images
images

दुम्सी बजारमा रहेको ‘व्यास नगर अस्पताल’ उद्घाटन

images

दमौली
तनहुँको व्यास नगरपालिका–१० दुम्सीबजारमा ‘व्यास नगर अस्पताल’ को उद्घाटन भएको छ ।
अस्पताल भवन उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउने नगरपालिकाको प्राथमिकताअनुसार आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा ध्यान दिइएको उनले बताए।
संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले स्थानीय तहबाट स्वास्थ्य पूर्वाधार निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उपप्रमुख इन्दिरा दरैले महिला सहित सबै नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न यस्ता संरचनाको भूमिका महत्वपूर्ण हुने बताइन् । २०७७ सालमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास गरिएको उक्त अस्पताल अब पूर्ण रूपमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा. राजु पौडेलले अस्पताल भवन ९६ लाख ३८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित कुल २ करोड ६६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए। कम्पाउण्ड निर्माणको काम भने अझै बाँकी रहेको उनले उल्लेख गरे।
अस्पतालका प्रमुख मेडिकल अधिकृत नविना न्यौपानेले स्थानीय स्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घट्ने बताउँदै सेवा प्रभावकारितामा जोड दिइन् । अस्पताल निर्माणमा सहयोग गर्ने क्लब, टोल विकास संस्था तथा आमा समूहलाई कार्यक्रममा सम्मान गरिएको थियो। कार्यपालिका सदस्य रनसिंड नेपाली र वडा नं. १० का अध्यक्ष खेमराज पोखरेलले अस्पताललाई दिगो र नागरिकमुखी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
अस्पताल निर्माण समितिका अध्यक्ष तथा व्यास–१० का निर्वर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। नयाँ अस्पताल सञ्चालनसँगै अब ग्रामीण भेगका नागरिकले आफ्नै ठाउँमा सहज उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS