हराए पनि सिक्कीमबाट नेपालीहरू फर्केनन।भूटान बैधानिक रूपले अर्ध स्वतन्त्र भयो ।
सिक्कीम र भूटानको उत्पति , संस्कृति, धर्म परंपरा लामाबादी थियो । १८१७तिरै सिक्कीमका चोग्याल गम्सर्ड नाम्ग्यालको पालामा नेपाल सिक्कीम बीच पनि यदाकदा युद्धहरू भइ रहन्थे।१७३३मा गम्सर्डका अबैध छोरा पुङ्सतोक नाम्ग्याल सत्तासिन भए । उनी पछि तेन्जिङ नाम्ग्याल सिक्किमका राजा भये,तर सिक्कीमको स्वतन्त्रता त्यस्बेला नेपालको हातमा थियो।ल्हासा भागेका तेन्जिङ १७८०मा त्यही मरे भने १३बर्ष पछि १७९३मा उन्का छोरा चीनको सहयोगमा सिक्कीमका राजा बने । १८१७मा नेपाल र कंपनिबीच सन्धी भयो जस्ले नेपालको अधिनमा रहेको केही भाग कंपनि सरकारलाइ फर्काइयो भने तिब्बतसंगको ब्यापारको लागि सिक्कीमलाइ ट्रान्जीट बनाइयो। १८६३मा सिदेकोड नाम्ग्याल राजा भयेपछि सिक्किमलाइ तिब्बतसंगको ब्यापार रोक्ने र सिक्कीमलाइ स्वतन्त्र राख्ने प्रयत्न गरे पनि सिक्कीमे राजाको केही चलेन। त्यस्कारण बेलायतले सिक्कीमका तत्कालीन राजदम्पतिलाइ जेलमा राखे र अन्तमा १८९५मा उनीहरूलाइ रिहा गरियो, तर सिक्कीमको सार्वभौमिकता फिर्ता गरिएन। सन १९१८मा सिक्कीम आफ्ना सबै घरेलु मामलामा पुनः थापना र संचालनका लागि स्वतन्त्र भयो। सन १९४७मा भारत स्वतन्त्र भयेपछि स्वतन्त्रताको आसा गरेको सिक्कीमले उल्टै भारतले सिक्किममा राष्ट्रिय काङ्ग्रेस गठन गरी त्यस मार्फत सिक्कीमे राजा,जमिन्दा बर्ग र अन्य धनीमानिसका बिरोधको नाममा आफ्ना एजेन्टहरू मार्फत राजतन्त्र बिरोधी सिक्कीम बिलयको आन्दोलन चलाउन लगायो, सिक्कीमलाइ भारतमा मिसाउनु पर्छ भन्ने अभियान सुरू गराइयो।सिक्कीमलाइ पूरै नियंत्रण गर्न नसक्दा भारतले पनि सिक्कीमलाइ संरक्षित राज्य बनायो। १९६३मा क्यान्सरबाट टासी नाम्ग्यालको मृत्यु पछि पाल्देन थोन्डूप नाम्ग्याल सिक्कीमका अन्तिम राजा भये।भारतमा इन्दिरा गान्धीको उदय संगै सिक्कीम बिलयको संघारमा पुग्यो । इन्दिरा गान्धीले पीता नेहरूलाइ आलोचना मात्रै गरिनन उनले “भूटान,सिक्किम र नेपाललाइ भारतमा बिलय नगरेर भूल’’ भएको आक्रमक र बिस्तारबादी नीति ओकलिन ।
पाल्देनको श्रीमति ग्याल्मो(हुपकुक) थिइन भने एलिजा मारिया स्यान्डफोर्डले१९५७मा काजी लेण्डूप दोर्जेसंग बिबाह गरिन। ग्याल्मो सिक्कीमको महारानी हुन चाहन्थिन भने एलिजा मारिया सिक्किमको प्रथम महिला हुन चाहन्थिन। तर निर्मम महिलाको रूप धारणा गरेकी बिशाल भारतकी प्रम इन्दिरा गान्धी सिक्कीमलाइ भारतमा बिलय गराउन चाहन्थिन । त्याहा ३जना महिलाको वरिपरि सिक्कीमको सार्बभौमिकता घुमिरहेको थियो।षडयन्त्र, इछ्र्या,इख र महत्वाकाङ्क्षाको सिक्कीम निशानामा थियो।त्यस्कारण १९७३देखि नै राजतन्त्र बिरोधी आन्दोलन र लोकतांत्रिक ब्यबस्थाको स्थापनाका लागि सिक्कीममा भारतीय योजना र आर्थिक सहयोगमा आन्दोलनहरू हुन थाले।तर केही आन्दोलनकारी बाहेक धेरै सिक्कीमेहरूको आसा भारतबाट स्वतन्त्र र लोकतांत्रिक ब्यबस्थाको पक्षमा थिए,तर जब सिक्कीम भारतमा बिलय हुने अबस्था आयो,त्यो बेला संम धेरै ढीला भइ सकेको थियो।
लेन्डूप दोर्जेले सिक्कीम नेशनल कांग्रेस पार्टी खोल्यो । एलिजालाइ सिक्कीममा बस्न अप्ठ्यारो भयेकोले भारतीय इशारामा उन्ले आन्दोलन दार्जिलिंगबाट संचालन गर्थिन । आन्दोलन भारतीय “र अ’’ ले संचालन गरिरहेको थियो।एलिजाको दाहिने हात नर बहादुर खतिवडा थियो जस्ले नेपालीहरूलाइ उचालेर हिंसात्मक गतिबिधि गर्न चाहन्थ्यो। २३भाद्र २०६५मा लेन्डूपको नेपाली पत्रिकामा एउटा अन्तरवार्ता प्रकासित गरिएको थियो,“सिक्कीमको आन्दोलनमा भारतीय सेनाका जवानहरू सिभिल ड्रेसमा भाग लिन्थे र तेजपाल सेन भन्ने “र अ’’को एजेन्टले उनलाइ बर्षमा ३ञ्४पटक पैसा ल्याएर दिन्थ्यो। गान्तोकमा कर्मचारी, बिद्यार्थीहरू,चिया बगानमा काम गर्ने मजदूरहरू र दार्जिलिंगबाट पनि आन्दोलनकारीहरू प्रदर्शनका लागि गान्तोक आउथे’’। भारतले चिनले नाथुला भञ्ज्याङबाट आक्रमण गर्दै छ भन्ने फेक न्यूजहरू प्रसारण गरेर सिक्कीमेहरूलाइ आफ्नो पक्षमा ल्याउन त्रास देखाउथ्यो। सिक्कीमको अस्थिरताको भारतले पूरा फाइदा लिन खोजिरहेको थियो। १९५५ मा नेपाल यूएनको सदस्य बनेपछि भूटान पनि १९७१मा यूएनको सदस्य भइ सकेको थियो।त्यस्कारण सिक्कीमलाइ यूएनको सदश्य हुनबाट रोक्न आन्दोलन मात्र प्रयाप्त थिएन,त्यस्को लागि सैनिक हस्तक्षेप मूख्य थियो।
कुनै पनि देशलाइ अस्थिर राजनीतिक,सामाजिक परिस्थिति सिर्जना गरेर त्यस देशलाइ कंजोर पार्न खोजिन्छ। गतिरोध पैदा गर्न ठूला मुलुकहरूले जातीय बिभाजन,आर्थिक परनिर्भरता र यदाकदा अपराधिक तत्वलाइ समेत प्रयोग गर्दछन। १९४८मा नै नेहरूले भनेका थिए,“ उत्तरी हिमालय हाम्रो सिमा हो।’’ भारतको सुरक्षाको लागि नेपाल बाधक हुनुहुन्न भन्ने उन्को जिकिर थियो।एक भारतीय प्रथम सचिबले नेपालका कमि कंजोरीहरू औल्याएर सन२०००संममा नेपाल कुनै पनि हिसाबले भारतको अंग बन्ने दाबी गरेका थिए। १९४७ पछि १९५२तिर चोग्यालले देवानको डाडाको महत्व कम पारेर आफ्नो अधिकारमा बिस्तार गरे। १९४९मा नै सिक्कीममा भारतीय कांग्रेसको शाखा खोलिएको थियो जस्को नाम “सिक्कीम ष्टेट काङ्ग्रेस’’ राखियो,त्यस्का नेता लेन्डूप दोर्जे थिए।१९५०को सन्धीमा टेकेर भारतले गान्तोकको उत्तरी सिमामा भारतीय सेना राख्न थाल्यो। १९६८मा इन्दिरा गान्धी सिक्कीम जादा त्याहाको प्रशासनिक दरबारलाइ “इन्डिया हाउस’’भनाउन थालिन।तर १८१७को तितलिया सन्धीले सिक्कीममा पूर्ण सार्बभौमिकतापूर्बक नाम्ग्याल बंशको शासनको मान्यता दिइएको थियो। बिस्तारै सिक्कीम नेशनल कांग्रेस र हुल्लडबाज नेपाली युवाहरूको संगठन बन्दै गयो। सिक्कीमका राजा एकताका प्रतिक थिए तर उनलाइ घृणास्पद ढंगले राक्षेसीकरण गरेर तानाशाहीको नाराको ट्याग लगाइयो।भारतीयहरूको इशारामा यी सबै कामहरू भयेका थिए।
सिक्कीम बिलय हुनु भन्दा अगाडि त्याहाको सुरक्षा, भाषा,संस्कृति, परंपरा र धर्ममाथि हमला गरेरमात्र त्यस देशलाइ नियंत्रण गर्ने काम साम्राज्यबाद र बिस्तारबादको मूल प्रबृत्ति देखिन्छ।१९७३मा भारतले एकातिर राजतन्त्र बिरोधी आन्दोलन चलाएको थियो भने अर्कोतिर राजतन्त्र बचाइदिने बचन पनि दिएको थियो।भरतले एकै चोटी दुइ खेल खेलिरहेको थियो।२२असार २०६५मा बेइजिङ स्थित “इन्स्टीच्यूट अफ एशियन प्यासेफिक स्टडिजका प्राध्यापक “वाङखोङ’’ले जो नेपाल नीतिका निर्माता थिए उन्को भनाइमा “भारत नेपाललाइ दोस्रो भूटान या सिक्कीमिकरण बनाउन चाहन्छ।अझ त्यस्मा पनि सिक्कीमिकरणको प्रक्रियामा जान सक्छ।’’भारतले चोग्याललाइ एउटा रेडियो ट्रान्समिसन पनि राख्न दिएन किनभने त्यस मार्फत उन्ले तिब्बत,नेपाल र अन्य मुलुकसंग सहयोग र संबन्ध राखेर सुरक्षाको र स्वतन्त्रताको ग्यारेन्टी माग्न सक्ने भारतको संका थियो।
१९७३मा सिक्कीममा दंगा भयो।भारतीय सैनिक, सिआरपीका जवानहरू तैनाथ गरिएको थियो।भारतीय सेनाको बन्दुक दर्बार तिर तेर्सिएका थिए,तर सिक्किम गाड्र्ससंग कामलाग्ने गोलालबारूद थिएनन, थोरै मात्र थोत्रा बन्दूक थिए।ढोकामा ६जना भारतीय सेनाले दरबारतिर बन्दूक तेस्र्याएका थिए । एक्कासी मेसिनगनका आवाजहरू सुनिन थाल्यो । रक्तपातपूर्ण तरिकाले एकतर्फी सैनिक आक्रमण भयो।एकजना पहरेदार १९बर्षिय बसन्त कुमार क्षेत्रिले दरबारको सुरक्षाका लागि दुश्मनतिर राइफल तेस्र्याएका मात्र के थिए भारतीय सैनिकको गोलिले क्षेत्रि रक्ताम्य भयेर भूइमा ढली सकेका थिए।बसन्कुमार क्षेत्रिका सहयोगी १८ बर्षिय निम्मा शेर्पालाइ पनि गोली लाग्यो,नायक लाल बहादुर लिम्बूले बहिर के रहेछ भनेर हेर्न दगुरे । यी सबै घटना ३मिनटमा संपन्न भइ सकेको थियो।
अहिले संम सिक्कीमलाइ आफ्नो मात्रृभूमि मानेका नेपालीहरूको हातमा सिक्कीम बचाउने जिम्मा आयो।चोग्याललाइ आत्मसमर्पण गर्न आह्वान गरिएको थियो।सिक्कीम गाड्र्सलाइ निशस्त्र बनाउन जम्मा ३० मिनट समय लाग्यो,तर देशको लागि उनीहरूले आत्मसमर्पण गरेनन ,बरू हासी हासी देशको रक्षाको लागी मर्न तयार भयेर महानता देखाए।षडयन्त्रमा परेको सिक्कीमले भारतीय आक्रमणको कुनै संका गरेका थिएनन।सिक्कीमले बृटिश भारतले दिएको सहुलिएत खोसिने छैन होला भन्ने भ्रम पालिरहेका थिए। सिक्कीममा भारतीय आक्रमण धोकापूर्ण,नृशंस र स्वतन्त्रता बिरोधी हिंसात्मक गतिबिधि थियो। चोग्यालले बसन्तकुमार क्षेत्रिको रगतको आहालमा आफ्नो बुढी औला डुबाए र उनले आफ्नो निधारमा रगतको टीका लगाए र त्यो बीर शहिद देशभक्तलाइ सिक्कीमको राष्ट्रिय झण्डा ओढाइएको देखे।नाम्ग्यालको आखा अगाडी आफ्नो पबित्रभूमि बिलय भयेको चुपचाप हेरि रहे। केही सिक्कीम समर्थक युवाहरूलाइ रातैमा गिरफ्तार गरि ट्रकमा राखेर कालिङपोङ लैजादा ती बीर योद्धाहरूले सिक्कीमको गाथागाए ,राष्ट्रिय गित गाए र सार्बभौमिक सिक्कीम सदा अटल रहोस भन्ने नारा लगाए जुन रातको निस्तब्धता पहाडवरिपरि ठोकिएर गुन्जि रहेको थियो,तर उनीहरूले स्वतन्त्रताको आसा छाडेका थिएनन। पाल्देन नाम्ग्याल सिक्किमका अन्तिम राजा भये।
सिक्कीम बिधानसभा पूर्ब भारतले सिक्कीमे राजा र जनतालाइ धोका दिएको थियो।भारतले चोग्याललाइ १५दिने भारत भ्रमणको नियंत्रणा दियो,राजाले त्यस्लाइ सद्भावको रूपमा बुझे।सेप्टेम्बरमा उनी नया दिल्लि पुग्दा उनलाइ प्रम इन्दिरा गान्धीले समेत भब्य स्वागत गरिन।हवाई अड्डामा सेनाका तीनै अंगका प्रमूखहरू ,सचिवहरू र दिल्लिका मेयर समेत उपस्थित थिए।पाहुनाहरूको स्वागतमा कुनै कसर बाकी राखेनन। चोग्याल खुशिले दिग्भ्रमित भये जस्तो देखियो। सिक्किमे राजाका रूपमा भारतले चोग्याललाइ भब्य ,नाटकीय र अपत्यारिलो स्वागत गरेको थियो।राजालाई सैनिक सलामी टक्र्याइयो।तर भारतले लेन्डूपबारे सनसनिपूर्ण समाचार प्रेसित ग¥यो कि उन्को ज्यानको खतरा देखाएर उस्को सुरक्षा कडा पारियो। १९७४मा बेलै नभइकन सिक्कीममा चुनाव गराइएको थियो। गार्डहरू जम्मा १३० जना थिए। भारतको अप्रत्यासित आक्रमणले सिक्कीमे राष्ट्रबादीहरू आहत भयेका थिए ।
सिक्कीममा भयेका हुलदंगा र आन्दोलनको आरोप चोग्याललाइ लगाइएको थियो। लेन्डूप,नर बहादुर खतिवडा, रामचन्द्र पौडेलहरू धोकेबाज देखिए किनभने आफ्नो हित, स्वार्थ र फाइदाका लागि देशै अर्कोलाइ बुझाउन सक्ने कुरा उनीहरूले देखायो। १९७५मा भयेको चुनाबमा ३२सीट मध्ये ३१सीट लेन्डूपको दलले जित्यो जस्ले सिक्कीम बिलयको बाताबरण तयार पार्यो।भारतीय सेनाले सिक्कीम बिलयको लागि गोप्य र गैरकानूनी ढंगले गरेको आक्रमणबाट साना र स्वतन्त्र देशहरूको सार्बभौमिकता र स्वतन्त्रता सजिलै समाप्त हुदो रहेछ भन्ने पाठ बुझ्न त्यति कठिन थिएन।
१९७५मा लेन्डूप सिक्कीमका मूख्यमंत्रि बने,तर उस्की श्रीमति एलिजाको प्रथम महिला हुने आसा मारेकी थिइनन।लेन्डूपले १४अप्रिल १९७५ मा गराएको “जनमत संग्रह“ले सिक्कीमको इच्छ्या र हित बिपरीत भारतमा बिलय गर्ने निर्णय गरियो।लेन्डूप दोर्जे २००७मा दार्जिलिंगमा मृत्यु हुदा कसैले पनि आशु झारेन,शोक सन्तप्त भयेनन र सहानुभूति देखाएनन।चोग्याल पाल्देन त्यस बंशका अन्तिम राजा हुन पुगे जब भारतीय संसदले सिक्किमलाइ भारतमा बिलय गराउने निर्णय गर्यो।सिक्कीममा घटेका घटनाहरूलाइ नेपालले गम्भीर रूपमा लिएको थियो र छ किनभने नेपाल जस्ता कंजोर राष्ट्र जुनसुकै बेला पनि शक्ति राष्ट्रको कोपभाजनमा पर्न सक्छन।नेपालका राजनीतिक दल र नेताहरू सत्ता बाहिर रहंदा बिदेशिको हस्तक्षेप देख्ने सत्तामा रहंदा बिदेशिको इशारामा चल्ने प्रबृति नै सिक्कीमिकरणको नमूना हुन सक्छ।
भारतले गरेको भब्य स्वागत र सम्मानलाइ नेपालका नेताहरू त्यस देशप्रति कृतज्ञ देखिन्छन,तर त्यस भित्रको षडयन्त्र र कुटिलता देख्दैनन या देखे पनि नेपाली नेताले बेवास्ता गर्दछन।भारतले सिक्किमका राजालाइ मानार्थ मेजर जनरल पदवी दिएको थियो,सम्मान गरेको पनि थियो,तर सिक्कीमे जनताले भारतको षडयन्त्र त्यसबेला थाहा पाए जब भारतले सिक्कीमलाइ भारतीय संघमा गाभ्यो।भारतीय भब्य स्वागतले सिक्कीमलाइ बिलय हुनबाट रोक्न सकेन।मे ज पदका चोग्याललाइ एउटा सानो पदको सेनाले उन्को फुलि निर्मम तरिकाले निकाल्यो।भुटान र नेपाल पनि भारतको निशानामा थिए।नेपाली नेताहरूले भारतीय सहयोगमा आन्दोलन गर्दा भारतप्रति कृतज्ञ भये परिणामतः मात्रृका प्रम हुदा भारतलाइ हिमालय क्षेत्रमा भारतीय सेना राख्न दिए र कोशी असमान सन्धी पनि गराइयो।किर्तीनीधि प्रम हुदा कालापानी बाहेकका १७सैनिक चेकपोस्ट हटाइ दिए।बीपी कोईराला प्रम हुदा भारतसंग असमान गण्डक संझौता गरे र उन्ले यो पनि भनेकि,“बास्तब्मा नेपाल भारत दुइ देश होइनन,के जातीय दृष्टिकोणले,के धार्मिक दृष्टिकोणले,के आर्थिक दृष्टिले सबै प्रकारले जुन भिन्नता देखिन्छ,त्यस्को मूलमा कुटनीति र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र हो।
नेपाललाइ शेष भारतबाट भिन्न घोषित गर्नमा केबल बृटिश साम्राज्यबादको मात्र लाभ छैन यस्तो हाम्रो देशका स्वेच्छ्याचारी शासकहरूको पनि ठूलो स्वार्थ सिद्ध हुन्छ।“कोइरालाको अर्को भनाइ पनि राष्ट्रहितको पक्षमा थिएन। उनको भनाइ यो छ कि,“नेपाल राष्ट्र नभयेर एक प्रशासनिक इकाइ हो“।के नेपाल एक स्वतन्त्र राष्ट्र होइन?यो बैदेशिक शक्तिको चाकरी बाहेक केही होइन।नेपालको भाषा,संस्कृति,संस्कार,र पहिचान हटाइयो भने त्यस्ता देशहरूलाइ नियंत्रण गर्न बिस्तारबादी र साम्राज्यबादी शक्ति सफल हुन्छन,नेपाली नेताहरूको यस्तो प्रबृत्तिले नेपाल सिक्कीमकरणमा जाने अबस्था हुन सक्छ।
ब्यक्तिगत फाइदा, प्रतिष्ठा , पद र पैसामा बिक्ने नेताहरूले नेपालका हरेक आन्दोलनमा भारतीय सहयोग र समर्थन लिने कामले आन्दोलन पछि भारतले नेपालबाट केही न केही फाइदा लिइ रहेका छ।२०४६्४७को आन्दोलनलाइ सहयोग गरेबापत भारतले महाकाली परियोजना पारित ग¥यो र नेपाली नेताले त्यस सन्धी गरेर धेरै अधिकार भारतलाइ दिए तर नेत्रृत्वले नेपालले १बर्षमा १ खरब २० अरब नेपाललाइ फाइदा हुने बताए।यो सन्धी राष्ट्रघाती थियो।तर प्रतेक १०बर्षमा पुनरबलोकन गर्न सक्ने प्राबधान भयेकोले कुनै एक पक्षले त्यस्लाइ स्वीकार नगरे अर्को समान सन्धी पनि गर्न सकिने प्राबधान भयेकोले अहिलेको बालेन सरकारले त्यस्लाइ रद्द गर्न वा नया संधी गर्न सक्छ,तर फेसबुकबाट त्यसको समस्या समाधान हुन सक्तैन।कुनै पनि देशले नागरिकता प्रदान गर्ने कुरामा समय सिमा तोकिएको हुन्छ जस्तै भूटानले १९५०संम जन्मेका मानिसहरूले मात्र नागरिकता पाउछन,तर नेपालले भने भातलाइ रिझाउन जनसाङ्खीक आक्रमणलाइ बल पुग्ने गरि २०४६,२०६२।६३,२०७२ मा नेपालमा बसेको वा जन्मेको बिदेशिलाइ मूलतः भारतीयलाइ नागरिकता दिने कामले नेपाललाइ सिक्कीमीकरण गर्न सजिलो हुन्छ।नेपालले दोहोरो नागरिकतालाइ मान्यता दिने काम पनि देशको अस्थिरतालाइ मलजल गर्दछ।बिबाह गरेर नेपाल आउनासाथ भारतीय छोरी र नेपाली बुहारीलाइ नागरिकता दिने काम पनि घातक हुन्छ जबकि नेपाली चेलि बिबाह गरि भारत जादा उन्ले भारतीय नागरिकता पाउन७बर्ष पर्खनु पर्छ।खुकुलो नागरिकता नेपाल जस्तो अबिकसित र कंजोर राष्ट्रको लागी तथा सार्बभौमिकतालाइ असर गर्ने गरी नागरिकता बितरण गरेर देशलाइ हामीले नै कंजोर बनाएका छौ।भारतलाइ नेपालको जुनसुकै जिल्ला वा ठाउहरूमा छुट दिनु एक प्रकारको हस्तक्षेप हो।
नेपालमा अहिले इन्डो अमेरिकन शक्तिको शासन छ।त्यस्कारण उनीहरूले बिश्वबैङ्क र एडिबीको अरबौ ऋण लिएर नब उदारबादी आर्थिक नीति अबलम्बन गरेका छन,आतरनिर्भर अर्थतन्त्रको कार्यक्रम नै देखिन्न। पहिलाका सरकारले लिएका ऋण वा अनुदानलाइ रबिहरूले आफ्नो कार्यकर्ता पोष्न लिएको भनेर अनर्गल प्रचार गरेका थिए।चीन वा रूसले दिने अनुदान वा ऋणप्रति नया सरकार बायस छ।यदी पूर्वाधार बिकासको लागि रूस र चीनले दिने अनुदान वा ऋण प्रति राश्वपा बायस हुने तर बिदेशि ऋण नलिइ हुदो रहेनछ भन्ने स्वर्णिम वाग्लेको दाबी छ,पुरानाले लिएको ऋण र अनुदानलाइ केबल मिनाहा पुजिको रूपमा स्विकार्ने कुराले बैदेशिक पूजि भित्रन सक्तैन।अब नेपाल ग्रे लिष्टबाट बिस्तारै कालो सूचिमा पर्दैछ।चिठी लेखेर राश्वपाले अन्तराष्ट्रिय समूदायलाइ अझ ३बर्ष ग्रेलिष्टमा राख्ने कुरा बताएका छन जस्ले नेपाल अन्तराष्ट्रीय रूपमा अस्विकृत हुन सक्छ।
सिद्धांत, बिचार, दृष्टिकोण, निष्ठा, इमान्दारीता र राष्ट्रियतालाइ बन्धक राखेर नेपालका नेत्रृत्वगणले देश र जनतालाइ धोका दिएका छन।एउटा भारतीय राजदूत सरासर राष्ट्रपति,प्रमको कोठामा बिना स्विकृति जानु नेपाललाइ हेप्नु हो।नेपालका नेताहरू, र बरिष्ठ कर्मचारीहरू एउटा मूख्य सचिब,आइजीपी,सेनापति बनाउन भारतीयको चाकरी गर्नु र राजदूतलाइ पहुच दिनुले नेपालको राज्ययन्त्रको स्थिति कस्तो रहेछ सजिलै बुझ्न सकिन्छ।
भारतको हात बलियो पार्न कानून मंत्रि सोभिता गौतमले भारतसंग सुपुर्दगि सन्धी गरेकी छन जुन कुनै पनि सरकारले सुपुर्दगि सन्धी गरेका थिएनन।नेपालले भारतीय मार्शल राख्न हवाइ अड्डामा मन्जुरीले पनि नेपालको राष्ट्रियता खतरामा छ। कुशासन, आर्थिक अपारदर्शिता, नाताबाद कृपाबादमा शक्तिको चरम दुरूपयोगले राष्ट्र र जनता बलिया हुदैनन र तर त्यस्को जिम्मा लिएर पदबाट हट्न पनि उनीहरू सक्तैनन।नेपाली नेताहरू पद, प्रतिष्ठा, पैसा भये नेपाल सिक्कीमीकरण भये पनि अपमान मान्दैनन, तर नेपालीसजनता भने राष्ट्रबादी छन। केहि समय अगाडि राश्वपाका स्वर्णिम वाग्ले,रबी लामीछानेले मुन्ड्रो डक्ट्रिनको हवाला दिएर रबीलाइ प्रम बनाइदिए भारतको आधिपत्य स्विकार्ने जुन कुरा गरे त्यो भारतीय कुनियत प्रति भक्तिभाव देखाउनु थियो,त्यो सत्ताको चरम आकाङ्क्षा थियो।
भारतले नेपालको कैयौ ठाउमा सिमा अतिक्रमण गरेको छ चान चुन ६२०००एकडभूमि छ,तर प्रम बालेन साहले उत्तेजनामा आएर नेपालले पनि भारतको जग्गा मिचेको भनेर नेपालको सिमा संबन्धी भारतसंग हुने छलफलमा नेपालको भूमिकालाइ खुम्च्याएका छन। त्यो मिचेको जग्गा कालापानी,लिपुलेक र लिम्तियाधुरा दाबी गरे के त्यो भूमि भारतलाइ फीर्ता दिने हो?एउटा देशको प्रमूखले भूगोल,इतिहास,संस्कृति र आफ्ना सिमाबारे जानकारी नराख्ने हो भने देशको सर्बोच्च पदमा बस्नु उपयूक्त हुदैन।भूमि अतिक्रमण गर्नु भनेको सेना वा सशस्त्र प्रहरीले बन्दूक देखाएर जमिन लिनु र त्याहा सैनिक क्याम्प राख्नु हो,जुन भारतले गरिरहेको छ।नेपालले भारतीय भूमिमा कहिकतै नेपाली प्रहरी र सेनाले भारतीय जमिन मिचेर क्याम्प बनाएको थाहा छैन।
पुराना नेताहरूले भन्न नसकेको कुरा नया शक्तिले त्यसो भन्नु पनि नया बिचार र नयापन पो हो कि?या भारतलाइ आफ्अनो पक्षमा राख्ने कुटिलता हो। नाताबाद कृपाबाद र भ्रष्टाचार र कुशासनको आरोप लगाउनेहरूनै त्यस्ता काममा देखिएका छन।संबैधानिक परिषदमा ३्३जना भये पनि प्रम भयेतिर बहुमत हुने निर्णयले गणितलाइ नै नया रूप दिइएको छ,आफ्नो प्रयाप्त बहुमत हुदा हुदै राश्वपाले अध्यादेशबाट शासन चलाउन खोज्नु आफूले आफैलाइ बिश्वास नगर्नु हो।ठूला देशहरूले कैयौ देशका जमिन लुटेका छन,अतिक्रमण गरेका छन तर त्यस्लाइ उनीहरूले भूमि नियंत्रण गरियो भनेका छैनन।भारतीय हस्तक्षेपको बिरोध गर्ने युवाहरूलाइ जेलमा गयेर सुदन गुरूङ्ले भारतको बिरोध गरे राम्रो हुन्न भनेर थर्काउनु लोकतांत्रिक पद्दति होइन।
प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाइ नियुक्ति गर्ना साथ रबी, छबी र जीबी समेतको संपतिसुद्धिकरण र संगठित अपराधको मुद्दा सबै फीर्ता लिइनुले पक्षपातपूर्ण ब्यबहार भयेको देखिन्छ र बास्तबिक रूपमा त्यस्ले बिश्वको ध्यानाकर्षण गर्दछ ,नेपालका धेरै जसो दलहरूमा र अ र सीआइएको एजेन्टहरूले काम गरिरहेका छन।नेपालको कर्मचारीतन्त्र, सेना, प्रहरी र नेताहरू सबै जसो अमेरिकाको भिषा र पासपोर्ट लिएर बसेकाले उनीहरूको लगाब इन्डो अमेरिकन धुरीसंग घनिष्ठता छ।पुरानाहरूको भ्रष्टाचार ,घूषकाण्डको जाचबुझ गर्ने नाममा नियतबस संबन्धित ब्यक्तिहरूलाइ दुख दिने काम गरिएको छ।सुकुम्बासीलाइ बसोबासबाट बन्चित गरिएको छ।उनीहरूलाइ अहिले नै होल्डिङ सेन्टर छाड्न हुकुम जारी गरिएको छ,उनीहरू अलपत्र हुने अबस्थामा छन।दरबार हत्या काण्ड,गारिबन्धु टी प्रकरण,ललिता निबास काण्ड आदिको जाचबुझ गर्नु राम्रो कुरा हो तर प्रमाणहरू पु¥याउन सकिएन भने अदालतले सरकारको पक्षमा निर्णय नदिय बालेन सरकारले पुरानाका न्यायाधीशहरूले न्याय दिएनन भन्न सक्छन।ती बिभिन्न काण्डहरू देखाएर जनमतलाइ एकातिर मोड्ने रणनीति हुन सक्छ।
मानब अधिकारबादी आयोगले डामेका सुदन गुरूङलाइ पुनः गृहमंत्रिमा नियुक्ति गर्नुमा कतै इन्डो अमेरिकन शक्तिको योजना हुन सक्छ किनभने २३ र २४भाद्रमा मौन तरिकाले सेना बसेको र ऐतिहासिक धरोहर जलाउदा पनि सेना निष्क्रिय भयेर बस्नुले संका गर्ने प्रशस्त ठाउ छ।जान्नेलाइ छान्ने राश्वपाका कर्तुतहरू बिस्तारै जनताले बुझ्दैछन।बालेन सरकारले सबै काण्डहरूको अनुसंधान गरी दोषीलाइ कारबाहि गर्ने कुरा गरेको छ बिशेषता यो छकि बर्तमान प्रम र मंत्रिहरू,सेनापति र अन्य सुरक्षा निकायहरू, न्यायाधिसहरू,पूर्ब राष्ट्रपति उपराष्ट्रपतिहरू पूर्ब प्रमहरू अनुसंधानको दायरामा पर्दैनन,तर मूख्य सचिब देखि लिएर वार्ड अध्यक्षसंम अनुसंधानको घेरामा पर्छन। यस्ले सबै समान छन तर अरू भन्दा राश्वपाहरू झन समान छन भन्ने देखाउछ।
पुरानालाइ बदमासी र खुसखोरी र भ्रष्टाचारको छानबीन गर्न हिचकिचाउनु हुदैन तर संबैधानिक अंगहरूलाइ भयभित बनाएर होइन। जगदीस खरेलको स्मार्ट टेलिकम काण्डको ३०अरब काण्ड जाचबुझ गर्न पर्दैन? भारतले रबीलाइ भब्य स्वागत गरेकोमा राश्वपाहरू अति खुशि छन तर सिक्कीम निल्नु भन्दाअगाडि भारतले चोग्याललाइ ठूलो सम्मान गरेको थियो,तर त्यस्ले सिक्कीमलाइ बचाउन सकेन।त्यसरी नै नेपाली सेनापतिलाइ भारतले मानार्थ सेनापति दिदैमा नेपालको स्थिति सिक्कीम हुन सक्तैन भन्न सकिन्न। रबिलाइ धुमधाम संग भारतले गरेको स्वागतले नेपालमा भारतले धेरै दल र नेताहरूलाइ आबश्यकता अनुसार एजेन्टहरू परिबर्तन गर्छ भन्ने देखाउछ र तिनीहरू मार्फत आफ्ना उद्देश्यहरू पुरा गर्छ।। सेनाले भाद्र २३ र २४मा आन्दोलनकारीलाइ नियंत्रण नगर्नु र चुनाबमा अप्रत्यासित नतिजा आउनु कतै सेनाले बालेन मार्फत“नरम तरिकाले सत्ता कब्जा“गरेको त होइन?नक्कलि रूपमा राष्ट्रभक्ति देखाउनु,ग्रेटर नेपालको चित्र टासेर लोकप्रिय हुन खोज्नु बालेनहरूको स्वाङ मात्र हो।सत्ता र शक्तिको लागि नेपाली नेताहरू लेन्डूप दोर्जे को भूमिका खेल्न सक्छन।
सहकारी पीडितको रकम पनि अलपत्र पर्छ कि भन्ने भय छ,उनीहरूको रकम सरकारी ढुकुटिबाट भूक्तानी दिन पाइदैन। सहयोगार्थ आएका रकमहरू रबीको श्रीमतिको नाममा जम्मा भयेको देखिन्छ।स्वर्णिम अर्थ मंत्रि भयेर जनताका आबश्यकता पूरा गरानु भन्दा स्वास्थ्य,शिक्षा र बिजुलीमा कर लगाउनुले उन्को कद घटाएको छ,बीवाइडि गाडीहरू रातारात भित्याउनु र करमा गडबढ गर्दा २अरबको डिलिङ भयेको आरोपलाइ जाचबुझ गर्न पर्दैन? सुकूमबासीलाइ होल्डिंग सेन्टरमा राखेर हिटलरले आफ्ना बिरोधीलाइ ग्यास चेम्बरमा राखेर मारेको जस्तो देखियो।भाद्र २३र२४को बिध्वंशले देशलाइ गम्भीर संकटमा पारेको छ किनभने सुरक्षा निकायले चुपचाप ऐतिहासिक धरोहर तोड फोड र आग्जनिलाइ बेवास्ता गर्यो।यदि पुरानाले गरेका खराब कामहरू घुषखोरी र तस्करीको बारेमा आयोग बनाएर अपराध सिद्ध भये उनीहरूमाथि कडा कारबाही गरिनु पर्छ,तर राश्वपाका नेताहरूलाइ मानब अधिकारबादी आयोगबाट आरोपीतहरूलाइ कारबाही हुन्छ कि हुदैन हेर्न बाकी छ।राश्वपाले सबैभन्दा पहिला आफूबाट जाचबुझ गरेर अपराधी भये कानूनि कारबाही गरिनु पर्छ। आफ्ना आरोपीतहरूलाई राश्वपाले कारबाही गर्छ कि गर्दैन,त्यसैले उस्को सुशानको अनुभब गर्न सकिन्छ।संबैधानिक अंगका मानिसहरू र उनीहरूको निशानामा परेका कर्मचारीहरू राश्वपाको गतिबिधिबाट त्रसित छन् ।
बेला न कुबेला करिब दश हजार कर्मचारीलाइ बिदा दियेर नया ल्याउदा राष्लाइ ठूलो आर्थिक र अनुभबको घाटा हुन्छ।दश हजारलाइ पेन्सन देउ र नयालाइ तलव देउ गर्दा त्यस्को असर के पर्ला?तर सबै गतिबिधिहरू नेपाललाइ पराधीन राष्ट्र बनाउने ठूलो कोशिस भयेकोले नेपाली जनताले देशघाती हरूलाइ समयमै चिन्नु पर्छ।भारत अहिले नेपाललाइ सिक्कीमीकरण गर्ने पक्षमा लागेकोले जनताहरू सचेत हुनु आबश्यक छ। यसरी नेपालको राजनीतिक,भौगोलिक ,सांस्कृतिक र खुला सिमाको कारण नेपालमा बैदेशिक शक्तिको आन्तरिक र बाह्य हस्तक्षेपले नेपालको सार्बभौमिकता र स्वतन्त्रता खतरामा परेको छ । अमेरिकि युथ काउन्सिल,बारबारफाउन्डेशन र एनजिओ आइएनजिओको गतिबिधिले नेपाल बैदेशिक आक्रमणोमको खुला चुनौति ब्यहर्नु परेको छ।भूराजनीतिक प्रभावलाइ कम गर्न सरकारले भारत र चीनलाइ संतुलनमा राख्नु आबश्यक छ।समुद्रपारको पश्चिमा शक्तिहरूको उद्देश्य दलाइ लामाको जन्म नेपालबाट गराउने र यहीबाट टीओबी मार्फत चीन बिरोधी आन्दोलन चलाउने रहेको छ।त्यस्कारण यूएस आइढी, एनजिओ, आइएनजीओ र अमेरिकी युथ काउन्सिललाइ निग्रानीमा राख्नु पर्छ।भारतीय र अ र सीआइबीको खेल र सीआइएको खेललाइ अनुगमन नगर्ने हो भने बिदेशि मन भयेका नेपालीहरूले नै नेपाललाइ“सिक्कीमी करणको “स्थितिमा पुर्याउने छन।
त्यसैले नेत्रृत्वबर्ग प्रायः देशभन्दा सत्तामोहमा फस्ने हुनाले देशभक्त र सच्चा राष्ट्रबादी नेपाली जनताहरू एक भयेर उनीरूको प्रतिकार गर्नुको बिकल्प छैन। सामन्तबादी र बिस्तारबादी शक्तिहरू जुन देशलाइ तहस नहस गर्नु छ त्यही देशका भाडाका एजेन्टहरू प्रयोग गर्छन जस्लइ हामी“पञ्चम बाहिनी भन्दछौ“।त्यो बहिनीलाइ मुलोच्छेदन नगरि देशको सार्वभौमिकता र स्वतन्त्रतालाइ संरक्षण गर्न सकिन्न जस्लेगर्दा नेपाल दोस्रो सिक्कीम हुन सक्छ।३हजार६सय माइलमा फैलिएको सिक्कीम एउटा स्वतन्त्र र सार्वभौम अधिराज्य थियो ।यस्को इतिहास खोज्दा १३औ शताब्दीसंम पुग्नु पर्छ।सिक्कीम भूटान र नेपालजस्ता आफूभन्दा बलिया हिमाली अधिराज्यको बिचमा सुन्दर,शान्त र सौम्य भयेर आफ्नो अस्तित्व कायम गरेको थियो जुन मुलुक बंगालको उत्तरमा अबस्थित छ।यस्को उत्तर पश्चिममा भारतीय प्रान्तहरू छन।
हिमाली पर्बत श्रृङ्खलाको पहाडी मैदान संम यो राज्य फैलिएको छ।समुद्र सतहबाट १२हजार फीटको उचाइमा रहेको त्यो मुलुकमा केही घुमन्तेहरू तिब्बतबाट आइ बसोबास सुरू गरेका थिए।तिनीहरूले आफ्नो मुलुकको नाम “सुखिम“ राखे जस्को अर्थ “आनन्द भूमि“ हुन्छ किनभने यो देश सुगम नेपाल र दूर्गम भूटान बीचको पर्बत श्रृङ्खला को काखमा रहेको निर्जन उपत्यका थियो।त्यस भूमिमाथि आक्रमण हुदा र भूमि लुटिदै जादा त्यो सागुरिएर जम्मा २८१८ बर्ग माइलमा सिमित रहन गयो।
उपत्यकाबाट २२माइल पर रूम्स्टेक मठबाट हेर्दा त्यो पुरा पर्बत निहुरिएको हात्तिको आकार जस्तो देखिन्थ्यो जस्को शीरमा सिक्कीम दरबार सुन्दर र आकर्षक देखिन्थ्यो।हिमाली पर्बत श्रृङ्खलाको पहाडि मैदान संम यो राज्य फैलिएको छ।हाल नेपाल,भूटान र तिब्बतमा परेका भूमिहरू पहिला सिक्कीम कै थिए।सिक्कीमको राष्ट्रियताको प्रतिक निलो,सेतो र पहेलो रङ्ग भयेको राष्ट्रिय झण्डा जुन पबित्रताको प्रतिक सेतो ,सदाचारको प्रतिक पहेलो रङ्गको ८वटा करङ भयेको चक्र दरबारको माझमा थियो।त्यही पबित्र झण्डा शितल हावामा फहराइ रहेको थियो।त्याहाबाट दरवार वरिपरीको पहरा ,सेतो हिमाल र हरियाली जंगल मनोरम दृश्य राम्रोसंग अबलोकन गर्न सकिन्थ्यो।१८हजार फीट भन्दा माथिको उचाइमा अग्लो ,भिरालो र खतरनाक डोडरथलामा जहा जंगली याक पनि जाडाले कठाङ्ग्रिन्छ लाचुक उपत्यकाको अगाडि पर्छन, हजारौ संख्याका काला याकहरूका उपस्थितिले त्यो उपत्यकामा गाढा कालो रङ्को चित्र देख्न सकिन्थ्यो। ती जङ्गलहरूमा गृष्म ऋतुमा लालुपाते,गुरास,पिपुला र एप्पल सुलुजुम मात्र देखिन्थ्यो।उत्तरमा हिमालय श्रृङ्खलापारी तिब्बत देख्न सकिन्थ्यो भने सिक्कीमको पश्चिमपट्टी मनोरम नेपाल जहाबाट टिष्टा नदी अबिरल बगि रहन्छ त्यस्ले सिक्कीमलाइ एउटा स्वर्गिय र सुरम्य मुलुकको रूपमा प्रस्तुत ग¥यो ।
सिक्कीमबारे १८९४मा एच एच रिजले सिक्कीम त एशियाको बेल्जियम हुनु पर्ने भाबना ब्यक्त गरे।तर त्यो सुन्दर,आकर्षक र सार्बभौमिक देशलाइ निर्ममता पूर्बक भारतले१९७४मा सैनिक हमला ग¥या्े र जनमत संग्रहको नाटक गरेर१९७५मा चोग्याल र सिक्कीमे राष्ट्रबादीको इच्छा बिपरित भारतीय संसदले सिक्किमलाइ भारतमा बिलय गराउने गैर संबैधानिक निर्णय गर्यो किनभने संरक्षित राज्यको आन्तरिक निर्णयको अधिकारलाइ कुण्ठित गर्न सकिन्थेन।त्यस्कारण बृटिश भारतको संरक्षित राज्य हुदा पनि बेलायतले परराष्ट्र नीति बाहेक सबै अधिकार सिक्कीमलाइ सुरक्षित गरेको थियो।सिक्कीमलाइ अन्तरमुख राज्य गराउन भारत स्वतन्त्र भयेदेखि नै कोशिस गरेको थियो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS