images
images
images

ऐतिहसिक स्थलको महत्व बुझाउने गरी तनहुँसुरको विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

images

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐतिहसिक स्थलको महत्व बुझाउने गरी तनहुँसुरको विकास गर्नुपर्ने बताए ।

सो कुरा वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकाको आयोजनामा मंगलबार भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको समापन कार्यक्रममा बताएका हुन् ।

नगरपालिकाले खेलकुदको माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको नेता पौडेलले बताए ।

‘तनुहुँसुरको पहिचान बचाउनु पर्नेछ ।’ नेता पौडेलले भने, ‘यो आदिवासीको ठाउँ हो ।’ उनले अगाडि भने ‘यहाँ धेरै ऐतिहासिक महत्वपूर्ण ठाउँहरु छन् ।’

तनहुँसुरको ऐतिहासिकता झल्काउने गरी मान्छेहरुलाई हेर्न जाउँजाउँ हुने ठाउँ बनाउनुपर्ने नेता पौडेलले भने ।

उनले भने ‘यो सहिदहरुको गाउँ हो ।’ पर्यटनको विकास गरेर रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।

उनले थपे ‘अब तल झर्ने होइन माथि सर्ने हो ।’ ‘पहिले डाडाँका दिन गएका थिए तर अब डाडाँका दिन आउदै छ ।’ नेता पौडेलले भने ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS