शम्भुबहादुर अधिकारी
दर्शनशास्त्र एक प्राचीन बिज्ञान हो।सुरूका दिनहरूमा हरेक बिज्ञानहरू दर्शनशास्त्र अन्तरगत राखिएका थिए।पछिल्ला दिनहरूमा दर्शनलाइ बिभिन्न बिधाहरूमा बिभाजन गरियो किनभने आउने पुस्ताले त्यस्लाइ बिर्षदै गए।तत्कालीन अबस्थामा बैज्ञानिक ज्ञान कम बिकसित र प्रारंभिक चरणमा थियो।मानव ज्ञानको बिकास संग अलग अलग बिज्ञानको बिकास भयो जस्तै प्राकृतिक बिज्ञान,गणित, भौतिक बिज्ञान,खगोलविज्ञान,रसायन बिज्ञान, भूबिज्ञान,जीब बिज्ञान,चिकित्सा बिज्ञान आदि।अन्त्यमा समाज र मानब संग संबन्धित बिज्ञानको बिकास भयोस्मनोवैज्ञानिक,अर्थशास्त्र,इतिहास,समाजशास्त्र आदि।मानवजाती यस पृथ्वीको जीब भयेकोले उस्ले पृथ्वीलाइ केन्द्र मानेर सुर्यले पृथ्वी घुम्छ भन्ने अनुमान गर्यो।तर निकोलस कोपर्निकसले सुर्यलाइ केन्द्र मानेर के भने भने पृथवी र अन्य ग्रहरूले सुर्यको परिक्रमा गर्दछ भन्ने बैज्ञानिक खोज पत्ता लगाए।कालांतरमा पृथ्वी सौर्यमण्डलको एक कण मानियो र स्वयं सौर्यमण्डल ,तारापुञ्ज आदि पदार्थको एककण मात्र मानियो जस्लाइ हामी आकासगंगा भन्दछौ।परमाणु प्रथमिक कणहरूबाट बन्दछ जस्बाट अणुको रचना हुन्छ।खगोलीय पिण्डहरू पनि एक अर्कासंग गासिएका हुन्छन।बनस्पति र प्राणीहरूले जातीहरू,बर्गहरू र बंशहरूको रचना गर्दछ।सुर्य पृथ्वीसंग र आकासगंगा तारापुञ्जसंग जोडिएको हुन्छ।यसरी संसारको बिषयमा अध्ययन गर्दा यस्का अन्तर संबन्ध ,अन्तर संघर्ष, एकता र परिबर्तन सहित हेर्नु पर्छ।
दर्शन भनेको असिमितताको हरेक बस्तुमा ुस्रोतहरू र कारण हरूकोु ज्ञान प्राप्त गर्न निरन्तर खोजि गर्ने र प्राप्त नया चीजमाथि संका गर्ने मानबीय प्रयासलाइ मूर्त रूप दिने दृष्टिकोण हो। प्लेटोले दर्शनको स्रोत आश्चर्य र जिज्ञासा भनेका छन।अरस्तुका अनुसार,ूकेबल दर्शन मात्र सबै बिज्ञानहरूबाट स्वतन्त्र छ किनभने यो स्वयं आफ्नो लागि अस्तित्वमा छ।ूकेही दार्शनिकहरूले दर्शनलाइ धर्मबाट अबिभाज्य मानेका छन। केहीको बिचारमा धार्मिक बिस्वासहरूको राम्रो ज्ञानको लागि दर्शन सहायक हुन्छ किनकि यो सन्देशहरू र तर्कमा आधारित छ।दर्शनशास्त्रले भौतिक र अध्यात्मिक घटना परिघटनाको संश्लेषण गर्दछ।भौतिक बस्तु वा पदार्थ मानिसको चेतना भन्दा बाहिर स्वतन्त्र हुन्छ।भौतिक बस्तुहरूमा पृथ्वीका बस्तुहरू र ब्रह्माण्डका असंख्य पीण्डहरू,तारापुञ्जहरू र सौर्यमण्डलहरू हुन्छन।त्यस्मा भीमकाय बस्तु देखि ससाना कणहरू९परमाणु०,जैविक र अजैबिक बस्तुहरू स्वतन्त्र रूपमा अस्तित्वमा हुन्छन।दर्शनका प्रतिपादकहरूको बिस्वास यो छ कि मानिसले खोजमा प्रकृति तथा अन्य जनसमुदाय वा जीवित जगतसंग आफ्नो एकतालाइ गुमाएको हुन्छ। दर्शनशास्त्रले चिन्तन र अस्तित्व,मन र शरीरको बीचको आधारभूत प्रश्नको खोजि गर्दछ। पदार्थलाइ मूल तत्व र चेतना वा बिचार पदार्थबाट उत्पन्न भयेको उच्चतम रूप हो भन्ने दार्शनिकहरू भौतिकबादी वा पदार्थबादी हुन।पदार्थ शाश्वत र त्यस्को सृष्टि गर्न सकिन्न र त्यस्को बिकास गर्न पनि सकिन्न।बस्तुगत अध्यात्मबादीहरू ९ब्यक्तिबाट बाहिर अस्तित्वमा रहेको०कुनै बस्तुगत चेतनाले जगतको सृष्टि गर्दछ भन्ने मान्दछ।भौतिकबादीहरूले जगत बोधगम्य वा ज्ञेय छ भन्ने मान्दछ,तर अध्यात्मबादले संसार बोधगम्य छैन भन्छ र अज्ञेयबादको सिकार बन्दछ। भौतिकबादले जगतको बिषयमा मानिसहरूको ज्ञान प्रामाणिक हुन्छ भन्ने मान्दछ।अध्यात्मबादीहरू अज्ञेयबादी हुन्छन र अदृश्य ,अलौकिक शक्तिमाथि बिस्वास गर्दछन।बस्तुगत संसारलाइ उनीहरू माया वा भ्रम ठान्दछन भने आत्मा वा चेतनालाइ बास्तबिक र सत्य मान्दछन,उनीहरू परमतत्वमा बिस्वास गर्दछन।भौतिकबादीहरू पदार्थमा हुने गति,अस्तित्व र परिबर्तनलाइ मूल तत्व मान्दछन र मानवीय चेतना,बिचार र दृष्टिकोणलाइ भौतिकतत्वको मनोगत प्रतिबिम्ब मान्दछन।द्वन्द्वात्मक भौतिकबादी दर्शनले के मान्दछ भने पदार्थमा हुने परिबर्तन,गति र रूपान्तरण आन्तरिक द्वन्द्वका कारण हुन्छ भन्ने मान्दछ,तर अध्यात्मबादीहरूले संसार र मानवीय जीबन कुनै अदृश्य अलौकिक व् परमतत्वका कारण उत्पन्न भयेको मान्दछ।द्वन्द्वात्मक भौतिकबादी दर्शनको सारतत्व भनेको दार्शनिक रूपले पदार्थ र चेतना,प्रकृति र जीबनको बीचको संबन्ध खुट्याउनु हो,अध्यात्म निर्धारक हो कि भौतिक त्तव निर्धारक तत्व हो भन्ने बिषयहरूमा प्राचीन काल देखि नै बादबिबाद हुदै आएको छ। भौतिकबादको लागी पदार्थ प्रमूख र चिन्तन दोस्रो हो भने अध्यात्मबादको लागि चिन्तन,बिचार वा आत्मा प्रथम र पदार्थ द्वितीय हो,उनीहरू अनुसार बिश्व संचालक कुनै परमतत्व छ जस्लाइ भौतिकबादीहरू अबैग्यानिक ठान्दछन।कुनै यन्त्रलाइ संचालन गर्न बाहिरी शक्तिको आबश्यक ठान्ने दार्शनिकहरू यान्त्रिक भौतिकबादी हुन।द्वन्द्वबादले प्रकृति ,समाज र ज्ञान बिकासका अति सामान्य नियमहरूको ब्याख्या गर्दछ।द्वन्द्वबाद अधिभूतबादी दर्शनको बिपरीत दर्शन हो ।द्वन्द्वात्मक भौतिकबादले अस्तित्व र चेतना ,तिनीहरूको अन्तरसंबन्धहरू,अन्तरबिरोधहरू,गति ,
परिबर्तन र बिकासका सामान्य नियमहरूको अध्ययन गर्दछ।
कुनै बिषयमा गहिरो ज्ञान र बोध हुनुलाइ प्रज्ञा भनिन्छ।गेटेको भन्इम् प्रज्ञा केबल सत्यमा नीहित हुन्छ जुन उन्का अनुसर
दुइ प्रकारका हुन्छनसपरिपूर्ण ज्ञान र परिपूर्ण कार्य हो। त्यस्कारण प्रज्ञाको मूख्य लक्षण ज्ञान र ब्यबहारका बीचको एकता हो। द्वन्द्वात्मक भौतिकबाद बैज्ञानिक दर्शन भयेकोले यस्को संबन्ध,प्रकृति र सामाजिक जीबनका समस्याहरूको बिषयमा सही समाधानको खोजी गर्दछ।द्वन्द्वात्मक भौतिकबादी धारणामा अन्तरबिरोधका नियमहरं,बिपरीतताको एकता र संघर्षको नियम,मात्रा गुणमा फेरिने नियम र निषेधको निषेधको नियमहरू हुन।मार्क्स र ऐङ्गेल्सले फाएरबाखको सुसंगत भौतिकबाद र हेगेलको आदर्शबादी बिचारलाइ फालेर द्वन्द्वात्मक नियमलाइ मिलाइ द्वन्द्वात्मक भौतिकबादको निर्माण गरूनु भयेको हो।द्वन्द्वात्मक भौतिकबाद पदार्थ संम मात्र सिमित नरहेर त्यो समाज बिकासको इतिहास संम पनि बिस्तार हौने हुनाले यस्लाइ द्वन्द्वात्मक ऐतिहासिक भौतिकबाद नामाकरण गरीएको हो।यस दर्शनले श्रमिक बर्ग र यस्का राजनीतिक दलहरूको बिश्व दृष्टिकोणको आधारभूत तत्वलाइ मूर्त रूप दिन्छ।भौतिकबादी दृष्टिकोणले हेर्दा आफ्नो बिबिधता सहित यो बिश्व एउटा अबिभक्त समग्रता मात्र होइन,यो काल र स्थानमा न त अन्त्य हुन्छ न आदी नै।बनस्पति जगत र प्राणी जगतको जन्म हुनु भन्दा अरबौ बर्ष अगाडि देखि नै यो भौतिक जगत निर्माण भइ सकेको थियो।डेमोक्राइटिस अनुसार आदी पदार्थ नै सार हो जस्लाइ दिमागले ग्रहण गर्दछ।थेलिजले पानीलाइ आदी पदार्थ माने भने एलिक्सामेन्जरले अग्निलाइ माने।यसरी प्राचीन बैज्ञानिकहरूले ४पदार्थबाट संसारको सृस्टि भयेको माने जस्तैअग्नि ,बायु,जल र पृथ्वी आदि।प्राचीन भौतिकबादी दार्शनिकहरूले ठोस बस्तुको समग्र असिमिततामा बिबिधताको लागि आधारको रूपमा प्रयोग गरीयो।जुन दार्शनिकहरूले पदार्थ र चेतना दुबैलाइ प्रमूख मान्दछ तिनीहरू द्वैतबादी हुन भने चेतना वा पदार्थ मध्ये कौनै एकलाइ मात्र प्रमूख तत्व मान्ने दार्शनिकहरू अद्वैतबादी हुन।द्वन्द्वबादले प्रगतिशील बिकासको कुरा गर्छ।जंन सर्पिल गतिमा अगाडि बढ्छ।यो माथितिर सरल रेखामा होइन सर्पिल र बकूर रेखामा हौने बिकास हो।यो बारबार पुनराबृत्ति भइ रहन्छ,यस्को उदाहरण जैबिक र अजैबिक मानब इतिहासबाट दिन सकिन्छ।
ज्ञानको सिद्धांतको पहिलो आधारभूत दृ लेनिनका अनुसार जीबनको दृष्टिकोण हो।ब्यबहार बिना ज्ञान असंभब छ।त्यस्कारण एउटा कम्युनिस्टले सिद्धांत र ब्यबहारलाइ एकरूपता दिने तथा शीपलाइ स्रमसंग जोड्नु अति आवश्यक छ।द्वन्द्वात्मक भौतिकबादका तीन।महान।खोज गरीएका छनस्जीबित बस्तुहरूको शाङ्किय रचना,उर्जाको अबिभाजिता तथा रूपांतरणको नियम र बिकासको क्रमको सिद्धांत आदि।समाज बिकासमा द्वन्द्वबादका आधारभूत नियमहरूलाइ पालना गरेर मात्र समाजमा रूपांतरण,परिबर्तन र बिकास गर्न सकिन्छ।समाजमा बिभिन्न ब्यक्ति,समूह,बर्ग वा राजनीतिक दलहरू बीचको अन्तरबिरोधहरू रहन्छन,त्यस्लाइठिक ढंगले। संचालन गर्न सकिएन भने जनताका आबस्यकताहरू पूरा गर्न सकिदैन।समाज परिबर्तनका लागि सबैभन्दा पहिले हामीले अन्तरबिरोधका नियमहरू जस्तै प्रमूख र गौण अन्तरबिरोध,शत्रु र मित्रको फहिचान,शक्ति संतुलनको लेखा जोखा,सही नेत्रृत्वको बिकास गर्न सक्नु पर्छ।एउटा दृढ र सही कम्युनिस्ट हुन जटिल प्रकूरिया पार गर्नु पर्छ र त्यो नेत्रृत्व सरल,इमान्दार,अनुशासित,कर्तब्यनिष्ठ र जन संपर्कमा हुनु पर्छ।बैस्वीक स्तरमा।द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादलाइ मार्क्सवादीहरूले सामाजिक ,राजनीतिक,सांस्कृतिक र आर्थिक क्षेत्रमा प्रयोग गरेर जनताको शासन सत्ता कायम गर्नु पर्छ।मार्क्सवादी दर्शनले मानबीय शोषण,उत्पीडन,पराधिनताका बिरूद्ध संगठित रूपले सिद्धांत र बिचारलाइ प्रयोग गरेर सामाजिक क्रान्ति गर्दछन।सामाजिक क्रान्ति भनेको पूर्णतः आमूल परिबर्तन हो,एउटा ब्यबस्थालाइ उन्मूलन गरेर जनताको ब्यबस्था कायम गर्नु हो।सिद्धांतलाइ ब्यबहारमा प्रयोग गरे पछि त्यो भौतिक शक्ति बन्छ। नोभेम्बर१९१७मा रूसमा पूजिबादी जनबादी क्रान्ति भयेपनि सत्ता जनताको हातमा आएन।त्यस्कारण लेनिनले १९१७अक्टोबरमा समाजबादी क्रान्ति संपन्न गरे।पूर्बी युरोपमा समाजबादी राज्यहरू स्थापित भये र चीन,कोरीया,क्यूबा ,भीयतनाममा जनबादी क्रान्ति संपन्न भये।बिश्व दुइ ध्रुबमा बिभाजित भयो।मार्क्सवादी सिद्धांतका आधारमा संगठन निर्माण गर्दै बिचार, सिद्धांत,दृष्टिकोण र राजनीतिलाइ राम्रोसंग उपयोग नगर्दा सफल क्रान्तिहरू प्रतिक्रान्तिमा परिणत।भयेका छन।आजको परिस्थितिमा कम्युनिस्ट आन्दोलन रक्षात्मक बनूदै गयेको छ।रूसी समाजबादी क्रान्ति र चिनिया जनबादी क्रान्तिबाट आकर्षित भयेर नेपालमा पनि सामन्तबादका बिरूद्ध संघर्ष गरी जनबादी ब्यबस्था स्थापना गर्न नेकपा गठन २००६साल बैशाख १०गते गठन गरिएको थियो।गठन संगै अन्तरबिरोध पनि देखा पर्यो।सशस्त्र संघर्षको तयारी गर्नुको बदलामा पार्टीले संबैधानिक आन्दोलन गर्दै गयो।२००६देखि २०१५ संम सामान्य जन आंदोलन,कृषि आन्दोलन र बिद्यार्थी,महिला,युवा,मजदूर किसान संघहरू निर्माण भये।संसदको चुनाबमा जम्मा ४सीट जित्यो।तत्कालीन राजा महेन्द्रले २०१७सालमा कु गरी संसदीय ब्यबस्था र दलहरूमाथि प्रतिबन्ध लगाए पछि केही नेताहरू जेल परे भने केही नेताहरू भारत प्रबासमा गये।निर्दलीय पंचायती ब्यबस्था लागु गरीयो।तर युवाहरू सशस्त्र संघर्षप्रति आकर्षित भयेकोले झापाली युवाहरूले २०२८सालमा सशस्त्र संघर्ष सुरू गरे।आबेग र उत्तेजनाबाट प्रभाबित भयेको झापा बिद्रोह २०३०सालमा शान्तिपूर्ण आन्दोलनमा लाग्यो।२०४६मा बाममोर्चा(काङ्ग्रेसको गठबन्धनले शान्तिपूर्ण आन्दोलन गर्यो।भारतलाइ नेपालमाथि नाकाबन्दि गर्न आन्दोलनकारीले नै आमंत्रित गरे।भारतीय प्रतिनिधीले आन्दोलनको बेला यदी नेपालले परराष्ट्र,सुरक्षा र जलस्रोतमा भारतको अग्राधिकार दिए नेपालको जन तुहाइ दिने भारतको प्रस्ताब आयो,तर तत्कालीन राजा बीरेन्द्रले भारतसंग झुकूनु भन्दा नेपाली जनतासंग झुकेर उनले संसदीय ब्यबस्थाको स्थापना र संबैधानिक राजतन्त्र घोषणा गरी दिए।त्यसैको परिणाम बिरेन्द्रको बंशनास भयेको अनौमान गरेन सकि।तर असंतुष्ट समूह मूखूय गरेर नेकपा माओबादीले२०५२फागुन १बाट सशस्त्र संघर्ष सुरू गर्यो।गासबास कपासको ग्यारेन्टी र जनबादी।ब्यबस्थाका लागि हजारौ सपूतहरूले आत्मोसर्ग गरे।नेत्रृत्व भारतमा सही सलामत थियो भने क्रानूतिकारीहरू युद मैदानमा नै थिए।तर शक्ति संतुलन अनुकूल नभयेकोले दिल्लिमा भारतको रोहबरमा सातदल।माओबादी बीच १२बुदे सहमति अनुसर
नेपालमा ०६२्र६३मा जन भयो।ज्ञानेन्द्रले सत्ता जनताआ सुम्पिए,संबिधान सभाको पहालो बैठकले राजतन्त्रको अन्त्य गरी सःघीय गणतन्त्रको घोषणा भयो।चुनाबमा माओबादीले राम्रो प्रदर्शन गरेपनि उनीहरूमा चुलिएको दम्भ,घमण्ड,उत्ताउलोपनले माओबादी रक्षात्मक हुदै गयो।केही प्रगतिशील मागहरं पुरा भयेपनि जनताको सत्ता स्थापित हुन सकेन।त्यो शासकीय संरचना जस्ताको तस्तै राखेर आमूल परिवर्तन हून सक्तैनथ्यो त्यस्कारण एमाले माओबादी बीच एकता भै नेकपा गठन।भयो,तर आन्तरिक संघर्ष चर्केल गयो।एक समूहले अर्को समंहलाइ कारबाहीको डण्डा चलायो।नेता कार्यकर्ता असहिष्णु देखिए।बिबाद सर्वोच्च पुग्यो,तर सर्वोच्चले नमागेको फैसला गरि पार्टी बिभाजन गराइ पुनः एमाले र माओबादी नै कायम भयो,कतै यो फैसला पनि नियोजित त थिएन आसंका गर्ने प्रशस्त ठाउ छ। लामो समयसंमको ३दलीय सिन्डिकेटले जनतामा बितृष्णा पैदा भइ रहेको थियो।बैदेशिक शक्तिहरू मूलतः इन्डो अमेरिकन शक्ति नेपालको पुराना दल र नेतालाइ जनताबाट अलगथलग गर्न
निर्णयमा पुगेको देखिन्छ।आइ आर आइ बारबारफाउन्डेशन,अमेरिकी युथ क्लब सीआइए र र अको संयुक्त योजनामा भाद्र२३र २४मा नेपालमा जेन्जि बिद्रोह गराइयो।त्यो आन्दोलन भ्रष्टाचार र सामाजिक संजालको प्रतिबन्ध हटाउने संम थियो।जब भिड जम्मा भयो नचिनिएका मानिसहरू, टीओबीहरू,सुशिला कार्की र गौरी बहादुरहरू र उग्र युवाहरुले शान्तिपूर्ण आन्दोलनलाइ हिंसात्मक बनाए,राष्ट्रिय संपति खरानी बनाइयो बालेनले फेशबुक मार्फत जेन्जिहरूलाइ निर्देशन दिए र सामा संजालको प्रयोग गरेर देशभर सरकारी र ब्यक्तिगत सम्पति खरानी बनाइयो।सेनापतिले बिज्ञप्ती जारी गरेर सरकार बनाउन आह्वान गरियो,राष्ट्रपति शक्तिहिन देखिए।७६जनाको मृत्युमाथि अमेरिकन युथक्लव ,बारबरा फाउन्डेशनका मानिसहरूको अन्तरिम सरकार बनाइयो जस्को प्रम सुशीला कार्की बनिन।फागुन २१मा आम नि भयो जस्मा जताततैबाट राश्वपाले जित्यो,करिब १८२ सदस्यको जीत भयो। राश्वपाले सरकार बनायो। बालेनसाह प्रम बनाइए। निर्बाचनले काङ्ग्रेस र कम्युनिस्टलाइ नीरिह बनायो।सरकार बनाउने बित्तिकै ओली र लेखकलाइ गिरफ्तारी गरीयो,तर प्रमाण नपुगेकोले उनीहरूलाइ अदालतले छाडी दियो।बोलाएको संसद बन्द गरेर राश्वपाले अध्यादेशबाट शासन गर्न खोज्यो जस्बाट कर्मचारी तन्त्र र राजनीतिक क्षेत्रमा आक्रामक रबैया अपनाइयो।संबैधानिक परिषदमा ६जनामा प्रमसंग आफं समेत ३जना भये बहुमत पुग्ने गणितको सिर्जना भयो।अदालतलाइ राश्वपाले आफ्नो नियन्त्रणमा लिने बित्तिकै संगठित अपराध र।संपति सुद्धिकरणको मुद्दामा रबी, जीबी र छबी सबैलाइ उन्मुक्ति दियो।यो परिणाम आउनुमा जनताको दोष छैन किनभने पुराना दलहरूले राम्रै काम गरेको भयेता पनि उनीहरूको निरन्तरको उपस्थिति,महंगी,भ्रष्टाचार,कुशासनले जनताले बिकल्प खोजेका थिए।जब उनीहरूले राम्रा नेताहरू देखेनन,खराब भयेपनि बिकल्पका रूपमा चुपचाप घण्टी छाप हानेका हुन।उनीहरूलाइ बिबिसी,सिएन एनले बजारीकरण गर्यो,लोकप्रीयताबादको चरम बिन्दुमा पुर्यायो।मास सेन्टिमेन्टमा राश्वपा यसरी खेल्यो कि अरू दलहरूले सामाजिक संजालको प्रयोग गर्न जानेनन।मतदाताहरूमा यस्तो प्रभाब पर्यो कि उनीहरूले रबी,बालेन र घण्टी भन्दा अरु बिषयमा सोच्दै सोचेनन।गृहमंत्रिबाट बिचौलिया दिपक भट्टको सहयोगी भयेको कुरा आए पछि सुदन गुरूङ्ले राजीनामा दिएका थिए, जस्लाइ मानब अधिकारबादी संगठनले पनिभाद्र२३र२४मा आरोपित हुन तर उनैलाइ गृहमंत्रि बनाउनु कम आडम्बरको कुरा होइन।बोल्दै नबोल्ने बालेन अप्रत्यासित रूपमा संसदमा उभिएर नेपालले पनि भारतको जमिन मिचेको भन्ने थाहा पाए भनेर एउटा गम्भीर त्रुटी गरेका छन।त्यस भनाइले सीमाबारे भारतसंग राख्ने गरेको नेपालको प्रस्ताब कंजोर पार्ने षडयन्त्र हो।जमिन अतिक्रमण भनेको सशस्त्र प्रहरी बल वा सेनाले शक्ति प्रयोग गरेर जमिन नियन्त्रण गरी त्यही सैनिक पोष्ट राख्ने हो।त्यो क्षमता भारतले राख्छ, नेपालले हरेक तरिकाले त्यसो गर्न सक्तैन,अहिले संम नेपालले भारतको भूमि मिचेको छैन।बरू रातमा जंगे पिलर १्२किमि उत्तरतिर भारतले सारेर भोलि बिउझदा एउटा नेपाली भारतको सरहद भित्र परेको जग जाहेर नै छ।नेपालले भारतीय जमिन मिचेको ठीक हो भनि एकथरी बिश्लेसक,राजनीतिज्ञ,बौद्धिक समूह र भूपू जर्नेलहरू सिमाको खोजिमा लागेका छन र लाजै नमानि भनेका छन बास्तबिक कुरा पुरानाले भन्न सकेनन तर बालेनले बोले भनेर जबर्दस्त पेश भयेका छन।के तिनीहरू देशभक्त हुन सक्छन।अर्कातिर अर्थमंत्रिले बजेटमा राखेको कुरा रातारात हटाएर करको दर।फेरबद, गरेका छन र रातारात इभी गाडि नेपाल आयात गरेको कुरा उठाउदा स्वर्णिम वाग्ले ले तिमिहरूको बदमासि पनि थाह छ,कार्बाही गरिन्छ भनेर प्रतिपक्षलाइ धम्काएका छन।आज बैदेशिक शक्तिको आडमा नेपालमा जुन अराजकता बढ्दै गयेको छ,राजनीतिक प्रतिपक्षले त्यस्लाइ अन्तिम संम डटेर संघर्ष गर्नु जरूरी छ।
कम्युनिस्टहरूको स्थिति रक्षात्मक भयेको छ।त्यस्कारण चारैतिरबाट कम्युनिस्टहरूको एकताको कुरा उठेको छ।बामपंथिहरू तितर बितर भयेर एउटा शक्ति निर्माण गर्न सकेका छैनन।कम्युनिस्ट एकताको लागि दर्शन,राजनीति,सिद्धांत,बिचार,दृष्टिकोण,अनुशासन,इमान्दारीता र कार्यनीति र रणनीतिलाइ प्रयोग गर्न सीपालु हुनु पर्छ।माओबादी र एमालेको स्कूलिङ फरकफरक भयेकोले कम्युनिस्ट एकता गरि हाल्नु भन्दा पहिले बामपंथिहरूको मोर्चा बनाएर अगाडि बढ्नु पर्छ।लामो प्रक्रियाबाट नगुर्जी गरिएको पुरानो पार्टी एकता असफल भयो।मार्क्सवादी राजनीति,ब्यबहार,सिद्धांत ,बिचारमा दृढता र अनुशासित र इमान्दार नहौदा।संम बामपंथि एकता गरेर अगाडि बढ्नु पर्छ,अनिमात्र पार्टी एकता हुनु पर्छ।जनता अझै बाम रूझानमा छन।उनीहरूले यस पटक मत बदलेका हो मन बदलेको छैन भनिरहेका छन ।त्यस्कारण बामहरू निरन्तर जनता छेउ जानु पर्छ,क्षेति को पूर्ति गर्न सकिन्छ।नाताबाद कृपाबादका बिरूद्ध, भ्रष्टाचारका बिरूद्ध निस्पक्ष भयेर नेत्रृत्व लाग्नु पर्छ।हामीले के बुझ्नु पर्छ भने नेपालमा केही शक्तिहरू स्वचालित छैनन,उनीहरू परिचालित छन।सामाजिक संजालबाट प्रभाबित हुने कुरालाइ बामपंथिहरूले रोक्नु पर्छ।राश्वपाले गरेको स्टन्ट गरेको कुरालाइ राम्ररी बुझ्नु पर्छ। भ्रष्टाचारको आरोप बर्तमान सरकारलाइ ,सेनालाइ, भूपू प्रम र मन्त्रिहरूलाइ नलाग्ने, बाकि वडा अध्यक्षलाइ समेत छानबीन गर्ने रे१राजाको बंश नाश भयेको काण्डलाइ फेरि छानबीन गरेर अपराधी पत्ता लगाउने फण्डा राश्वपाको सरकारले गरेको छ।यी संपूर्ण गतिबिधिहरू बिचारणीय छन।उनीहरूमा सत्ताको मात उच्च स्तरमा पुगेको छ।














