शम्भुबहादुर अधिकारी
उत्तर आधुनिकताबाद शून्यबादी र निराशाबादी दर्शन हो ।यस्ले प्रत्यक्ष रूपमा साम्राज्यबाद,बहुलबाद र संसदबादको वकालत गर्दछ।मार्क्सवादको उदय पछि सोभियत संघमा समाजबादको स्थापना भयो।समाजबादको स्थापना र द्वितीय बिश्वयुद्ध पछि नै उत्तर आधुनिकताबादको जन्म भएको हो।बिज्ञान र प्रबिधिको बिकासले समाज बिकासमा ठूलो र महत्वपूर्ण परिवर्तन ल्याइ दियो।त्यस्ले नब उदारबादी पुजिबादी देशलाइ अगाडी बढायो।उत्तर आधुनिकताबादले सापेक्षित सत्यलाइ अस्विकार गर्दछ।यसै संदर्भमा उत्तर आधुनिकताबाद,मानब समाज र समाज बिज्ञानका शाखाहरूमा फैलदै गएको छ।यस्लाइ उत्तर औद्योगिक समाजको बिचार चिन्तनको प्रणालीका रूपमा बुझ्ने गरिन्छ।यो संकटग्रस्त पुजिबादी साम्राज्यबाद र निम्न पुजिबादी बिश्व दृष्टिकोण हो।उत्तर आधुनिकताबाद बढी साहित्य र दर्शनको क्षेत्रमा देखा पर्दछ।बिश्वब्यापी रूप लिएको यो उत्तर आधुनिकताबाद नेपालमा पनि देखा पर्न थालेको छ।उत्तर आधुनिकताबादको केन्द्रभूमि यूरोप र अमेरिका बन्न गएका छन।उत्तर आधुनिकताबादी दर्शन सामान्यतः प्रगतिका सरल र गम्भीर बिश्वासको बिरूद्ध छ।यो बस्तुगत सत्यका बिरूद्ध प्रतिक्रियात्मक रूपमा देखा पर्दछ।पश्चिमि समाजका गलत र भ्रमपूर्ण तत्वहरूको पक्षमा उत्तर आधुनिकताबादले बिश्वास गर्दछ जुन बस्तुहरू पूर्णतः काल्पनिक बिचारबाट उत्पन्न हुन्छन।यस बादको सामाजिक र आर्थिक आधार,बिज्ञान र प्राबिधिक संरचनाको बिकसित रूप साम्राज्यबादी देशहरूमा फैलिएका छन।उत्तर आधुनिकताबादी प्रबृत्ति संभबतः अत्यन्त बुद्धिमत्तापूर्ण ढंगले नित्सेले ब्यक्त गरेका छन।उनले हरेक बस्तु र मानिसहरूलाइ शून्यताको रूपमा हेर्दछन।नित्सेले ईश्वर मरिसकेको छ भने जस्ले बस्तु वा मानिसको अस्तित्वमाथि अबिश्वास गरे।त्यस्ले तारकिक र बौद्धिक चिन्तनका प्रबाहमाथि गलत भिन्नताहरूको स्थापनाको रूपमा अभिव्यक्त गर्दछ।नित्सेले आत्माको अमरत्वको बिकल्प शास्वत प्रत्यागमनको मिथक अगाडी सारेका थिए।
उत्तर आधुनिकताबादले मानव प्रगतिको सिर्जनामा बिज्ञानको उपलब्धीहरू लाइ अस्विकार गर्दछ।नित्सेले तर्क बुद्धिबादको बिरोध गरे,उनी आदर्शबाद र भौतिकबाद,उदारबादी जनबाद र मार्क्सवादी समाजबादको बिरोधी थिए,शून्यबादका पक्षपाती थिए।उनले यूरोपेली सांस्कृतिक मूल्य मान्यतालाइ बिनाशतिर धकेलेको भन्दै त्यस्लाइ पुनः मूल्यांकनको माग गरे।उत्तर आधुनिकताबादीहरू मध्यू डेरिडाूएक थिए जस्ले दर्शन,बिचार,अर्थतंत्र आदिको केन्द्र नहुने कुरा बताए।त्यस्कारण यस्ले दर्शनमा आधुनिकताका बृहद संरचनाहरूको अबिश्वासलाइ संकेत गर्दछ।यस्ले उत्तर संरचनाबादी पक्षहरूमा कुनै निश्चित अर्थलाइ वा भाषा र जगतको बीचको अनुरूपतालाइ वा कुनै सत्य वा बास्तबिकता वा तथ्यको बस्तुगत अनुसंधानलाइ अस्विकार गर्दछ।नित्सेका अनुसार दर्शन आलंकारिक तथा साहित्यिक हुन्छ।उत्तर आधुनिकताबादको बिकास द्वितीय बिश्व युद्धको समाप्ती र शित युद्धको प्रारम्भिक चरणमा भयेको थियो।२०औशताब्दीमा पश्चिमि देशहरूमा बर्टान्ड रसेलको परमाणुबाद र अन्य उत्तर आधुनिकताबादी हरूको भाषाको दार्शनिक बिश्लेषण ,नब प्रत्यक्षबाद आदि भाषाबादी दर्शनको बिकास भयो।
यस दर्शनले भाषा,संकेत वा शब्दलाइ प्रमूख ठान्दछ तथा आदर्शबाद,प्रत्यक्षबाद र बहुलबादको पक्षपोषण गर्दछ।यस्ले बस्तुगत जगतलाइ भ्रम९ष्ििगकष्यल०ठान्दछ र काल्पनिक बस्तुलाइ सत्य ठान्दछ।बैदिक दर्शनमा यस्लाइ केबल ब्रम्हा मात्र सत्य हो भन्दछ।यस्ले दर्शनशास्त्रको मूख्य प्रश्नलाइ अधिभूतबादी चिन्तन भन्ने गर्दछ।उत्तर आधुनिकताबादबाट संकेत बिज्ञान,सौंदर्यशास्त्र र संरचनाबाद प्रभाबित भए।भौतिक जगतलाइ परमात्माको आभाष मानेर हुस्स आदिले आभासबादलाइ अस्तित्वबादको रूप दिए।त्यस्तो दर्शनशास्त्र जस्ले भौतिक प्रश्नको उत्तर दिन सक्तैन,त्यस्लाइ अधिभूतबादी भनिन्थ्यो र उनीहरूले सत्यलाइ प्राप्त गर्न नसकिने निरर्थक प्रश्न ठान्दथे।त्यो अज्ञेयबादी दर्शन अमेरिकी ब्यबहारबाद र बहुलबादसंग गासिएको हुन्छ।उनीहरूले भाषा, साहित्य र पाठको अध्ययन प्रणालीलाइ भाषाशास्त्रको रूपमा बिकास गरे।उनीहरूले आत्मालाइ प्रथम र भौतिक जगतलाइ आत्माको छाया अर्थात आभास मान्दथे।यस दर्शनले सर्बहारा बर्गको राज्य र त्यस्को अधिनायकत्वको बिरोध गर्दछ।यस्ले मार्कसबादलाइ जडशूत्रबादको आरोप लगाएर पुजिबादी बहुलबाद र संसदबादको समर्थन गर्दछ।संशोधनबाद,यूरो कम्युनिज्म हुदै यस बादले बैचारिक पतनको बाटो लिन्छ।उत्तर आधुनिकताबादीहरूका लागि आधुनिकताबादका मान्यताहरू ,बिचारहरू,ज्ञान बिज्ञान,मूल्यमान्यता ,सत्ता ,लुटपाट,दमन,प्रभूत्वका साधन हुन।यस्ले तमाम सभ्यताको बिघटन,भिन्नता र निर्बैचारिक मान्यतालाइ स्थापित गर्न चाहन्छ।ूडेरिडाूको दर्शन पाठबाद र बिनिर्माणबाद हो।दर्शन,सिद्धांत,ज्ञान बिज्ञानका कुरा उत्तर आधुनिकताबादीहरूको दृष्टिमा अधिभूतबाद हो।यस्ले चेतना र पदार्थका बिरूद्ध भाषाको पाठलाइ पहिलो स्थानमा राख्दछ।यस्ले बस्तु पदार्थ वा पद्दति होइन,मन वा चेतना पहिलो हो भन्दछ।साम्राज्यबादीहरू द्वरा संचालित बहुराष्ट्रीय निगमले उत्तर आधुनिकताबादलाइ अंगीकार गरेर उत्पादनमा केन्द्रीकरण र बितरणमा पुजिबादी स्वतन्त्र बजारनीति अपनाउछन।बहुराष्ट्रीय निगमको बिकासका कारण उत्तर आधुनिकताबादको जन्म भयेको हो।
प्रत्यक्षबाद तटस्थ देखिन खोज्दछ।नव प्रत्यक्षबादी दर्शनशास्त्रको मौलिकतालाइ मूल्यहिन बनाउन चाहन्छ।प्रत्यक्षबादी अज्ञेयबाद र सापेक्षताबादका ज्ञान सिद्धांतको बिरोध गर्दै लेनिनले भनेका छन,ूप्रतिबिम्बले अनिवार्य र आबश्यक रूपमा त्यो बस्तुगत यथार्थको जानकारी दिन्छ,जस्लाइ यस्ले प्रतिबिम्ब गर्दछ।रूढीपरक चिन्तन,प्रतिक र प्रतिलिपि त्यस्का अबधारणा हुन,जस्ले अज्ञेयबादको फाल्तु कुरालाइ दर्शाउने गर्दछन।ूउत्तर आधुनिकताबादले पनि बर्गिय पक्षधरता लिन्छ, तर त्यो कुरालाइ उस्ले इन्कार गर्दछ।यस्ले पुजिपतिबर्ग र शोषकबर्गको पक्ष लिन्छ।उत्तर आधुनिकताबादले भूमण्लीकृत साम्राज्यबादको पक्ष लिनुका साथै दार्शनिकृत बिकृति र बिसंखतिलाइ आफ्नो बैचारिक बिरासद ठान्दछ।उत्तर आधुनिकताबादले खुला बजारको समर्थन गर्दछ र स्वतन्त्र राष्ट्रिय उत्पादनलाइ आक्रमण गर्दछ।यस्ले मार्क्सवादी दर्शन र समाजबादी आर्थिक आधारको बिरोध गर्दछ।पदार्थ,बिज्ञान र मानब सिर्जित बस्तुलाइ यस दर्शनलेङ अस्विकार गर्दछ।यस अस्विकृतिलाइ बिखण्डनबाद ,बिनिर्माणबाद वा बिघटनबाद पनि भन्दछन।यस्ले सापेक्ष सत्यलाइ मान्न इन्कार गर्दछ।उस्को भाषामा त्यो आभास मात्र हो।भौतिकबादले जुन जुन कुरालाइ सत्य
ठान्दछ,उत्तर आधुनिकताबादले त्यसलाइ भ्रम ठान्दछ ।उत्तर आधुनिकताबादी चिन्तन पूर्णतः प्रतिक्रियाबादी चरित्रको,शून्यबादमा आधारित हुन्छ।यसल निराशाबादी दर पनि भनिन्छ।उत्तर आधुनिकताबादी बिचारकहरू आफूलाइ आधुनिकताबाद बिरोधी ठान्दछन।उनीहरूले प्राचीनकाल देखि नै देकार्त,न्युटन,ग्यालिलियो,ह्यूम,कान्ट,हेगेल आदिलाइ आधुनिकताबादी भन्दछन ।द्वन्द्वबाद,तर्कबुद्धिबाद,प्रत्यक्षबाद, र मार्कसबादलाइ पनि उनीहरूले आधुनिकताबादी दर्शन भन्दछन।तर आधुनिकताबादका संपूर्ण उपलब्धीहरूलाइ यस्ले छिन्नभिन्न पार्न खोज्दै छ।उनीहरू बिघटन,बहौलता,अनेकता,बिकेन्द्रीकरण ,अनिरन्तरता र अतार्किकता स्थापना गर्दछन।
भाषालाइ बोलीसंग छुट्याउन असंगत किन छ भने बोलीबिना भाषा निर्जिब हुन्छ।पाठलाइ सामा जीबनबाट अलग गर्नु उ आधुनिकताबादलाइ आर्शिकृत गर्नु हो।त्यो बेला भाषाको जीबनसंग कुनै संबन्ध हुन्न।उत्तर आधुनिकताबादले भाषा, संकेत ,शब्द ,पाठ,सबै बहुल हुन भन्छ।उत्तर आधुनिकताबाद,बहौलबाद,भाषा,दर्शन,छायाबाद र बिखण्डनबादसंग मिसिएर खिचडि बन्न पुगेको छ।ूडेरिडाले ज्ञानको सबै भन्दा राम्रो साधन साहि नै हो र उनले साहित्यलाइनै दर्शन मान्न पुग्छनू।ूकेही मार्क्सवादीहरूले उत्तर आधुनिकताबादनै उत्तर आधुनिक समाजको दार्शनिक प्रणाली भयेको तर्क गर्दछन जौन बिल्कौल गलत हो।ूतिमिल्सना ,मनहरी।
डेरिडा नव प्रत्यक्षबादले दर्शनलाइ निरर्थक बताउछ भन्छन।अन्ततः चेतना ,पदार्थ आदि अस्तित्वको बिरूद्ध छन भनिन्छ।उनले बिकल्पका रूपमा भाषाको पाठ खेललाइ भनूदछन।उनीहरूका अनुसार चेतनामा पदार्थको प्रतिबिम्ब हुदैन,तर द्वन्द्वात्मक भौतिकबादले चेतना र पदार्थ वा मनोगत र बस्तुगतको बीच द्वन्द्वात्मक संबन्ध हुन्छ।जब शब्द र शब्द बीचको संबन्धलाइ अस्विकार गरिन्छ,त्यी रूढीबादी सोच र प्रत्यक्षबादी अज्ञेयबाद भनिन्छ। जब बहुलबादले साम्राज्यबाद र संशोधनबादलाइ एकै ठाउमा राख्छ, समग्रमा बहुलबाद ब्यक्तिबादमा अभिव्यक्त हुन्छ।सारतः उनीहरू बिचारधा,इतिहास,मानिस,यथार्राथ आदिको अन्त्यको घोषणा गर्दछ।अवन्ततः यी सबै कुरा साम्यबादको बिरोध र पुजिबादी साम्राज्यबादको समर्थन हो।
ूदर्शनमा आधुनिकताबादले आधुनिकताका बृहद संरचनाहरूको अबिश्वासलाइ संकेत गर्दछ।पश्चिमि समाजको बृहद आकारका ब्याख्याहरू र प्रगतिमा यस्को बिश्वास जौन कान्ट,हेगेल वा मार्कसमा देकन वा जौन पूर्णताका काल्पनिक बिचारहरू बाट उत्पन्न हुन्छन,जुन बिकास,सामाजिक सुधार शिक्षा वा बिज्ञानको उपयोगबाट प्राप्त गर्न सकिन्छ।यस्ले आफ्ना उत्तर संरचनाबादी पक्षहरूमा कुनै पनि निश्चित बास्तबिकता वा सत्य वा त्यस्को बस्तुगत खोजीलाइ अस्विकार गर्ने कुरा सामेल गर्दछ।ूअनुस्रमेश,गिरी०उत्तर आधुनिकताबादले यथार्थता ,मानबीय ब्यक्तत्व,सिद्धांत,सारतत्व,नियम,मूल्य मान्यता ,बिचारधारा,इतिहासप्रति ध्वंशात्मक रबैया अपनाउछन।यो बैज्ञानिक ज्ञान सिद्धांतमाथिको आक्रमण हो।यस्ले बस्तुखत यथार्बादका बिरूद्ध अनिश्चित,अस्थिर,अज्ञेयबादी र शून्यबादमा बिस्वास गर्दछ।उनीहरू मार्कसबाद लेनिनवादलाइ परंपराबादी भयेको ,सर्बसत्ता बादी र अधिनायकबादी भयेको आरोप लगाउछन।मार्कसबाद,द्वन्द्वात्मक भौतिकबादी दर्शन हो।साम्राज्यबादले भूमण्डलिकृत सूचना प्रबिधि प्रयोग गरेर बिश्वब्यापी रूपमा आतंक मचूचाउन चाहन्छ,संसारलाइ आफ्नो नियन्त्रणमा राख्न चाहन्छ।ूयसरी साम्ले आफ्ना बिरोधी,उत्पीडित राष्ट्र र बिश्वभरीका श्रमजीबी जनतामाथि फासीबादी दमन,हस्तक्षेपर युद्धको आतंकवादी अधिनायकत्व छोप्दै आएको छू९किरण०पश्चिमि मुलुकहरूमा उत्तर आधुनिकताबाद साम्राज्यबादी सत्ताधारीहरूको आधिकारिक बिचारधारा बन्न गएको छ।नेपालमा भयेका जनबादी क्रान्ति,माओबादी जनयुद्ध,मधेशबादी जन आंदोलनलाइ फासिबादी शक्तिले बहुलबाद र संसदीय प्प्रजातंत्रलाई आदर्शिकृत गर्दै माओबादी जनयुद्धबाट प्राप्त उपलब्धीहरूलाइ अवमूल्यन गर्ने ,प्राप्त अधिकारलाइ सिमित र ध्वंश गर्न खोजिएको छ।अहिले अमेरिकी साम्राज्यबाद र भारतीय बिस्तारबादले नेपाललाइ ूफूटाऊ र शासन गरूको नीति अबलंबन गर्दै आएका छन।उत्तर आधुनिकताबादका दार नाम बिनिर्माणबाद हो।त्यस्लाइ बिसंघटनबाद र बिघटनबाद पनि भन्दछन यो कुनै सैद्धांतिक कुरो होइन।संकेत,शब्द,बस्तुको सहसंबंध हुन्छ।भाषामा लेखन र बोली हुन्छ।यदी बोलीलाइ निषेध गरी लेखलाइ मात्र काम गर्ने र लेखनलाइ पाठमा बदल्ने काम गरिन्छ भने त्यो लेख वा पाठ सामाजिक जीवनबाट संबन्ध बिच्छेद हुन जान्छ।डेरिडाले पाठलाइ सामाजिक जीवनबाट मात्र होइन,अर्थबाट पनि अलग्याएको छ।प्रशिद्ध भाषाशास्त्री चोनोस्किको दृष्टिमा भाषामा मानबीय सत्ता र संभाबनाका प्रसस्त ढोका खुलेका हुन्छन।यसरी डेरिडाद्वारा भाषाका सबै संभाबनाहरू बन्द गरिनुको बास्तबिक अर्थ ध्वंशबाद हो।अन्ततः उत्तरआधुनिकताबादले बिचारधारा,इतिहास,यथार्थ,मानिससंमको अन्त्यको घोषणा गर्दछ।परन्तु तिनमा मृत्यु भइ सकेपछि पनि उनीहरूले नब उदारबाद,बहुलबाद,बजारबाद,खुलापन,उपभोक्तावाद र बहुदलीय संसदीय ब्यबस्थाको वकालत गर्दछन।सारतः यस्ले शूनूयबादमा बिस्वास गर्ने भयेपनि यो साम्यवाद,समाजबादी बूयबस्था दर बिरोधी बाद हो।यस्ले साम्यवादको पतन र उदारबादको बिजयको घोषणा गर्दछ।यस्ले बैज्ञानिक ज्ञान सिद्धांतमाथि निर्मम प्रहार गर्दछ।उत्तरआधुनिकताबादले बैज्ञानिक दृष्टिकोण,जसूलेतथ्यगत सत्यलाइ सही ठहर्याउछ र त्यस्को बिरोध गर्दछ।त्यस्ले मानबीय चेतना र पहिचानलाइ बर्गीय रूपमा हेर्दैन,बरू बंश,जाती,धर्म र लिङ्गका रूपमा तथा छुट्टै ब्यक्तिको रूपमा प्रस्तूत गर्दछ।त्यस्ले शोषण र दमनका बिरूद्ध रहेका जनताको प्रतिरोधलाइ पुरै नकार्दछ।उनीहरूले उत्तर उपनिबेशबादी चिन्तन र ब्यबहारलाइ,राजनीतिक, आर्थिक,सांस्कृतिक र बिद्युतीय भूमण्लीकृत हाउगुजी देखाउछन।त्यसैलाइ आधारमानी स्वधीनता र मुक्ति चाहने उत्पीडित राष्हरू र जनतालाइ साम्राज्यबादी दासत्व र श्रेष्ठता स्वीकार गराउन उत्तर आधुनिकताबादलाइ भ्रमपूर्ण दृष्टिकोण अपनाउछन।उनीहरू क्रान्तिकारी जनताको ऐतिहासिक दायित्वमा उनीहरूले गर्ने शोषकबर्गको बिरूद्धको संघर्षलाइ निष्तेज पार्न चाहन्छन।इतिहासको निर्माणमा बर्गसंघर्ष र जनताको सचेत भूमिकालाइ अवमूल्यन गर्दछन।समाज,इतिहास र क्रान्तिलाइ बुझ्ने द्वन्द्वात्मकभौतिकबादी बिचारधारा बिश्लेषण गर्ने कुरालाइ उनीहरू इन्कार गरूदछन।सामाजिक उत्पादन प्रणालीलाइ नै ध्वंश गर्न चाहन्छन।बस्तुतः मार्कसबाद लेनिनवाद पुजीबाद बिरोधी संघर्षको दर्शन हो भन्ने कुरा उत्तर आधुनिकताबादले स्वीकार गर्दनन।क्रान्तिमा मूख्यतःसमाजबादी आन्दोलनमा भयेको आङूसिक र अस्थाइ धक्कालाइ उनीहरू पूर्णतः मार्कसबादको अन्त्य ठान्दछन,जुन बिल्कुलै सत्य होइन।संकट ग्रस्त साम्राज्यबाद, अतर्कबुद्धिबाद,शून्यबाद र बहौलबादको आडलिएर बस्तुगत यथार्थ,इतिहास,बिचारधारा,सिद्धांत,नियम,सारतत्व र सार्बभौमिकताको निषेध गर्न चाहन्छ
क्रान्तिले अस्थइ हार खाए पनि अन्ततः मार्कसबादी साम्यवादी समाजको नै बिजय हौने छ।क्रानूतिकारी निकृष्ट,बर्बर,पासबीक फासीबादी अधिनायकत्व र अन्यायपूर्ण युद्धका बिरूद्ध हुन्छन।साम्राज्यबादी मुलूकहरू पनि आफै भित्रैबाट पनि प्रतिपक्षका बिरूद्ध आन्तरिक लडाइ गर्दछन।उत्तर आधुनिकताबादको लाक्षणिक बिशेषता भनेको नै साम्राज्यबाद भित्रैबाट न्याय प्रेमि जनताहरूले उनीहरूका बिरूद्ध सशक्त आन्दोलन चलाउनु हो।उत्तर आधुनिकताबादलाई अगाडी बढाउने मध्य हुस्सर्ल,हाइडेगर,रोलावार्थ,डेरिडा,मिसेलफू,टायनबी,रोर्टी,एडबर्ड सइद,लियोर्ताद आदि हुन।














