शम्भुबहादुर अधिकारी
सोभियतसंघको बिघटन संगै समाजबादको पतनले अमेरिकाको पूजिबादको बिस्तारमा कुनै पनि प्रतिद्वन्द्वी नभयेको अबस्था रह्यो। अमेरिकाको बिश्वब्यापी हस्तक्षेपकारी नीति र आर्थिक साम्राज्यले उस्को सैनिक शक्तिमा निकै बढोत्तरि भयो।समाजबादी र जनबादी आन्दोलनहरू धेरै पछाडि पर्न गयो।केही देशहरूमात्र समाजबादी देशका रूपमा रहेका छन।पहिला साम्राज्यबादको निष्क्रिय बिरोध अब उस्को बल मिच्याइले गर्दा मुलुकहरू सक्रिय प्रतरोधमा उत्रेका छन।भूमण्डलीय साम्राज्यबाद र भूमण्डलीय सूचना प्रबिधिले समाजबादी र जनबादी आन्दोलनलाइ दबाबमा राखिएको अबस्थाका कारण त्यस्का बिरूद्ध प्रतिशोधपूर्ण संघर्ष गर्नु आबश्यक छ।आम संचारको बढ्दो भूमिका ,बर्चस्स्वपूर्ण तरिकाले नब उदारबादको उपयोग र ठूला देशहरूका स्वार्थहरूमा गरिब र अबिकसित मुलुकहरूमाथि बिश्व अर्थतंत्रको नियंत्रणले भूमिका निर्बाह गरेको छ।दलाल र नोकरशाही पूजिबादले आफूलाइ परिस्कृत गराएर नब उदारबाद र बित्तीय पूजिबादमा परिणत गरेका छन। दलाल पूजिबादलाइ फाइदा हुने गरि सरकारी कर्मचारीहरू ले नीतिगत निर्णय गरेर दलाल पूजिलाइ फाइदा हुने अबस्था सिर्जना गर्दछन र दुवैथरिले त्यसबाट अतिरिक्त फाइदा लिन्छन,संपति एकीकृत हुदै जान्छ।लगानी नै नगरी नीति नियम मिलाइ दयेबापत नोकरशाहहरूले अकुत संपति कमाउछन।पूजिको प्रबाह बिश्वका दूर्गम क्षेत्रहरूमा मात्र सिमित हुदैन ,बरू त्यो एकल एकाइको रूपमा बास्तबिक समय र भौगोलिक रूपमा काम गर्न सक्षम हुन्छ।बिपुल मात्रामा मुद्रा जहा अरबौ डलरको खेलो छ बिद्युतिय माध्यमबाट त्यस्लाइ बित्तीय संसारमा जोड्दछ।बिश्व अहिले एकल कामको अंगको रूपमा छ,त्यो एउटा भूमण्लीकृत पूजिको बजारको रूपमा क्रियाशील छन।यो भूमण्डलीय सूचनाको युगमा सबैभन्दा शक्तिशाली कंपनिहरूले बिश्वस्तरमा आफ्नो संगठन बिस्तार गर्दछन जस्ले गर्दा भूमण्डलीय संबन्ध सिर्जना गर्दछन।त्यस्ले गर्दा शक्ति र संपति एउटा देशमा मात्र केन्द्रित नभयेर एकाधिकारीहरूको समूहहरूको हातमा छरिएका हुन्छन।उनीहरूले समस्या समाधान र समस्या पहिचानमा महत्वपूर्ण कुशलता प्राप्त गर्दछन।ती समूहहरु बिश्व स्तरमा नै प्राप्त गर्न सकिन्छ।तिनीहरूको नेत्रृत्वकारी देश अमेरिका अन्तराष्ट्रिय ब्यापारको ठूलो मात्रा बहुराष्ट्रीय कंपनिको अधिनस्थ हुन्छ,जस्ले अन्य मुलुकहरूसंग आफै कारोबार गर्दछन।अमेरिका दशकौ संम राजनीतिक र सैनिक नेताका रूपमा रहे पनि, सबैभन्दा धनी र उत्पादनशील राष्ट्रिय अर्थतंत्र भये पनि ,एकमात्र प्रभूत्वशाली अर्थतंत्र होइन। औद्योगिक पूजिको एकाधिकारले मात्र अझ सघन रूपमा बैङ्किङ पूजि समेत मिसाय पछि त्यस्ले बित्तीय पूजिको निर्माण गर्छ। बित्तीय पूजिको लगानीको ब्याज ऋणि देशहरूले नगदमा बुझाउनु पर्छ,ऋणिदेशहरूले बिश्वबैङ्क,एडिबी,आइएम एफ जस्ता संस्थाहरूसंग लिएको ऋणको बदलामा उसैको सल्लाहकार राख्नु पर्छ,उसैले भनेको ठाउबाट सामान किन्नु पर्छ जस्का कारण ऋणबाट प्राप्त रकम बेतन र खरिदका नाममा ऋण दिने संस्थालाइ नगद फीर्ता जान्छ।पूर्बाधार बिकासमा थोरै मात्र लगानी हुन्छ।यो नैू क्रोनी पूजिबादू हो जस्लाइ नेपालका अर्थमंत्रि स्वर्णिम वाग्लेले सामाजिक समाजबादका लागि प्रयोग गर्ने भनेका छन,तर त्यो घुमाउरो रूपमा नब उदारबादलाइ मलजल गर्नु हो।एकाधिकारी बहुराष्ट्रीय पूजिबादले आत्मनिर्भर अर्थतन्त्रलाइ सिमित बनाउछ अर्थात नीजिकरणतिर अर्थतंत्रलाइ जबर्जस्त अगाडि बढाउछ र अर्थतंत्रलाइ पराश्रित बनाउछ।उद्योगपतिहरूले बैंकहरू मार्फत आफ्ना नाफाहरू भित्याउछन,जुन बैंकिङ कारोबारबाट मात्र भूक्तानी दिइन्छ।एकाधिकार पूजिबादले प्रतिपर्धीलाइ बिभिन्न तरिकाले नियन्त्रण गर्दछन,र कार्टेलिङ र सिन्डिकेट भन्दा बिहिर रहेका पूजिपतिहरूका लागि कच्चा पदार्थको सप्लाई बन्द,मज्दूर सप्लाइ बन्द,सामानहरूको डेलिभरी बन्द,खपतका श्रोतहरू बन्द र योजनाबद्ध ढंगले मूल्य घटाएर प्रतिस्पर्धी पूजिपतिबर्गलाइ पनि कार्टेलिङ भित्र समाबेश हुन बाध्य पारिन्छ,एकाधिकारबादको चरमोत्कर्ष बनाइ दिन्छन बैंकहरूले।तर ूसाझेदारी पद्दतिूले एकाधिकारको शक्तिमा बृहद रूपले बढाउछ।राजनीतिक ब्यबस्था जस्तो सुकै होस जब एकाधिकारको सिर्जना हुन्छ ,अरबौ रूपया कब्जा भइ सक्छन।यसरी बित्तीय पूजिबाद सार्बजनिक जीबनको हरेक क्षेत्रमा प्रबेश भइ सकेको हुन्छ।खुला र स्वतन्त्र बजार अर्थतंत्रको नीति यस्को मेरूदण्ड हो,तर हाम्रो जस्तो अबिकसित र सानो उद्योगको उत्पादनमा आधारित हुनु पर्ने अबस्थाले गर्द हाम्रो राष्ट्रिय पूजिले नव उदारबाद र बित्तीय पूजिसंग प्रतिस्पर्धा गर्न सक्तैन।बित्तीय पूजिको समयमा नीजि तथा राजकीय एकाधिकारहरू एक अर्कासंग अभिन्न रूपले गासिएका हुन्छन।
एकाधिकार पूजिबाद र उदारबादी निकायहरूमा राजनीतिक निर्बाचनले खास प्रभाब पार्न सक्तैनन।त्याहा राष्ट्रिय सुरक्षा परिषद ,केन्द्रीय बैंक,आर्थिक सल्लाहकार संस्थाहरू,अदालत,महालेखा,संबैधानिक अदालत र अन्य संस्थाहरू हुन्छन जस्ले जनबादी ढंगबाट निर्बाचित प्राधिकारको काम गर्ने क्षमतालाइ पूर्णतः सिमित गरिदिन्छ।उनीहरूले आफ्नो उद्देश्य गैरराजनीतिक भने पनि आफ्नो अर्थनीतिलाइ राजनीतिक रूपले नै संचालन गरेका हुन्छन।मानिसहरूको चिन्तन गर्ने शैलिका कारण नब उदारबादी अर्थनीति बहुराष्ट्रीय कंपनिद्वारा नियन्त्रित थोरै मानिसहरूको हातमा केन्द्रित हुदै जान्छ।त्यो सूचनालाइ उनीहरूले शासकबर्गको हितहरूमा प्रयोग गर्दछन।नव उदारबादको बिखण्डनकारी रणनीतिले एउटा बिभाजित समाजलाइ र अल्पसंख्यक समूहलाइ बहुसंख्यक बन्न दिदैन किनभने नव उदारबादले बिद्यमान बर्चस्वमाथि उस्ले प्रश्न उठाउछ।यस्ले स्रम शक्तिलाइ पनि पृथकिकृत गरेर एक अर्काबाट अलग्याएर बिभाजित गर्दछ।जब मज्दूरहरू आफ्ना हक र हितका लागि आन्दोलित हुन्छन,त्यसै भित्र खेलेर नव उदारबादी र एकबादी शक्तिले मज्दूरको शक्तिलाइ पनि छिन्नभिन्न पारिदिन्छन र त्यस्लाइ संझौतामा टुङ्ग्याइ दिन्छन जस्ले एकाधिकारबादीलाइ नै फाइदा हुन्छ।उनीहरूले लगानी पनि त्यस्तो देशमा गर्दछन जहा अशिक्षा,गरिबी र बेरोजगारी छ ,प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ, सुन,हिरा र यूरेनियम छ।तर यदी बिद्यमान सत्ताधारीहरूले ती अमूल्य पदार्दहरू दिन इन्कार गरे भने त्यस देशलाइ दुइ तरिकाले आक्रमण गर्छनस्एक त्यही देशका असंतुष्ट तर उन्का दानापानी खाएकाहरूबाट बिद्रोह गराइ प्रोक्सी सरकार गठन ,तिनिहरूको माध्यमबाट प्राकृतिकस्रोत दोहोन गर्ने त्यस देशलाई सामरिक रूपले प्रयोग गर्ने,दुइ प्रत्यक्ष सैनिक हस्तक्षेप गरि सत्ता परिबर्तन गरी आफ्नो स्वार्थ पूर्ति गर्ने।नेपालमा भाद्र२३र२४को घटना पहिलो प्रकारको घटना हो जुन मानब अधिकारको रक्षा,युवा सशक्तिकरण,महिला नेत्रृत्वको बिकास,सुशासन,भ्रष्टाचाररहित समाजको सिर्जनाको नाममा अमेरिकी युथ काउन्सिल बारबरा फाउन्डेशन,हामी नेपाली र बिदेशी मन भयेका नेपालीहरू जस्ले ूपञ्चमबाहिनीूसेनाको काम गरेका छन।यसरी नव उदारबाद,बित्तीय पूजिबाद र बहुराष्ट्रीय निगम मार्फत नेपाललाइ रणभूमिमा परिणत गरिएको छ।अमेरिकाका दुइटा लक्ष छनस्एक नेपालबाट नया दलाइ लामाको घोषणा र ूफ्रि तिब्बतू बिरोधी आन्दोलन ,दुइ ,नेपालको अमूल्य उर्जाको स्रोत ूयुरेनियमू नियंत्रण गर्नु आदि।
बिश्वमा बित्तीय ब्यापारीहरूको एक प्रकारको स्थायी ूसिन्डिकेटूछ,र कार्टेलहरूको एकाधिकार यस्तो एउटा उदाहरण हो जस्को प्रादूर्भाब र एकाधिकारहरूको सिर्जना हुन्छ जहा कच्चा सामानका सबै अर्थात स्रोतहरूमाथि कब्जा जमाउन सहज बन्दै जान्छ।तर कार्टेलहरू र सिन्डिकेटहरूले संकट समाधान गर्छ भन्ने नब उदारबादी अर्थशास्त्रीको ब्याख्या छ।एकाधिकारको अन्तिम नतिजा भनेको साना पूजिलाइ दबाउनु जुन पुरानो गुनासो हो।याहा पूरा सिन्डिकेट नै सानो पूजिको श्रेणीमा उत्रन्छ।यसरी सानो र ठूलो पूजी बीचको पुरानो अन्तरबिरोध एउटा नया र अत्यन्त उच्च श्रेणीमा पर्दछ।तर नब उदारबादीहरूले पूजिबादी ब्यबस्थामा अधिक उत्पादन गरेर नया संकट जन्माउने कुरामा त्यति चासो दिन्नन।कैयौ पटक पूजिबादी ब्यबस्थामा आएको संकटका कारण बिनासकारी युद्धहरू भयेका छन,त्यस्कारण नब उदारबाद र बित्तीय पूजिबादले संकट समाधान गरे पनि त्यो अस्थायी रहन्छ।बिपुल संपतिका मालिकहरू उद्योगहरू आफ्ना साधनद्वारा प्राबिधिक उन्नतिको गति तीब्र तुल्याउछन जस्ले गर्दा पुराना साधनहरूलाइ यो संग तुलना गर्न सकिदैन।सावा पूजिको संचालन बैंकहरूले गर्दछन किनभने यस्ले निष्क्रिय पूजिलाइ पनि सक्रिय पूजिमा बदल्छ।त्यस्ता पूजिपतिहरूको अस्थाइ उपयोगको निम्ति नगद पूजिको ब्यबस्था गरिदिन्छन किनभने त्यो उनीहरूलाइ आबश्यक पर्छ।यसरी पेजिपनि बस्तूमा परिणत हुन्छ,बेचबिखन हुन्छ।पूजिको ब्यापार बैंकहरूले गर्दछन।अति उत्पादनले आर्थिक संकट पैदा गर्छ जुन पूजिबिदको आधारभूत अन्तरबिरोध हो।उत्पादनको सामाजिक चरित्र र उत्पादित बस्तुमा पूजिबादी नीजि स्वामित्वको। बीचको अन्तरबिरोध हो।ज्याला घटाउन र श्रमको अबस्थालाइ बिगार्न पूजिपतिबर्गले आर्थिक संकट र बेरोजगारीको अबस्थाको प्रयोग गर्दछन।साझा ब्यबस्थाले केन्दीकृत पूजिलाइ शक्तिशाली साधन बनाउछन।मुद्रा बजारको एकाधिकारी बन्नको लागि बैंकहरूले संपूर्ण संचित पूजिलाइ आफ्नो हातमा लिन कोशिस गर्।उद्योग र बैङ्कको केन्द्रीकरणले बैंकको एकधिकारको निर्माण गर्छ जस्लाइ अर्शास्त्रीहरू बित पूजि भन्दछन।पूजिबादी सूचना प्रबिधिहरू ,बिज्ञान,कला समेत बित्तीय अल्पतन्त्रको हातमा जान्छ।एकाधिकार पूजिबादले बस्तु निर्यात ब्यापक रूपमा गर्छ।साम्राज्यबादको निमित्त पूजि निर्यात लाक्षणिक हुन जान्छ।नोकरशाही दलाल पूजिबादी अर्थतंत्रको अबलंबन गरेर नेपाल जस्तो देशले आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्न सक्तैन,झन समाजबादी अर्थनीतिको निर्माण गर्नु भनेको त स्वैर कल्पना मात्र हो।राष्ट्रिय अर्थतंत्रलाइ। आत्मनिर्भर बनाउन हामीले स्वदेशि र बिदेशिपूजि सस्तो ब्याजमा लिएर उद्योगहरू संचालन,हवाइयातायात,पर्यटन उद्योग,स्वास्थ,शिक्षा र रोजगारमूलक उद्योगहरू,कृषिलाइ औद्योगिकरण गर्ने, पूर्वाधार बिकासमा जोड दिन सक्यौ भने नेपाल ग्रेलिष्टबाट मुक्त हुन सक्छ।सरकारले उद्योगीहरूलाइ कारबाही गर्ने र तर्साउने कामले नेपालको पूजि बिदेश पलायन हुने संभाबना बढेर गयेको छ।आइएम एफ,बिश्वबैङङ्क ,एडिबी जस्ता साम्राज्यबादी बहुराष्ट्रीय निगमसंग ऋण लिएर देशलाइ आर्थिक रूपले बलियो होइन पर निर्भर बन्दै जान्छरुनब र बित्तीय पूजिको लगानिबाट नेपाल औद्योगिकीकरण हुन सक्तैन।घिसेपिठे रूपमा चल्ने र रोजगारको लागि बिदेशिनु पर्ने बाध्यता छ,तर राश्वपाले बिदेशमा रोजगारीमा गयेका युवाहरूलाइ स्वदेश फर्काउने कुरा गफमा मात्र सिमित छ।पासपोर्ट र भीषा घरघर हुलाकबाट सेवा पुर्यायौ भन्ने कुराले युवाहरूलाइ सहज रूपमा बिदेशजाने संझौता गरिरहेका छन।नब उदारबादले बित्तीय पूजिलाइ तीब्र पार्छ र आर्थिक सहयोग गरेबापत नगदमा ब्याज बौझाउनु पर्छ। अन्तराष्ट्रिय पूजिबादी संस्थाहरूले पूजिको सुरक्षामा उनीहरू आर्थिक,कुटनीतिक र सामरिक रूपले अरूमुलुकलाइ हस्तक्षेप गर्छन ।यसरी संचालित नब उदारबादी नीतिलाइ केन्द्रीकृत गर्ने काम साम्राज्यबादी मुलुकहरूले गर्दछन।तर उनीहरू समस्याको समाधान गर्न बिल्कुल असफल हुन्छन।यीनिहरूले दुख र सामाजिक बहिष्करणलाइ यती भयानक रूपमा धकेलेका हुन्छन जस्का कारण संपति मुठ्ठीभर ब्यक्तिहरूको हातमा केन्द्रित हुन्छन।त्यसरी नै श्रब्य दृश्य उपकरणहरूको स्वमित्व ठूला बहुराष्ट्रीय कंपनिको नेत्रृत्व पनि केही मानिसहरूको हातमा रहन्छ जस्ले सूचनालाइ शासकबर्गको हितमा परिचालन गर्छन।नब उदारबादी अर्थनीतिले आफू शक्तिशाली भयेको अनुभुत गर्दासंम वा मतपत्रको माध्यमबाट वा हतियारको माध्यमबाट आफ्ना बिरोधीलाइ नियंत्रण गर्ने अबस्थासंम,बुर्ज्वा क्रान्तिकारी योजनासंम सहकार्य गर्दैन ।त्यो उस्को पूजिको बिरूद्धको बिषय हो।आज कुनै पनि युनियनले एक्लै युद्ध जित्न सक्तैन किनभने नव उदारबादले सबैतिरबाट आक्रमण गर्दछ।
नव उदारबादको सार तत्व भनेको पूजिलाइ केन्द्रिकृत गर्न र उत्पादित बस्तुहरू बेचबिखन गर्न स्वतन्त्र बजारको कुरा त गर्छन , तिनले स्वतन्त्र ब्यापारलाइ बलद्वारा निषेध गर्दछन।उनीहरूले हामीलाइ के बिश्वास दिलाउछन भने स्वतन्त्र बजारले स्वतन्त्र बिचारको पक्षपोषण गर्दछ भन्दछन तर जब स्वत ब्यापार र स्वतन्त्र बिचार उनीहरूक बिरूद्ध देखिन्छ त्यस्लाइ उनीहरूल निर्मम तरिकाले दमन गर्दछन।आज बिश्व साम्राज्यबादले भीषण रूपमा भूमण्डलीय युद्धमा छ,तर जनताले चाहेको कुरा पूर्ण जनबाद हो जुन अझै प्राप्त भयेको छैन।साम्राज्यबादीहरूले हिंसात्मक युद्ध चलाउछन र शान्तिपूर्ण माग र आन्दोलनलाइ हिंसात्मक भनेर आरोपित गर्दै नृशंस हमला गर्दछ।पहिला साम्राज्यबादले हमला गरेपछि पुनः हमला गर्छ र त्यस्लाइ आत्म रक्षा
को लागिको युद्धको नारा फलाक्छ।अमेरिकाले इरानमाथि सश आक्रमण गरी धर्म गुरू लगायत नेत्रृत्वबर्गलाइ मार्यो र इरानी सभ्यता समाप्त गर्ने धम्कि दियो,तर इरानी जनताको प्रतिकारका बिरूद्ध अमेरिकाले शान्ति संझौताको कुरा उठायो।भेनेज्वेलाले अमेरिकालाइ पेट्रोलियम पदार्थ नदिने निर्णये गरेकोले राष्ट्रपति मदूरोलाइ रातमा डकैति शैलिले हमला गरेर अहिले उनीमाथि अमेरिकामा नक्कलि लागु पदार्थको मुद्दा चलाइएको छ।नव उदारबाद र स्वतन्त्र ब्यापारको नाममा अमेरिकाले इराक,इरान,लिबिया,अफगानिस्तान र भेनेज्वेलाको सार्बभौमिकतामाथि हमला गरेर नाङ्गो नाच देखायो।के यो नव उदारबाद मानवताबाद,स्वतन्त्रता,राष्ट्रको सार्बभौमिकता र जनताको स्वतन्त्र अधिकारमाथिको हस्तक्षेप हो तरुमरणासन्न अबस्थामा पुगे पछि जसरी मान्छे बरबराउदै थाहै नभयेको कुरा गर्दछ,त्यसरी नै अमेरिका र उस्क सहयोगी देशहरू बिश्वब्यापी रूपमा युद्धमा मुछिएका छन।पुजिबादी ब्यबस्थामा फाइदाका लागिू अतिरिक्तू मूल्य निर्माण गर्न अनुकुल बाताबरण सिर्जना हुन्छ जहा।मजदूरहरूलाइ थोरै ज्याला दिएर मुनाफा जति साहूले आफ्नो खातामा राख्दछ।पूजिबादले नब उदारबादको नाममा सबैभन्दा निर्मम तरिकाले शोषण गर्दछ।अतिरिक्त मूल्यको सिद्धांतको बिशेषतालाइ साम्राज्यबादले एकाधिकारबादी शोषणको नियमका रूपमा बदलिन्छ।पूजिबादको आम संकट स्वयं पूजिबाद अन्तरगतका नियमहरू बताउछ।बिज्ञान र प्रबिधिको तीब्र बिकासले पूजिबादलाइ स्थायीत्व र अमरत्व प्रदान गर्छ भन्ने भ्रमपूर्ण प्रचार सामाजिक संजाल मार्फत बाहिर ल्याउछन।त्यस संकटले पूजिबादको अन्त्य निश्चित छ भन्ने कुरालाइ प्रष्ट पार्दछ।देशको अर्थतंत्र र प्राकृतिक स्रोतहरू बहुराष्ट्रीय निगमलाइ बुझाउने तयारीमा छन नेपालका ूक्रोनी क्यापिटलिष्टूहरू।लोकतांत्रिक ब्यबहार,सुशासन,भ्रष्टाचाररहित समाजको सिर्जना गर्ने र भ्रष्टलाइ कारबाही गर्ने नाममा नेपालमा पूजिबादी एकाधिकारबादी संस्थालाइ मलजल गर्ने काम भइ रहेको छ।बर्तमान राश्वपाको सरकारको नीति,नियत र कामकारबाही देशको राष्ट्रियता र सार्बभौमिकता बिरूद्ध परिलक्षित छन।यस प्रतिक्रयाबादी शक्तिका बिरूद्ध देशभक्त,लोकतांत्रिक,बामपंथि र प्रगतिशील शक्तिहरू एक हुनुको बिकल्प छैन।















