images
images
images

उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु

images
सर्वप्रथम उच्च रक्तचापका प्रमुख कारणहरू थाहा पाउनु र तिनीहरूलाई नियन्त्रणमा ल्याउनु अत्यन्त महत्त्वपूर्ण छ। उच्च रक्तचाप हुन नदिन, यसका सम्भावित कारणहरू थाहा पाइ राख्नुपर्छ । स्वस्थ जीवन शैलीको पालन गर्दा यो साध्य बनाइन्छ। उच्च रक्तचापको सफलतापूर्वक नियन्त्रणका लागि तलका सरल  उपायहरूको पालना गर्नुहोस्:

उच्च रक्तचाप नियन्त्रणका उपायहरु

१. धुम्रपान निषेध: यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।
२. मोटोपना नियन्त्रण: यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।
३. शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।
४. मदिरा सेवनलाई सीमित गर्नु: यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
५. नुनको सेवन कम गर्नु: यदि तपाईँले नुनिलो खानेकुराहरु खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।
६. तनावको नियन्त्रण: उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।
७. पोटासियमयुक्त खाना धेरै खानुपर्छ: पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती र मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफुलहरुमा पनि पोटासियम बढी पाइन्छ ।
८. ताजा फलफूल नियमित खानुपर्छ: ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।
९. प्रशस्त हरियो सागसब्जी खानुपर्छ: प्रतिदिन नियमित २, ३ चोटि हरियो सागसब्जी खानुपर्छ ।
१०. माछाको प्रयोग फाइदाजनक मानिन्छ: हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।
उच्च रक्तचापको नियन्त्रण स्वास्थ्यका लागि जरुरी छ। रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ । रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ। सकेसम्म स्वास्थ्य जीवन शुरु देखि नै नियन्त्रण गर्यो भने औषधि सेवन गर्न नपर्ने पनि हुनसक्छ।
[डा. अमृत बोगटी हाल: गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा कार्यरत हुनुहुन्छ।]

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS