images
images
images

अबको शिक्षा प्राविधिमैत्री कांग्रेस नेता पौडेल

images

व्यास

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको शिक्षा प्राविधिमैत्री हुनुपर्ने बताएका छन् । व्यास नगरपालिका– १ बिज्ञानचौर स्थित भानुभक्त क्याम्पसको ३६औं बार्षिकोत्सव एवं ११ औं साधारण सभाको शनिबार उद्घाटन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
नाति पुस्ताको,प्राविधि मैत्री ज्ञान,सीप र हजुरबा पुस्ताको अनुभवको समिश्रणबाट देशलाई निकास दिन आफु अझैपनि त्यसको लागि तयार रहेको बताए ।
समयको माग अनुरुप शिक्षा आवश्यक रहेको औल्याउँदै नेता पौडेलले व्यवहारिकमूलक र आयमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । नेता पौडेलले सामुदायिक स्तरबाट संचालित क्याम्पस बनाउन जनस्तरबाट देखिएको उत्साह र सहयोगको प्रसंशा  गरे ।

क्याम्पसको आउदो अधिवेशनबाट असल र सक्षम नेतृत्वको चयन गर्नको लागि पनि उनले सुझाब दिए ।  नेता पौडेलले सो अवसरमा भानुश्री पुस्तक समेतको विमोचन गरेका थिए ।   कार्यक्रममा पुर्वमन्त्री कृष्ण कुमार श्रेष्ठले क्याम्पसले गुणस्तर शिक्षा प्रदान गरेर शिक्षा क्षेत्रमा फड्को मार्दै गएको बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिक,कार्यक्रममा गण्डकी प्रदेशकी साँसद सरिता गुरुङ लगायतका वक्ताहरुले प्राविधिक शिक्षामा जोड दिएका थिए ।  कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका संस्थापक पुर्व प्राध्यापक अमरराज कैनीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहितले सम्मान गरिएको थियो ।  क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS