तनहुँ
नेपाली कांग्रेस तनहुँले ‘समुदायमा कांग्रेस अभियान’ सुभारम्भ गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँले माघ १३ गते शनिवार देखी प्रारम्भ गरी माघ २६ गते सम्म अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस तनहुँको शनिबार बसेको विस्तारित वैठकले सो अभियान संचालन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलको सभापतित्वमा सम्पन्न वैठकले नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार केन्द्रिय प्रतिनिधि अब्दुल सत्तार मियाको उपस्थितिमा अभियान संचालन गर्ने निर्णय गरेको काँग्रेस तनहुँका प्रवक्ता हरी वाग्लेले बताए । वाग्लले अभियान माघ २६ गते कांग्रेसका पुर्व सभापति स्व. सुशिल कोइरालाको स्मृति दिवसका दिन समापन गर्ने गरि समुदायमा कांग्रेस अभियान सुभारम्भ गर्ने निर्णय भएको बताए ।
वैठकले हालै गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य माननीय किरण बाबु श्रेष्ठ र पदम परियारलाई बधाई एवम् शुभकामना प्रदान गरेको छ । वैठकमा केन्द्रीय प्रतिनिधि, राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सांसद एवम् पार्टीका अन्य नेताहरुले कार्यक्रमका उद्देश्य र संगठनका बारेमा ब्यक्त गरेका थिए ।