damuli hospatail

२४ मंसिर २०८०, आईतवार

स्थानीय तहको निर्वाचन तनहुँ कांग्रेसले ट्रेड युनियनकर्मीलाई १० प्रतिशत टिकट दिनुपर्ने माग

तनहुँ । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले स्थानीय तहको निर्वाचन ट्रेड युनियन कांग्रेससँग आवद्ध नेतालाई १० प्रतिशत पदमा उम्मेदवारी दिनुपर्ने माग राखेको छ ।

निर्वाचनसँग सम्बन्धित रहीट्रेड युनियन सँग सम्बद्ध पेशागत सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधीसँग शनिबार गरिएको बैठकलले सो माग राख्ने निर्णय गरेको हो । २०७० साल भदौ ११ देखि १३ गते सम्म चितवनमा भएको ट्रेड युनियन कांग्रेसको माहाधिवेशनका अवसरमा गरिएको चितवन घोषणापत्रमा उल्लेख भए अनुसार स्थानीय तहको निर्वाचनमा १० प्रतिशत उम्मेदवारी तय गर्न नेपाली कांग्रेस जिल्ला कार्य समितिसँग माग गर्ने निर्णय गरिएको सचिव हरिभत्त सुवेदीले जानकारी दिए।

चितवन घोषणापत्रमा उल्लेख गरिएको भएपनि विद्यान व्यवस्था नभएकोले दुई प्रतिशतले पनि टिकट नपाएको अवस्था रहेको नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खलेले जानकारी दिए ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस उम्मेद्वारलाई विजयी गराउन ट्रेड युनियनमा आवद्ध ट्रेड युनियनकर्मीहरुले सक्रिय सहभागिता एवं प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ । सोही बैठकले नेपाल ट्रेड युनियन तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खले नेपाली कांग्रेस तनहुँको व्यास नगर सभापतिमा अत्यधिक बहुमतका साथ विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । सो अवसरमा खादा र अविर लगायर बधाई ज्ञापन समेत गरिएको थियो ।

बैठकमा नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, नेपाल यातायात मजदुर सङ्घ तनहुँका अध्यक्ष रघुनाथ खनाल, नेपाल सार्वजानिक कर्मचारी सङ्घका अध्यक्ष दीपक वाग्ले लगायतले ट्रेड युनियनकर्मी जनप्रतिनिधी बन्न सफल भएमा मजुदरको समस्या समाधानको लागि मद्धत पुग्ने हुँदा त्यसको लागि दबाब सिर्जना गर्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।

पाटीसँग समवन्वय भएपछि कुन कुन वडा र पालिकामा भाग पाईन्छ त्यसमा दाबी गरिने नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रघुनाथ खनालले बताए । म्याग्दे गाउँपालिका वडा नम्बर १ को लागि वडाध्यक्ष दाबी रहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala