images
images
images

स्थायी कमिटी बैठक अघि प्रचण्डले किन भेटे माधव र विप्लव ?

images

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकअघि नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘सी’सँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार बिहान निजी निवास खुमलटारमा बोलाएर नेता नेपालसँग एक घण्टा भेटवार्ता गरेका हुन् भने विप्लवसँग बुधबार बेलुका भेटेका हुन् । दुवै नेतासँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले पार्टी एकतामा जोड दिएको स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रचण्डको दौडधुप बढेको हो । यसअघि प्रचण्डले पार्टी बैठकको समय नै सारेर सोमबार पनि अध्यक्ष नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए । उक्त भेटमा अध्यक्ष प्रचण्ड र नेपालबाहेक उनीहरू निकटका केही नेता सहभागी भएपनि बुधबार र बिहीबारको भेटमा भने प्रचण्डले नेपाल र विप्लवसँग एक्लाएक्लै भेटेका थिए ।

भेटमा नेकपाका महासचिव विप्लवसँग प्रचण्डले तत्कालै पार्टी एकता गर्न प्रस्ताव गरेको विप्लव निकट एक नेताले जानकारी दिए । तर प्रचण्डको प्रस्तावमा विप्लवले पार्टी एकता गर्न अहिले हतार गर्न उचित नहुने सुझाव दिएका छन् । ‘प्रचण्डजीले तत्काल पार्टी एकता गरौँ भन्नेमा जोड दिनुभएको रहेछ । तर महासचिव विप्लवले अहिले पार्टी एकता होइन मोर्चालाई नै बलियो बनाएर अघि बढ्दा उपयुक्त हुने धारणा राखेको बुझिएको छ’, ती नेताले रातोपाटीसँग भने ।

विप्लवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले पार्टी एकताको माहौल त्यति राम्रो पनि छैन । बरु मोर्चामार्फत नै अघि बढ्दा फलदायी होला त्यसैले पहिला तपाईँको पार्टीमा पनि स्थिरता ल्याउने काम गर्नुस् ।’

महासचिव विप्लवले भने भेटवार्ताबारे बोल्न चाहेनन् । रातोपाटीले गरेको टेलिफोनमा विप्लवका सहयोगीले फोन उठाउँदै भने, ‘अहिले उहाँ ९महासचिव० मिटिङमा हुनुहुन्छ । कुरा गर्न मिल्दैन ।’

विप्लवपछि माधव नेपालसँग पनि प्रचण्डले चाँडो एकता गर्न प्रस्ताव गरेका छन् । तर नेपालले कार्यगत एकता गर्न आफू तयार रहेको तर आफ्नै पार्टीका कतिपय नेताहरू त्यसमा तयार भैनसकेकाले अहिलेनै एकता घोषणा गर्न हतार हुने जवाफ दिएका थिए ।

‘अहिले माधवजी र प्रचण्ड जी दुवैलाई पार्टी जोगाउन मुस्किल छ । एकता दुवैलाई चाहिएको छ । तर हतारको एकता टिक्दैन भन्ने दुवै पार्टीका अन्य नेताको सुझाव रहिआएको छ’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘विचार र सिद्धान्त मिलेर पार्टी एकता गर्नु सकारात्मक भएपनि कमजोरी लुकाउन र विषय बस्तुलाई अर्कोतिर मोड्न हतारमा एकता गर्नु अर्को दुर्घटना निम्त्याउनु हो ।’

बिहीबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन् । स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका थिए । प्रचण्डकै कार्यशैलीका कारण पार्टी क्रमशः ओरालो लागेको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रचण्डमाथि दबाब बढेपछि अध्यक्ष प्रचण्ड त्यसलाई मत्थर पार्न कम्युनिस्ट घटकहरूसँग एकताको ‘तुरुप’ फालिरहेको नेताहरू नै बताउँछन् ।

पार्टीमा चर्को आलोचना बढेपछि लगातार ३५ वर्ष पार्टी नेतृत्व गरेका प्रचण्डलाई जवाफ दिन सहज छैन । फरक मत राख्ने नेताहरूलाई पनि प्रचण्डले पाखा लगाउँदै आएका विगत छन् । अहिले पनि प्रचण्डमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो पार्टी एकताको बहाना बनाएर टालटुले जवाफ दिने तयारीमा छन् । तर उनको टालटुले जवाफलाई पार्टी नेताहरूले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ । रातोपाटीबाट

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS