damuli hospatail

२४ मंसिर २०८०, आईतवार

गण्डकीका आन्तरिक मामिलामन्त्री डोबाटे र अन्तराष्ट्रिय अपराध अनुसन्धान सहयोग कार्यक्रमकी म्यानेजर र एसिया प्रमुखबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा र अन्तराष्ट्रिय अपराध अनुसन्धान सहयोग कार्यक्रमकी म्यानेजर र एसिया प्रमुख बीच भेटवार्ता भएको छ ।

बुधबार अमेरिकी राजदुतावास काठमाडौं युएस डिपार्टमेन्ट अफ जष्टिस,अन्तराष्ट्रिय अपराध अनुसन्धान सहयोग कार्यक्रमकी म्यानेजर लियान एम.टुमे र सोही संस्था कि एसिया प्रमुख एण्ड्रिया सिमोन संग मन्त्री विश्वकर्माले पोखरा भेटवार्ता गरेका हुन ।

गण्डकी प्रदेश सरकारलाई अमेरिकी सरकारले अपराध अनुसन्धानमा र सक्षम प्रहरी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रीका स्वकीय सचिव देव रसाइली ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala