damuli hospatail

२४ मंसिर २०८०, आईतवार

गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता गर्न नेपाली कांग्रेस भानु नगर समितिको माग

भानु । नेपाली कांग्रेस भानु नगर कार्य समितिले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी माथि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले साधरण सदस्यता समेत नरहने गरी कारबाही गरेको फिर्ताको माग गरेको छ ।

भानु नगरका सभापति रामकुमार श्रेष्ठको अध्यक्ष बैठकले सो निर्णय गरेको हो ।

भानुमा रहेका १३ वटै वडाबाट फिर्ता गर्न दबाब आएकोले वैठकले माग गरेको भानु नगरका सचिव दीपेन्द्र अधिकारीले जानकारी दिए ।

कारबाहीको कारणले तनहुँ जिल्ला नेपाली कांग्रेसलाई नै क्षति पुग्ने देखिएकोले फिर्ता गर्न भानुका कार्यकताको भनेकोले गरे बमोजिम सर्वसम्मत फिर्ताको माग गरिएको उहाँले जानकारी दिए ।

बैठकले गोविन्दराज जोशी सहितका कार्यकर्ता असन्तुष्टी भई पाटीभन्दा बाहिर बसिरहनु भएकोले कार्यकर्ताहरुलाई पनि समन्वय गरी नेता जोशीको कारबाही फिर्ता गर्नको लागि नेपाली कांग्रेस तनहुँको प्रदेस, क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समिति तनहुँलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यसै गरी वैठकले भानु वडा नम्बर २ को वडा कार्य समितिले भानु नगर कार्यपालिकाको कार्यालय सारेको विषयमा र सोही सन्र्दभमा सर्वोच्च अदालतको आन्तरिम आदेश सम्बन्धमा विविध असन्तुष्ट सहित नगर कार्य समितिका ध्यार्नाषण गरिएको हुँदा उक्त असन्तुष्टिलाई सम्बोधन गर्नका निमित्त नेका जिल्ला कार्य समिति सहित केन्द्रीय नेतागणहरुलाई समायानुकल भानु नगरपालिका–२ मा आमन्त्रण गरी सबै पक्ष राखेर आवश्यक निकासको लागि पहल गरिदिन निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala