शम्भुबहादुर अधिकारी
नेपालले १०बुदे घोषणा मार्फत एमसीसी स्विकारेपछि देशभित्र राजनीतिक दलहरूको मूख्यतः आफूलाइ कम्युनिस्ट भन्नेहरूको बारेमा ब्यापक चर्चा र बिरोध भयो।उनीहरूको बिचारमा त्यो परियोजना लागु भयेपछि देशले बिकासमा फड्का हान्छ भन्ने नव उदारबादी अर्थशास्त्रीको पिछलग्गु बने।एक पटक अमेरिकाले एमसीसी रोके पनि ३महिना पछि त्यस्लाइ खुला गराइयो।कैयौ देशहरूले एमसीसी राष्ट्रियहित बिपरीत भयेकोले त्यस्लाइ स्विकार गरिएन।पूर्वाधार बिकास,यातायात,बिद्युतमा नेपालले फड्का मार्ने डिङ हाकियो र निजी क्षेत्र र राजनीतिक दलहरूले यस कदमलाइ प्रशंस गरे,तर त्यसभित्र लुकेको रहस्य नेपालले बुझेन वा बुझ्न चाहेन ।त्यो योजना नुवाकोट रातमाटे , चीतवन,बुटबल हुदै त्यस्को केन्द्र गोरखपुरमा राखियो र त्यस्को अफ अन भारतले गोरखपुरबाट गर्ने भयो।भारत संग नसोधी नेपालले योजना संचालन गर्न पाउने भयेन। त्यो बिद्यय लाइन त्यह ठाउमा पर्दछ जहाबाट चीनियाहरूले काठमाण्डू लुम्बिनि प्रस्ताबित रेल मार्ग पर्दछ।एमसीसीको निर्माण कार्य हेर्न नेपालले एमसीएसंग स्वीकृति लिनु पर्ने हुन्छ तर शर्त यो छ कि उक्त ब्यक्तिले अंग्रेजी भाषा जानेको हुनुपर्छ।४सय केभिलाइनको बलियो ट्रान्समिसनलाइनलको निर्माणले पाल्पाबाट मुस्ताङ हेर्न मिल्ने भयो भने अतिरिक्त बिद्युत उत्पादन गरी त्यही लाइनमा जोडेर एमसीएले भारत र बंग्लादेशलाइ डलरमा बेच्ने भयो।त्यस्को संपूर्ण सुरक्षा एमसीसीले नै गर्ने भयो।नेपाली सुरक्षाले हेर्न नपाउने शर्त राखियो।सीधै अमेरिकाको सेना आउन नमिल्ने भयेकोले उस्ले नेपालसंग एसपीपी पारित गराउन खोज्यो,जनताको ब्यापक बिरोधका कारण त्यो संभब भयेन।सरकारसंग नसोधि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रिले सन२०१५र२०१७मा अमेरिकालाइ पत्राचार गरे।एमसीसी पास गरे पनि तत्कालीन देउवा सरकारले२०७९असार ६गते एसपीपी पारित नगर्ने निर्णय गर्यो।त्यसबाट अमेरिकी एजेन्सीहरू उत्तेजित भयेर २०७९असार ७गते नै रबी लामिछाने अध्यक्ष रहेको राश्वपा गठन गरे जस्मा पश्चिमा समर्थकहरूको बाहुल्य थियो र छ।अमेरिका र पश्चिमाहरुबाट रबीको बजारीकिरण गरीयो र नेपाली राजनीतिमा स्थापित गर्न खोजियो।राश्वपाको गठन हुनासाथ राश्वपाले २१सीट जित्यो र नेपालको संसदीय इतिहासमा निर्णायक शक्ति बन्यो।तर रबी लामिछाने ग्यालेक्सी टीभि संचालन मार्फत आफ्नो ब्यक्तित्व बनाएका थिए।उनले बिभिन्न सहकारीबाट ऋण खाएको कुरा उजागर भये फछि उनलाइ मुद्दा चलाइयो।त्यस्को साथै रबीले नेपाली नागरिकता त्याग गरेको हुनाले उन्ले जितेको चुनाव रद्द गरियो तथापि स्थानीय प्रशासनले रबीले अमेरिकी नागरिकता त्याग नगरिकनै पुनः नेपाली नागरिकता दिने काम भयो।उनीसंग दुइ नक्कलि पास पोर्ट रहेको कुरा पनि प्रष्ट भइ सकेको छ।
रबी सहकारी ठगीमा परेपछि राश्वपाले संसदमा उग्रता प्रदर्शन गर्यो।तत्कालीन सरकारलाइ कुशासक,तस्कर,घुषखोरी ,सरकारी संपति मासेको देशलाइ बन्धकि राखेको आरोप लगाए।बिभिन्न अदालतमा परेको मुद्दाका कारण रबीलाइ अन्याय पर्यो कि भन्ने जनभाबना तीब्र भयो।नेताहरूले पनि रबी अन्यायमा परेको भनि हस्ताक्षर अभियान चलाए।त्यस्का साथै नया र पुराना बीचको खाडल ठूलो बनाइयो,पुरानाले देश बेचे,खाए,केही गरेनन भन्ने भाबनाको भाष्य सिर्जना गरियो।तत्कालीन अबस्थामा ओली ,आर्जु चीनको भ्रमणमा गये जस्को उदेश्य एक त जापान बिरोधी बिजय परेड हेर्नु भन्ने थियो भने अर्को कुरा भारत र चीनले नेपाललाइ नसोधी लिपुलेकको बाटो भयेर ब्यापार गर्न सुरू गरेको कुराबारे छ
लफल गर्नु थियो।लिपुलेक नेपालको भयेकोले चीन र भारतले त्यो जमिन नियन्त्रण गर्न हुदैन भन्ने ओलिको दाबी थियो।रूसका राष्ट्रपतिसंगको छलफल र रूसले नेपाललाइ गर्न
सहयोगको कुरा पनि थियो।दिल्लि र वासिङ्टनले ओली र आर्जुका ती गतिबिधिहरूलाइ सुक्ष्म निग्रानी गरिरहेका थिए।उनीहरूलाइ लाग्यो नेपाल रूस चीन धुरीमा लाग्दा पश्चिमाहरू र भारतीयहरू त्यो सत्तालाइ फालेर आफ्नोूप्रोक्सीूसरकार बनाउन प्रयाशमा लागे।त्यस्कारण अमेरिकी युथ काउन्सिल,बारबारफाउन्डेशन,समता फाउन्डेशन,एनजिओ,आइएनजीओ र यूएस ए आइडीका योजनामा कुशासनका बिरूद्ध,नाताबाद कृपाबादका बिरूद्ध नेपो बेबीको नारा दिएर भाद्र २३गते शान्तिपूर्ण आन्दोलन गर्ने नाममा सुदन गुरूङ र मिराज ढुङ्गानाहरूले काठमाण्डू प्रशासनबाट स्विकृत लिएका थिए,आन्दोलन शान्तिपूर्ण हुने भन्ने बहाना मात्र थियो।ती संस्थाहरूले शक्ति आर्जन गरेर सरकार बिरूद्ध हिंसात्मक संघर्षले आन्दोलन अझ उपद्रबकारी हुदै गयो।यो स्थिति सृजना हुनुमा एकै दिन स्वफूर्त रूपमा आन्दोलित भयेको थिएन।त्यस्को लागि त एउटा लामो र सृङ्खलाबद्ध योजना तयार पारेको बुझ्न कठिन छैन।तर नेपालको खुबियागिरीले त्यस्तो स्थिति आइसक्दा पनि सरकारलाइ या त जानकारी दिइएन या सरकारले नै बेवास्ता गर्यो।पुरानो नेत्रृत्वले अमेरिकी र भारतीय स्वार्थ पुर्ति गर्न नसक्ने देखेर जुनसुकै दलका भये पनि असन्तुष्टहरू जम्मा गरेर प्रलयकारी रूपमा २४घण्टामानै तत्कालीन सरकारलाइ पतन गराए।
कलेज र स्कूलका बिद्यार्थीहरूलाइ संगठित गरेर कुशासनका बिरूद्ध,सामाजिक संजालको प्रतिबन्ध बिरूद्ध नाताबाद कृपाबादका बिरूद्धलाइ कारण बनाइ तिनकुनेमा शान्तिपूर्ण आन्दोलनका लागि सुदन गुरूङ,मिराज ढुङ्गानाहरूले आन्दोलन गर्न प्रशासनबाट स्वीकृति लिइसकेका थिए।पानी ट्याङ्कि, एम्बुलेन्स,सवयंसेबक दलको गठन गरिनु आन्दोलनलाइ बिध्वंसात्मक बनाउने योजना थियो भन्ने स्वतः अनुमान गर्न सकिन्थ्यो।आन्दोलनमा भाग लिन किशोर किशोरीलाइ बालेनले फेसबुक मार्फत आह्वान गरेका थिए।उनीहरूलाइ प्रहरीले गोली अश्रुग्यास हान्न मिल्दैन भनेर सबैलाइ स्कूल ड्रेस,झण्डा र झोलामा तिनकुनेमा बोलाइएको थियो।जब त्यो संख्या बढ्दै गयो योजना अनुसारनै किशोर किशोरीलाइ रणमैदादानतिर थकेलियो र टीओबीहरू ,सुदन गुरूङहरू ,कृष्ण कार्कीहरूले त्यो भीडलाइ संसद भबन,सिंहदरबार,राष्ट्रपति भबन र सर्बोच्चतिर लगे ,आगो लगाउन खोज्दा प्रहरीले पानीका फोहरा,अश्रुग्यास र केही सेल गोलि चल्यो जस्मा १९जना जेन्जीहरू मारिए।टीओबी र अन्य आतंककारीहरूले प्रहरीको बन्दूक खोसेर गोलि हाने र ऐतिहासिक बिराशसद खरानी बनाइयो।ती उपद्रबकारीहरूले देश जलाएर बहादुरी गरेको अनुभूति गरिरहेका थिए।पेट्रोलबम हान्न डिस्कर्ड मार्फत सिकाइएको थियो।हेर्दा हेर्दै सरकारी धन संपति र ब्यक्तिगत भबन र धन संपति एकै छिनमा खरानी बनाइयो।यो घटना काठमाण्डू देखि पूर्व मेचि देखि पश्चिम महाकाली संम फैलिएको थियो।भाद्र२३मा नै लेखकले राजीनामा दिइ सकेका थिए भने सुरक्षाले सहयोग नगरेपछि प्रम ओलीले पनि राजीनामा थिए।देश राजनीतिक सून्यतामा भये पनि राष्ट्र्पति सहि सलामत थिए।तर सेना मौन भयेर घटना हेरिरहेको थियो।रानी पोखरिका चौकिका प्रहरी प्रमुख काम छाडेर सेनाको ब्यारेकमा सुरक्षित भये भने ३जना प्रहरीलाइ उपद्रबकारीहरूले नृशंस हत्या गरे।२४भाद्रको बिध्वंशमा समेत गरी ७६जनाको ज्यान गयो।यदी सेनाले अब्यबस्था र उपद्रबलाइ नियन्त्रण गरेको भये सायद यत्रो क्षेति हुने थिएन,नेपालको गौरबशाली इतिहास खरानी हुने थिएन।सेनाले राष्ट्रपतिलाइ अगाडि राखेर एउटा समन्वयकारी भूमिका खेलेर नया परिस्थितिको सिर्जना गर्न सक्थ्यो।तर सेनाले आन्दोलनको ूस्टेक होल्डरकोू रूपमा सुदन गुरूङ,बर्षाबम,बालेन दुर्गा प्रसाइ आदिलाइ छलफलमा ल्याएर बिज्ञप्ति मार्फत अन्तरिम सरकारको गठनमा लाग्यो।संबैधानिक र आधिकारिक ब्यक्ति राष्ट्रपति रामचन्द्र पौडेल छायामा पारिए।अनियन्त्रित भीडमा गौरी बहादुर कार्की,सुशिला कार्कि,जगदीश खरेलहरू पुरानो सरकारलाइ फासीको माग गर्दै थिए।मानौ उनीहरूको बिजय भै सकेको थियो।प्रम सुशिला कार्की बनिन भने मंत्रिहरू सबै बारबरा फाउन्डेशनका बने।सुशिला कार्कीको नेत्रृत्वमा बनेको सरकारले संसद बिघटनको सिफारिस गर्यो र तत्कालै संसद बिघटन भयो।सरकार असंबैधानिक थियो र संसद बिघटन पनि असंबैधानिक थियो,तर त्यस्का बिरूद्ध कसैले आवाज उठाउन सकेन,सर्बोच्चमा परेको बिघटन बिरोधी रिट न्यायाधीशहरूले हेर्दै हेरेनन नया सरकार आबश्कताको सिद्धांत अनुसार बन्यो भनियो।फागुन २१को लागि आम निर्वाचन संपन्न भयो।पुराना सबै बदमास,चोर,भ्रष्टाचारी,देशको संपति जतापायो गरेको आरोप लगाइयो र अब बालेन र रबीको हातमा देश आए बिदेश जानु पर्दैन ,यही रोजगारी मिल्छ,स्वास्थ्य,शिक्षाको ग्यारेन्टी हुन्छ र यिनीहरूको संपति खोसेर देशको बिकास हुन्छ भन्ने गलत फहमी फैलाइयो।अमेरिका,बेलायत,अष्ट्रेलियामा पढेलेखेका बिद्वानहरूले बिकासमा छलाङ मार्छन भन्ने भाष्य सिर्जना गरीयो।नेपालको अर्थराजनीति नेपालीपनको हुनु पर्छ,नक्कल गरेर ल्याएको योजनाले नेपालीको माग पूरा गर्दैन।ूमास सेन्टिमेन्टूलाइ यसरी दूरूप्रयोग गरियो कि मतदाताहरूले रबीबालेन र घण्टीबाहेक उनीहरूको दिमागमा केही चिजले काम गरेन।मतदान नेपालीले नै खसालेर जिताएको कुरालाइ बिस्वास गरीयो ,तर जनताले बिदेशि पैसा खाएर केही नेपालीहरूले बिदेशिको हित अनुकूल काम गर्ने ूप्रोक्सीूशक्तिलाइ बुझ्न सकेनन।स्थिति यति सम्म बिग्रियो कि बालेन र रबीको बिरोध गर्नु ज्यान हत्केलामा राख्नु हुन्थ्यो।बिदेश गयेका छोराछोरीलाइ घरमा घण्टीमा मतदान नगरे उनीहरूका सन्तानले घर पैसा नपठाउने र घर पनि फर्केर नआउने मनोबैज्ञानिक प्रभाब पारे।उनीहरूलाइ लाग्यो राश्वपाले चुनाब जिते देश भित्रै रोजगारी पाइने आसा राखेका थिए,तर एकै दिनमा वा एकै बर्षमा उद्योगहरू खोलेर हजारौको संख्यालाइ रोजगारी दिन सकिन्थेन भन्ने कुरा बिस्तारै मतदाताले बुझ्दै जान थालेका छन।अहिले पनि नया सरकारले बिदेश जान पाउने भिषा बितरण गरीरहेको छ।अमेरिकी डलर खाएर देशलाइ खरानी बनाउनेमा अमेरिकी युथकाउन्सिल,बारबारफाउन्डेशन,हामी नेपाल संस्था एनजीओआइएनजीओका सदस्यहरू देखा परे।निर्बाचनमा यस्तो स्थिति सिर्जना भयो कि अरू दलले उमेदवार नपाउने मात्र होइन,एजेन्ट पनि नपाउने अबस्था सिर्जना भयो।घण्टी टोलि भनेपछि सुदन गुरूङ, आशिका तामाङ वा घण्टीको लौरोले पनि चुनाब जित्ने भयो।झापा ५माओलिलाइ जम्मा १८हजार मत पाउदा बालेनले ६८हजार मतले जित्नुमा पनि कुनै रहस्य लुकेको छ कि रुत्यसो त निर्बाचनको जिम्मा सेनाले लिएको थियो भने बहिरी घेरामा सशस्त्र र झन बाहिर जनपद प्रहरी थियो।निर्दिष्ट चुनाब केन्द्रमा सेना एक्लैले बाक्स लिएर गयो र त्यस्मा कुनै दलका एजेन्टहरू राखिएनन।कर्मचारीतन्त्र,निर्बाचन आयोग र सुरक्षा निकाएको मिलेमतोमा यो निर्बाचनको नतिजा आए जस्तो देखिन्छ।
अन्तराष्ट्रीय समाचार माध्यमहरू बिशेषतःबीबीसी य सिएन एनले भाद्र २३को घटनालाइ हाइलाइट गर्य र २४भाद्रको घटनाको कुनै सुनवाई भयेन।देशभि भयेको त्यो जघन्य अपराधलाइ छानबीन गर्न गौरी बहादुर कार्की आयोग बनाइयो।त्यस्को निष्कर्षमा ओली लेखक,आर्जु ,केही प्रहरी,प्रशासकहरूलाइ कारबाहीको सिफारिष गरीयो।तर त्याहा उलूलिखित केही ब्यक्तिहरूलाइ बचाउने काम गरीयो।तर नेपाल मानब अधिकार संघले निकालेकोप्रतिबेदन्मा परेका आरोपित मध्ये गौरी बहादुर कार्की र सुशिला कार्कीको नाम पनि कारबाहीका लिगि सरकारलाइ सिफारिस गरियेको छजस्मा राश्वपाका सदश्यहरू धेरै छन।यो ढीलो गरी निकालिएको प्रतिबेदनमा बालेनको भूमिकालाइ र सेनापतिको भूमिकालाइ नजर अन्दाज गरीएको छ।त्यस्कारण यो प्रतिबेदन पनि कुनै न कुनै रूपमाूसेलेक्टिवूदेखिन्छ।थोरै बिपक्षी र टीओबी हरूको नाम पनि कारबाहीको लागि सिफारिष गरीएको छ।आन्दोलनमा भागलिन बालेनले फेसबुकबाट आन्दोलनकारीहरू बोलाएका थिए भने बिज्ञप्ति निकालेर सरकार निर्माण गर्न सेनाले पहल गरेको थियो,तर आन्दोलनलाइ नियन्त्रण गर्न सेना अनिच्छुक देखियो।देश खरानी हुदा र आफ्नो परमाधिपतिको भबन जल्दा समेत सुरक्षा निकाए चुप लागेर बसेको थियो।सेना संचालनका लागि सुरक्षा परिषदको निर्णय चाहिने भने छैत्र किनभने गत चैत्र१५मा सेना बाहिर निकालिएको थियो,२४भाद्रमा१०बजेदेखि सेना परिचिलनमा थियो।
त्यति मात्र हो र सुकुम्बासीको घरटहरा भत्काउन सेना नै अग्रिम मोर्चामा थियो जबकि आन्तरिक रूपमा त्यो काम गृहले गर्ने मामला हो।निर्बाचनमा राश्वपाले नसोचेको मत ल्यायो,त्यस्कारण राश्वपाले चुनाबमा जितेको हो कि जिताइएको हो प्रश्न उठेको छ।सरकार बन्ने बित्तिकै बिना आधार ओली र लेखकलाइ थुनियो,तर प्रमाण नपुगे पछि तिनीहरू छाडिए
।गैर राजनीतिक ब्यक्तिलाइ प्रधान न्यायाधीस बनाउन अध्यादेश मार्फत ६जना न्याय परिषदमा ३जना मात्र भये पनि प्रम भयेतिर बहुमत पुग्ने रंगीन निर्णय गरीयो फलश्वरूप ४नंका मनोज शर्मा प्रन्या बने र त्यस्को भोलिपल्ट नै रबीको मात्रै होइन जीबी र छबीको पनि संगठित अपराध र संपति सुद्धिकरण मुद्दा फिर्ता लिइयो।राजनीतिक करणको आरोप लागेको न्यायालयले फेरि राश्वपाले भर्ति गरेको प्रन्याले उनीहरूको मुद्दा राफसाफ गरिदियो।अब एउटा समस्या के देखिन्छ भने सहकारी पीडितको रकम कस्ले फीर्ता दिने हो,यदि सरकारले तिरी दिने हो भने अरू कैयौ मानिसहरू ऋणि छन तिन्को रकम पनि तिरि दिनु पर्यो।संसदमा छिर्नु भन्दा पहिला नै राश्वपाहरूले मनग्य पैसा,हिरा,सुन ,चादि कमाइ सकेकोले भ्रष्टाचार सुन्यमा झर्छत१उनीहरूले कमाएको संपतिको स्रोत देखाउन पर्दैनरुसंसदको उद्घाटन,गणतन्त्र दिबसमा नबोल्ने र साम्सदहरूले सोधेको प्रश्नको जबाफ नदिएर प्रम बालेन साहले बोल्न इन्कार गर्दै आएका छन।तर जेष्ठ १७गते अप्रत्यासित रूपमा संसदमा आएर सीमा सम्बन्धी कुरा बोले र भने उनी प्रम भयेपछि नेपालले पनि भारतको सीमा मिचेको छ भनेर थाहा पाएको कुरा बताए।राष्ट्र र राष्ट्रहित बिपरीत कुरा गरे।संसदमा बिरोध भयो तर उनी लाटोले केरा हेरे झै हेरेर बाहिर निस्किए।के यो कुरा बालेनले योजनाबद्ध ढंगले बोलेका हुनरुनेपालले भारतको कुनकुन जमिन लूटेको हो फीर्ता चाहियो भनेर भारतले भन्यो भने बालेनले के जबाफ दिन्छनरुस्वर्णिम वाग्ले र रबीले भारतको प्रधिकार मान्छौ तर हामीलाइ नेपालको सत्ताको साचो हामीले पाउनू पर्छ भन्ने कुरालाइ यस्ले पुट त दिदैनरुप्रम बालेन साहले नेपालले भारतको सीमाना हस्तक्षेप गरी जमिन नियन्त्रण गरेको कुरा ती युवातुर्कले प्रम भयेपछि थाहा पाए भन्नु हास्यास्पद र इतिहासलाइ उल्टो घुमाउने र सोझा जनतालाइ मूर्ख बनाउने प्रयत्न हो।कुनै पनि मुलुकका सत्ताधारीहरूले कहिल्यै पनि अरू देशको जमिन लुटे पनि लुटेको छैन भन्छन।इतिहास,भूगोल, भाषा र संस्कृति नजान्ने मान्छे, गाढा रूपमा इतिहासको अध्ययन नगर्ने मानिसले देश हाक्ने जिम्मा लिनु हुदैन।फू(भारत,फू चीन ,फू अमेरिका भनेर आलोचक बनेका बालेन साह जस्ले ग्रेटर नेपालको नक्सा आफ्नोवालमा राखे सामान्य जनतालाइ लाग्यो यो युबकले देश हाक्छ र बिदेशिले लुटेको जमिन फीर्ता ल्याउछ भन्ने गलत सोच राखेका रहेछन।अन्ततः बिरालोले म्याउ गरे जस्तो भारतको पक्षमा बालेन बोले।भारतले नेपालको६०६६२हेक्टर जमिन लुटेको छ जस्मध्ये सुस्तामा मात्र१४५००हेक्टर छ।लिपुलेक कालापानी र लिम्तियाधुरामा ३६२बर्ग किमि जमिन भारतले लुटेको छ।संभबतः कालापानी,लिपुलेक र लिम्तियाधुरालाइ नेपालले मिचेको भारतको आरोप भयेकोले कतै त्यो जमिन भारतलाइ दिने प्रपञ्च त होइनरुजुन दिन बालेनले संसदमा बोले त्यही दिन भारतीय सीमा सुरक्षाबल आएर सुस्तामा नेपालतर्फ सिमाना सारेको छ।यही समयमा राश्वपाका अध्यक्ष भारत सद्भाब यात्रामा जानु कागताली मात्रै हुनै सक्तैन किनभने जसरी अमेरिकाले ल्याटिन अमेरिका माथि दाबी गर्दै आएको छ त्यसरी नै स्वर्णिम वाग्लेले भारतीय उपमहाद्वीपले भारतीय बर्चस्व स्विकार गर्नु पर्छ भन्दै आएका छन।नेपालका प्रम बालेन साहले के होसमा बोलेका छनरुउनी कि बोल्दैनन कि बोलेभने देशका बिरूद्ध बोल्छन।उनीको बडि ल्याङ्ग्वेजले लेण्डूप दोर्जेको स्वरुप र यूक्रेनको जेलेनेस्कीको झल्को दिन्छ भने किनभने उन्कोू गेट अपूठ्याक्कै जेलेनेस्किसंग मिल्छ।नेपालले।भारत वा चीनको जमिन हडप्न सक्ने हैसियतमा छैन।आफ्नो स्व अस्तित्व कायम गरून भारत र चीनसंग बराबरीको बिदेशनीति अपनाउनौ पर्छ।एकथरी राजनीतिक बिश्लेसकहरू,भूराजनीतिक शक्तिहरू र स्वघोषित बिद्वानहरूले बालेन र उस्को भनाइलाइ सही साबित गर्न खोजिरहेका छन।नेपाल भारतको सिमाना छुट्याउन बेलायत वा संयुक्त राष्ट्रसंघलाइ बोलाएर नेपालको स्वतन्त्रता र सार्वभौमकितालाइ बाजी थाप्न सकिदैन।सबै भन्दा राम्रो उपाय भनेको बालेनले संसदमा आएर माफि माग्ने वा प्रम पदबाट राजीनामा दिने दौइ बिकलूप मध्ये एक रोज्नौ बालेनको लागि भन्दा पनि देश र जनताको लागि आबशूयक छ।नेपालको इतिहास,भूगोल,संस्कृति,स्वतन्त्रता र अखण्डता बिरूद्ध जो जान्छ त्यस्लाइ नेपाली जनताले सहने छैनन।हाम्रो पुर्खाले बनाएको देशमाथि बिदेशिलाइ परेड खेल्न दिइने छैन।















