शम्भु बहादुर अधिकारी
नेपालमा अहिले सबैभन्दा बढी चर्चामा रहेको बिषय बामपंथि एकताको प्रश्न हो।२०७४मा भयेको कम्युनिस्ट एकताले संसदमा२\३मत प्राप्त गरे पनि आपसि द्वन्द्व,अहंकार,नेत्रृत्व हत्याउने प्रतिष्पर्धाले कम्युनिस्टहरूले आफ्नो अस्तित्व कायम गर्न नेकाको सहयोग लिनु पर्यो।जबजब कम्युनिस्टहरू निष्फल हुदै र सानो समूहमा सिमित हुन्छन ,सरकारमा उनीहरूको बर्चस्व हुदैन तब तब बामपंथि एकताको फलाको फलाक्छन।”डाइहार्ड”कम्युनिस् टहरू लल्याकलुलुक भइ हाल्छन र आफूले सरापेको कम्युनिस्टहरूका बीच अप्रत्यासित रूपले एकताको घन्टी बजाउन थाल्छन ,त्यो किन भयेको हो भने उनीहरूले सिद्धांत र बिचार परित्याग गरेका हुन्छन तथा जनताको संपर्कबाट कटेका हुन्छन।सबै भन्दा पहिले हामीले बामपंथ र कम्युनिस्ट बीच अन्तर छुट्याउनु पर्छ।सबै कम्युनिस्टहरू बामपंथि र प्रगतिशील हुन्छन,तर सबै प्रगतिशील र बामपंथिहरू कम्युनिस्ट नहुन पनि सक्छन।कम्युनिस्टहरूको निश्चित दर्शन,राजनीति,मार्क्सवादी बिचार,सिद्धांत र दृष्टिकोण हुन्छ जस्लाइ संगठनात्मक रूप दिएर आमूल परिबर्तन गरी जनताको शासन कायम गर्न बैधानिक र अबैधानिक संघर्ष गर्छन।त्यस्को लागि उनीहरूसंग कार्यक्रम,कार्यनीति र रणनीतिक उदेश्य हुन्छ।बामपंथिहरू शोषण,अन्याय,उत्पीडनका बिरूद्ध उठेको संघर्षलाइ समर्थन गर्दै आन्दोलनमा भाग लिन्छन जबकी कम्युनिस्टहरूले एउटा प्रतिक्रियाबादी शासन ब्यबस्थालाइ फालेर आमूल परिबर्तन गरी नया सत्ता कायम गर्न चाहन्छन।कम्युनिस्टहरू संगठित भयेर पार्टीले दिएको निर्देशन पालना गर्छन जबकि बामंथिहरू असंगठित भयेर पनि समतामूलक समाजको लागि संघर्षलाइ समर्थन गर्छन र त्यस्मा भाग समेत लिन्छन।बामपंथि र प्रगतिशील शक्तिहरू अन्याय अत्याचारका बिरूद्ध समतामूलक समाजको लागि संघर्षमा प्रबेश गर्दछन,तर उनीहरू कुनै दलको सदश्य नहुन पनि सक्छन।तर उनीहरू मज्दूरकिसानको पक्षमा,सामाजिक, सांस्कृतिक र आर्थिक बिभेदका बिरूद्ध,शोषण र अन्याएको बिरूद्ध मुखर हुन्छन।उनीहरूले स्वयं संघर्षको नेत्रृत्व गर्दैनन,जनताका पक्षमा भये गरेका आन्दोलनहरूमा ब्यापक सहभागिता देखाउछन।कहिलेकाहि बामपंथि आन्दोलन स्वतः स्फूर्त रूपमा हुन्छ,तर नेत्रृत्वको बिकास नभयेकोले र कार्यक्रम र कार्यनीति प्रष्ट नभयेकोले आन्दोलनबाट प्राप्त उपलब्धीहरू दक्षिणपंथिको हातमा जान सक्छ,जस्लाइ कम्युनिस्टहरूले हस्तक्षेप गरेर त्यस्लाइ क्रान्तिको पक्षमा ल्याउन सक्नु पर्छ।जनबादी क्रान्ति संपन्न गर्न कम्युनिस्टको नेत्रृत्वमा आम मज्दूरकिसान,निम्नपूजिपतिबर्ग, प्रगतिशील बुद्धिजीबीहरू र बिद्यार्थीहरू,उत्पीडित जाती ,महिला समेत स्वतः स्फूर्त रूपमा आन्दोलनमा उत्रेका हुन्छन।उनीहरू भित्र रहेको शोषण, उत्पीडन,छुवाछुत,महिला र अल्पसंख्यक जातीको शोषण र दूर्गम क्षेत्रका मानिसहरूको उकुसमुकुसबाट सशक्त क्रान्तिको जन्म हुन्छ,तर उनीहरूसंग दीर्घकालीन कार्यक्रम,कार्नीति र रणनीति नहुदा क्रान्ति सफलतामा नपुग्न सक्छ,त्यस्कारण कम्युनिस्ट पार्टी र कार्यकर्ताले हस्तक्षेप गरि संघर्षको नेत्रृत्व लिनु पर्छ।बामपंथीको एकताको कुरा सजिलो छ तर त्यस्ले कम्युनिस्टको सिद्धांत,बिचार, संगठन र संघर्षको रूप धारणा गर्न सक्तैन।नेपालमा आफूलाइ कम्युनिस्ट भन्नेहरू नै बामपंथि भन्दा माथि उठ्न सकेको देखिन्न किनभने दक्षिपंथीहरूले क्रान्तिकारीको सुसेली हालेर बामपंथी आन्दोलनलाइ नै दिग्भ्रमित पारेर आन्दोलनको उपलब्धी आफ्नो पक्षमा पार्दछन।त्याहा पुरातन पंथी र प्रतिक्रान्तिको बिज रोपिएको हुन्छ।कम्युनिस्ट बन्न गार्हो छ किनभने एउटा कम्युनिस्ट बन्न सिद्धांतनिष्ठ,अनुशासित,इमान्दा र,जनताको संपर्कमा रहने,सिद्धांत र ब्यबहारलाइ एकरूपता दिने ,लोभलालच नभयेको र कठिन समयमा पनि संघर्षको नेत्रृत्व गर्न सक्ने ब्यक्ति नै सिद्धांततः कम्युनिस्ट भन्न लायक हुन्छ।कम्युनिस्ट पार्टी भित्रै त्यस्ता ब्यक्ति पाउन धेरै कठिन छ।तर एउटा कुरा बताइ रहनु पर्दैन कि नेत्रृत्व तयार गर्न हजारौ जनताको बलिदान,जनताको संरक्षण,कार्यकर्ताहरूको उस्प्रतिको अटूट आस्था र संघर्षबाट एउटा कम्युनिस्टले धेरै उतारचढाव पार गर्नु पर्छ।जनताको बलबाट बनेको नेत्रृत्वले संधै जनताको पक्षमा काम गर्छ भन्ने हुदैन,त्यस आन्दोलनले धेरै छनतुस्युहरू,,गोर्बाचोवहरू र रायमाझीहरू जन्माउन सक्छ।नेत्रृत्व एकैदिनमा सिनेमाको हिरो झै,लोकप्रीयताबाद र सेलिब्रेटिज्म र अलौकिक शक्तिको रूपमा जन्मन सक्तैन जसरी नेपालमा आगजनि,तोडफोड,राष्ट्रिय संपदाको बिध्वंशबाट बालेन रबी नामका नेताहरू बिना संघर्ष,राजनीतिक चेतनासून्य र राष्ट्र र जनता बिरोधी हरकत गर्नेहरू राताराता अन्तराष्ट्रिय नेता बनाइयो मूलतः पश्चिमा सामाजिक संजालहरूले प्रतिक्रियाबादी शक्तिलाइ स्थापित गर्यो।नेत्रृत्व भनेको संपूर्ण कार्यकर्ता र जनताको प्रयाशबाट बनेको नेत्रृत्व हो,त्यो संघर्ष, जनता र कार्यकर्ताहरूको समुच्चय हो । संघर्ष बिना ,आन्दोलनबिना गैर संबैधानिक र उग्र अराजकताबाट जन्मेको
राश्वपाको इन्डो अमेरिकन शक्तिलाइ पराजित गर्न क्रान्तिकारी,बामपंथी र लोकतांत्रिक शक्ति एक भयेर यो” प्रोक्सी शक्ति”लाइ पराजित गरेर मात्र देशको राष्ट्रियता र सार्बभौमिकताको संरक्षण गर्न सकिन्छ।बहुसंख्यक जनतालाइ यो भ्रम पर्न सक्छ कि एउटा कम्युनिस्टले आफ्नो जवानी,परिवार र धन संपति लगानी गरेको हुन्छ र कान्तिको लागि जीबन उत्सर्ग गरेको हुन्छ,त्यो स्वार्थको खेति हो।केही कम्युनिस्ट भनाउदाहरूले गरेको भ्रष्टाचार ,घुषखोरी र रकम संकलन गरेको आधारमा सबै कम्युनिस्टहरूलाइ एउटै डालोमा हालेर बिचार निर्माण गर्न हुदैन,अपबाद बाहेक अरू कम्युनिस्टहरू क्रान्ति र जनताको सत्ता स्थापना गर्न अझै क्रियाशील छन।अहिलेको नेपालको राजनीतिक परिस्थितिको ब्याख्या कसरी गर्न सकिन्छ भने कुनै आन्दोलनमा भागै नलिएकाहरू,प्रतिगमनका योजनाकारहरू,बैदेशिक शक्तिको आडभरोषामा षडयन्त्र गर्नहरू, अकुत संपतिका मालिकहरू र संभबतः सेनाको बलमा रातारात भुइफूट्टाहरू नेपालको राजनीतिक शक्तिमा प्रवेश पाएका छन।सामाजिक संजालबाट प्राप्त लोकप्रियताबाद,सेलिब्रेटिज्म,भू मण्डलीय सूचना,सीएन एन र बीबीसीले भाद्र २३र२४को हुलदंगा र आगजनीलाइ लूकाएर २३भाद्रको मात्र घटना देखाएर तत्कालीन सरकारलाइ दोष थोपर्ने काम गर्यो। नेत्रृत्वमा उठाइएको बालेन रबीहरू सरकारमा पुगेर एउटा गम्भीर खतरा सिर्जना गरेका छन जस्तै नेपालले भारतको सिमाना लुटेको बालेनको भनाइ र भारतमा जादा रबीले पुरानो नेपालको बिरासद नबोक्ने भन्ने भनाइ अहिले संम गरेका नेपाल भारत संबन्धलाइ समाप्त पारी भारतीय पक्षलाइ फाइदा हुने प्रपंच हो।राश्वपामा सैद्धांतिक,बैचारिक,दार्शनिक दृष्टिकोण छैन,संगठन लगभग २जनाको मात्र हातमा छ।अर्थराजनीतिमा राश्वपाले नव उदारबादको ओकालत गरेको छ।जनता र सुकुम्बासीका मागहरूलाइ बेवास्ता गर्दै बिभिन्न निहु झिकेर पुराना नेता र पूजिपतिलाइ त्रासदीपूर्ण बाताबरण तयार पारिएको छ र गिरफ्तार गरिएको छ।यीनिहरूमा चरम सत्ता लिप्सा छ र देशको शासन ब्यबस्थालाइ बंग्लादेश वा पाकिस्तानि मोडेलमा लैजाने खतरा छ।यीनिहरूमा राष्ट्रियताको प्रश्न कंजोर छ।ढीलो चाडो राश्वपाको अराष्ट्रबादी चरित्र र अति दक्षिणपंथि शक्तिबाट मुक्ति पाउन बामपंथी ,प्रगताशील शक्तिहरू मोर्चाबंदी हुनुको बिकल्प छैन।
कम्युनिस्ट आन्दोलनमा नेत्रृत्वलाइ “देबत्वकरण “गर्नु एउटा गम्भीर गल्ति हो किनभने नेत्रृत्वको हरेक कदमलाई सही ठहर्याउदै गइयो भने उनीरूको गल्तिबाट कार्कर्ताले सिक्ने मौका पाउदैनन,गलत निर्णययको बिरूद्ध कार्यकर्ताले आवाज उठाउन सक्तैनन।यसरी गल्तिमाथि गल्ति थोपरिदै जादा पार्टी संगठन बिघटनको सन्निकट हुदै जान्छ,उपलब्धीको जस अर्काको हातमा जान्छ।एकल नेत्रृत्वको बिकासले अरू नेत्रृत्व गर्न सक्ने दोस्रो तहका कार्यकर्ताहरूको मौकामाथि खेलबाड गर्नु हो।यदी हामीले समयमा नै सोचेनौ भने त्यो नेता चल्नहल्न नसक्दा संम मेचमा नै बस्छ र उस्को मृत्यु पछि बल्ल मेच खाली हुन्छ जुनबेला ढीलो भइ सकेको हुन्छ।नेत्रृत्व अधिनायकबादी हुन सक्छ।याहा उल्लेख गरेको बामपंथ मध्यपंथबाट बामतिरको झुकाउ होइन,त्यो त देशमा बिद्यमान बेथिति,कुशासन,अराजकता,संबिधा नलाइ नियंत्रण गर्ने प्रबृतिको बिरूद्ध संघर्षको मैदानमा उत्रनु हो।कम्युनिस्टहरूले चलाउने गरेको जनपक्षिय आन्दोलनहरूमा बामपंथि, प्रगतिशील,र लोकतांत्रिक शक्तिको मोर्चा बन्नु आबश्यक छ।अहिले नेपालमा इन्डो अमेरिकी समर्थकहरूको सरकार छ ,यो अराजकताबादी र दक्षिणपंथिहरूको सरकार हो।कम्युनिस्ट पार्टीले अब आफ्नै कार्यकर्ताको आलोचना र सल्लाह सुन्दैनन,सत्ताको लागि जुन दलसंग पनि संझौता गर्ने प्रबृत्ति देखाइन्जेल कम्युनिस्टहरूको राजनीति पुरा हुदैन।बेलायतमा सरकारका बिपक्षमा रहेको शक्तिलाइ बामपक्ष भनिन्छ,तर त्यस्को उद्देश्य बेलायतको संबिधान र मापदण्ड बिपरीत मज्दूर किसानको पक्षमा हुन्छ भन्ने होइन।जब त्यो बामपक्ष पनि सत्तामा जान्छ ,उत्पीडित र शोषित राष्ट्रहरूका बिरूद्ध सैनिक आक्रमण गरेर त्यस देशका अमूल्य संपदाहरू आफ्नो नियन्त्रणमा लिन्छ।
हामीले उल्लेख गर्न खोजेको बामपंथि शक्ति भनेको ल्याटिन अमेरिकामा भयेको बामपंथीहरूको सरकार हो जस्ले नव उदारबादको बिरूद्ध बहुराष्ट्रीय निगमहरू,बैकहरू,कलकारखानाहरू,ते लकंपनिहरू राष्ट्रियकरण गरि दिन्छन,त्यसैले अमेरिका आफ्नो हित र स्वार्थका लागि ती देशहरूमा सैनिक आक्रमण गरि बामपंथि सरकार समेत लाइ बिघटन गराउछन,तर नेपाली बामपंथिहरू ल्याटिन अमेरिकी बामपंथि शैलि अपनाउन सक्तैनन किनभने उनीहरूको नेत्रृत्व,संगठन,शैलि बलियो छैन ।उनीहरूले नव उदारबादी अर्थनीतिलाइ अबलंबन गरेर समाजबादको निर्माण गर्ने प्रयत्न नै समाजबाद बिरोधी छ।कम्युनिस्टहरू जनसंपर्कबाट कटेको,नाताबाद कृपाबादलाइ प्रश्रय दिएको,जनताको आबश्यकतालाइ ध्यान नदिएको,अहंबादी प्रबृत्तिका कारण पुराना नेताप्रति कार्कर्ताहरू को दृष्टिकोण सकारात्मक छैन।४०बर्षसंमको एकल नेत्रृत्व पनि कार्यकर्ता र जनताका लागि अरूचिकर देखिएको छ र अब्बल दर्जाका दोस्रा तहका नेत्रृत्वको पनि जीबन लगभग किनारामा नै पुगि सकेको छ।त्यस्कारण पुराना र थाकेका नेताहरूले स्वइच्छ्याले नेत्रृत्व हस्तान्तरण गरेर कम्युनिस्ट आन्दोलनलाइ जीबित राख्नु पर्छ।अब नया र उर्जाशील पुस्तालाइ नेत्रृत्व प्रदान गरेर क्रान्तिलाइ सहयोग गरेका नेत्रृत्वबर्गलाइ सम्मानपूर्वक सल्लाहकार वा बरिष्ठ नेताका रूपमा रहनु क्रान्ति र पार्टीको लागि उपयूक्त हुन्छ।नेत्रृत्व बिरासदको रूपमा भन्दा क्रियाशीलताको आधारमा र संगठन र संघर्षलाइ सुनियोजित ढंगले अगाडि बढाउन सक्ने ब्यक्तिहरू मध्यबाट छान्नु पर्छ।सरकारमा पुग्दा पनि हस्तक्षेप गर्न नसक्ने नेत्रृत्व अन्ततः दक्षिणपंथि बाटो अबलंबन गर्दछ।दलाल नोकरशाही पूजिबाद तथा बित्तीय पूजिको लगानिबाट समाजबादको आधार बन्न सक्तैन।कम्युनिस्टहरू बामपंथिको रूपमा मात्र प्रस्तुत हुनु हुदैन ,उस्ले समाजमा उच्च नैतिकता प्रदर्शन गर्नु पर्छ,सिद्धांत र ब्यबहारलाइ एकरूपता दिनु पर्छ,आर्थिक रूपले निष्कलंक हुनु पर्छ र मार्क्सवादी दृष्टिकोणमा दूरदर्शि हुनु पर्छ।जनतामा कम्युनिस्टहरूप्रति राम्रो हेराइ नभयेकोले उनीहरूमा बितृष्णा पैदा भयेको छ।डिजिटल युगमा कम्युनिस्टहरूले पनि आफ्नो उद्देश्यको लागि ब्यापक प्रचार प्रसार गर्नु पर्छ।गल्ति र कंजोरीलाइ सच्याइएन भने हामी बामपंथि संम पनि हुन सक्तैनौ।नेपालका कम्युनिस्टहरूको चिन्तन र चरित्र बामपंथि र प्रगतिशील शक्ति भन्दा माथि उठ्न सकेको छैन,कहिलेकाही त भड्किएर दुश्मनतिर पनि गयेका छन।के भन्न सकिन्छ भने कम्युनिस्ट एकता अति आकर्षक र सुन्दर अभिब्यक्ति हो,तर ७६बर्ष संमको इतिहासले के देखाउछ भने कम्युनिस्ट एकता,बिभाजन,पुनर्बिभाजन र पुनः एकताको डम्फू बजाएर हामी बलियो हुन खोजेका छौ।तत्कालीन कम्युनिस्टको सैद्धांतिक,बैचारिक,नैतिक, राजनीतिक,धरातल बामपंथि संम मात्र खुम्चिएको अबस्था हो कम्युनिस्ट आन्दोलनको।संघीय गणतन्त्रको स्वामित्व लिएको कम्युनिस्ट पार्टी नै चुनावमा एउटा सानो झुण्डमा देखिदा परचक्रिले गिज्याउनु स्वभाबिकै हो।बिगतको छोटो समयको कम्युनिस्ट आन्दोलन हेर्दा कम्युनिस्ट आन्दोलनले अन्तिम स्वास फेर्दै छ कि जस्तो लाग्छ।कम्युनिस्ट एकता भन्दा बाममोर्चा बनाएर कम्युनिस्ट एकताको बाताबरण तयार पार्नु पर्ने मेरो ब्यक्तिगत धारणा छ।नेत्रृत्वको अहं,दम्भ र गलत चिन्तनको सिकार कार्यकर्ता परेको अबस्था हो।
दक्षिणपंथ र उग्रबामपंथका बिरूद्ध नेपालमा इन्डो अमेरिकन धुरीका बिरूद्ध सबै न्यायप्रेमी जनताहरू,बर्ग,समुदाय र दलहरू एक हुनुको बिकल्प छैन।मानिसहरू कम्युनिस्ट पार्टी तर्फ आउन चाहन्छन कि चाहदैनन भन्ने कुरा हामीले कति ब्यापक रूपमा दृष्टिगत गर्छौ भन्ने कुरामा भर पर्दछ।केही पार्टी कार्यकर्ताहरूगैर पार्टी सदश्यको स्थितिलाइ मान्यता दिन इन्कार गर्छन।सोवियत संघमा समाजबादको बिघटन भनेको बामपंथि माथि ठूलो धक्का हो।संस्कृतिसंग जोडिएको गम्भीर प्रश्न भनेको बैचारिक समस्या हो जहा सांस्कृतिको अभाब हुन्छ।नव उदारबादले बामपंथि रणनीतिक कार्य बढी रहेको अबस्थामा , बिखण्डित सामाजिक प्रतिपक्षलाइ एउटा बिशाल समाजमा ,एउटा प्रबाहमा एकीकृत गर्न र त्यस्लाइ बिद्यमान ब्यबस्था माथि एउटा प्रहार गर्न सक्ने शक्तिमा रूपांतरित गर्ने योजना गर्छ।के भन्न सकिन्छ भने बामपंथ त्यस्तो शक्तिहरूको समूह हो जस्ले पूजिबादी ब्यबस्था र त्यस्को नाफा मुखी उद्देश्यको प्रतिरोध गर्छन,कहिले त हतियार बद्ध प्रतिरोध गर्छन।बामपंथि समाज पूजिबादद्वारा उत्पन्न भौतिक दरिद्रता र मानसिक तुच्छताबाट स्वतन्त्र हुने छ,उनीहरू गतिशील लडाकु हुन्छन।बामपंथिहरूको बैकल्पिक शक्तिको बिकासले पूजिबादी मानवतावादी,नव उदारबादि नीति,मज्दूर किसान बर्गको शोषणका बिरूद्ध संघर्षलाइ समर्थन गर्छ।बामपंथीहरू सरकारमा जादा एउटा गम्भीर खतरा के हुन्छ भने संकटको ब्यबस्थापन गर्न आफूलाइ सिमित राख्दछन,तर त्यो बामपंथि सरकारले आफ्नो अस्तित्वको लागि नव उदारबादी आर्थिक नीतिहरूलाइ आधारभूत तत्व मान्दछन।त्यस्तो राजनीति र राजनीतिज्ञहरूको संबन्धमा जनताको संदेह बढ्दै जान्छ र उनीहरू को बिश्वसनीयतामा संकट पर्छ।बामपंथी दलहरू र नेताहरू मध्यपंथि भन्दा धेरै टाढा गइ रहेका छन।राजनीतिक उदासिनता,निराशा र बितृष्णा दक्षिणपंथको लागि कुनै समस्या होइन,तर बामपंथिको लागि त्यो गम्भीर समस्या हो।बामपंथिहरूले क्रान्तिबाट भयेको परिबर्तन भन्दा चुनाबबाट प्राप्त मतलाइ मूल्यवान ठान्दछन,बहुमतलाइ आफ्नो बिजय ठान्दछन।अनुभबहरूले के देखाउछ भने “राजनीतिज्ञहरूले आफ्नो नाक भन्दा पर देख्न असमर्थ हुन्छन” भन्ने तर्क पनि छ।यस अर्थमा निष्ठावान कार्यकर्ता हुनुको अर्थ क्रान्तिको हितलाइ सर्बोपरि राख्नु र पार्टीको लागि सबै त्याग गर्न दृढ निश्चय गर्नु हो।तर कम्युनिस्ट पार्टीमा घमण्डी,बेइमान र स्वार्थी नेता कार्यकर्ता आफू भन्दा माथिको कृपापात्र हुन चाहन्छन।गैर कम्युनिस्टहरूको बिचारलाइ प्रतिबिम्बित नगरेमा पार्टीका नीतिहरू पुर्ण रूपले सही हुदैनन।बैरिको शक्तिलाइ बढाइ चढाइ गर्ने र आफ्नो शक्तिलाइ कंजोर ठान्ने दृष्टिकोण आत्मसमर्पणबादी चिन्तनशैली हो।
नव उदारबाद,साम्राज्यबाद, नोकरशाही पूजिबादको बिरूद्ध एउटा सशक्त बाम मोर्चा बनाउनु आबस्यक छ। प्रतिक्रियाबादी र बैदेशिक शक्तिको आड भरोशामा देशमा सरकारमा आएका “प्रोक्सी सरकार”का बिरूद्ध लोकतांत्रिक शक्तिलाइ पनि आह्वान गर्नु जरूरी छ।बाममोर्चा हुदै बामपंथि एकता र बिश्वसनीय बाताबरणको सिर्जना गरी कम्युनिस्ट पार्टीको एकता गर्नु उपयूक्त हुन्छ जस्ले बैदेशिक शक्तिले लादेका असंबैधानिक क्रियाकलापका बिरूद्ध संघर्षका लागि बल प्रदान गरोस।कम्युनिस्ट पार्टी भये पनि असल,सशक्त, र बैज्ञानिक चिन्तन भयेका कम्युनिस्टहरूको खडेरी परेको नेपालमा प्रथमतःबाममोर्चा गठन गर्ने,द्वितीयतःबामपंथि एकता गर्ने,तृतीयतः मार्क्सवादी सिद्धांत,बिचार,दृष्टिकोण,दर्शन र ब्यबहारमा एकरूपता आएपछि बल्ल कम्युनिस्ट एकता गर्न सकिन्छ।तर कम्युनिस्ट एकतासंगै अन्तरबिरोधहरू देखा पर्छन र नेत्रृत्वले एक अर्कामाथि हाबी हुन खोज्ने प्रबृत्तिले मूख्यरूपमा कम्युनिस्ट एकता संभब देखिदैन।कम्युनिस्ट एकताको प्रमूख समस्या भनेको नेत्रृत्वको समस्या हो,बिचार र दर्शनको समस्या हो,नेत्रृत्वको पुस्तान्तरण ,हस्तान्तरण नगर्ने मूल समस्या हो।पुरानापाका नेताहरूले नया,गतिशील,इमान्दार,अनुशासित, सिद्धांतनिष्ठता ,बैचारिक र राजनीतिक रूपले परिपक्क र नेत्रृत्व गर्न सक्ने क्षेमतावान ब्यक्तिहरूलाइ सामुहिक नेत्रृत्वमा लैजानु पर्छ।”मेरो गोरूको मोल बारै टक्का”ले कम्युनिस्ट एकता संभब हुदैन।बनिबनाउ नेत्रृत्व स्वतः स्फूर्त रूपमा एकैचोटी सिनेमाको “हिरो”झै वा सामाजिक सञ्जालमा झै अलौकिक नेत्रृत्वको आसा गर्न सकिन्न।असल नियत र बिचारबाट बाम मोर्चा,बाम एकता र अन्तमा कम्युनिस्ट एकता गर्ने हो भने आसातित परिणाम निस्कन सक्छ।














