images
images
images

राष्ट्रिय मान्यता नपाएका ७३ दलले आफ्नै चुनाव चिह्न पाउने

images

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।

सो विवरण बुझाएका ७३ दललाई चुनाव चिह्न दिनेबारे बैठकले निर्णय गरेको हो ।

राष्ट्रिय दलको मान्यता नपाएका दललाई चुनाव चिह्न उपलब्ध नगराएको भन्दै साना दलहरुले बिरोधका कार्यक्रम गरिरहेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS