images
images
images

समाजको सभापतिमा पण्डित

images

दमौली

बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन भएका छन् । दमौलीमा सम्पन्न समाजको १२ औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । सभापति पण्डित समाजको निर्वतमान सचिव समेत हुन् । नव गठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ र सहसचिवमा केशमाया गुरुङ (केशु) चयन भएकी छन् । सदस्यहरु पछि मनोनित गरिने समाजले जनाएको छन् । व्यास नगरपालिका–६ साँगेमा जन्मनु भएका सभापति पण्डित २०३५ साल देखि नै राजनीति र समाजसेवामा सक्रिय छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको आरोप लगाउनु भएको छ । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनको दमौलीमा उद्घाटन गर्दै नेता जोशीले सो कुरा बताएका हुन् । आफ्नो भन्दा पनि पाँच दलको घोषणापत्र बोकेर काँग्रेसले बाटो विराएको जोशीको भनाई थियो । ‘रुख पनि नचाहिने, चारतारे झण्डा पनि नबोकेर काँग्रेस कतातिर जाँदै छ कुन बाटोमा हिँडेको छ ? नेता जोशीले प्रश्न गरे । आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो समुहको सम्मानजनक तरिकाबाट स्थान दिएमा तालमेल हुन सक्ने जोशीको भनाई थियो । गएको चुनावबाट अनुभवबाट पाठ सिकेर अघि बढ्ने उनको भनाई थियो । एमालेसँग गएको चुनावसँग मात्रै तालमेल भएको र अबको चुनावमा अरुसँग हुन सक्छ नहुन पनि सक्छ एक्लै लड्न पनि सक्ने जोशीको भनाई । ‘हामी एक्लै पनि चुनाव लड्न सक्छौं त्यसको लागि पनि तयार हुनुपर्छ’ नेता जोशीले प्रत्येक वडामा एक जना विश्वासिलो मान्छे तयार गरेर दरो मान्छे राख्नु पर्ने जोशीले बताए । अरुले के भन्छन् भन्दा पनि पहिचानको लागि लड्न पर्ने जोशीको तर्क थियो । सस्थाका निर्वतमान अध्यक्ष डिल्लीराम अधिकारीको सभापतित्वमा भएको थियो । अधिवेशनमा नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, समाजका सहसचिव सोलबहादुर चित्रौरे, सदस्य शुकुमलाल गुरुङ, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, युवा नेता दीपकराज जोशी, समाजका क्षेत्र नं.२ का सभापति नरेन्द्र थापा, १ का सभापति केशरबहादुर गुरुङ, व्यास नगर सभापति क्या.रेशमबहादुर गुरुङ लगायतले तनहुँमा नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS