images
images
images

भानुमा संगठन विस्तारमा नेकपा एकिकृत समाजवादी 

images
भानु।
  नेकपा  कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले भानु नगरपालिकामा सङ्गठन विस्तारलाई तीब्रता दिएको छ ।  शनिबार सो पार्टीले वडा नं. ६ मा भेलाको आयोजना गरी राजबहादुर सुर्खालीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष सीताराम पाण्डे, सचिव राजु सुर्खाली, उपसचिव दुर्गाबहादुर मगर र सदस्यहरुमा राजेन्द्र अधिकारी,भरत खत्री, लोकबहादुर अछामी, बेदप्रसाद हड्खोले, शान्ता गैरे,दिपक खड्का लगायत रहेका छन् ।
जिल्ला कमिटी उपसचिव तथा भानु नगर कमिटी अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय लेखा आयोग उपाध्यक्ष विद्या ढकाल, जिल्ला कमिटी सदस्य श्रीप्रसाद न्यौपाने, नगर कमिटी सदस्यहरु दामोदर मिश्र, अमृत नेपाली, प्रमिला खत्री,श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठका स्वकीय सचिव जगत खड्का समेतको सहभािगता रहेकाे थियाे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS