images
images

माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक

images

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।

बैठक शुक्रबार ९ बजेका लागि बोलाइएको छ । समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ । हुलाक प्रेस

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS