बन्दीपुर । नेकपा (माओवादी केन्द्र) बन्दिपुर-६ मा पार्टी कार्यालय स्थापना भएको छ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन केन्द्रित गर्दै २०१ जना निर्वाचन परिचालन समिति समेत गठन गरिएको नेकपा (माओवादी केन्द्र) बन्दिपुर-६ का अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।
त्यसैगरि युवा परिचालन र व्यवस्थापनको निम्ति दिपक मगरको संयोजकत्वमा ५ सदस्य इमिदेट एक्सन टिम बनाएको छ । यस्तै आर्थिक ब्यबस्थापनको संयोजकमा अशोक गुरुङलाई चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन माओवादी नेता तथा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले गरेका थिए ।
उक्त कार्यालय उद्घाटन कार्यक्रममा माओवादी नेतृ तथा गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, युवा नेता माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य सिद्धान्त गर्जामगर, माओवादी बन्दिपुरका अध्यक्ष जीवन कायस्थ, उपाध्यक्ष शंकार बानिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा (माओवादी केन्द्र) बन्दिपुर-६ का अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव भिम गुरुङले गरेका थिए ।