damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

एमसीसी पास गर्न संसदमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ–वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास गर्न संसदमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताए ।

गठबन्धन टुटाएर भएपनि संसदबाट एमसीसी पास गर्नुपर्ने बताए ।

सो कुरा वरिष्ठ नेता पौडेलले प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन ।

गठबन्धन पनि नटुटोस् एमसीसी पनि फेल नहोस् भन्ने चाहना भएको र सरकारमा बसेर पनि सरकारको काममा अवरोध आएमा तालेमेल टुट्न सक्ने पौडेलले बताए ।

दरो आधार नभएका सतही आशंकाहरु र विर्तकहरुलाई समेटर एमसीसीको विरुद्धमा जानु उनिहरुको गलत भएको पौडेलको भनाई थियो । ‘काँग्रेस लोकतान्त्रिक विश्वबाट सम्बन्ध विच्छेद गरेर बस्न पनि चाहदैन, जसरी एक जमनामा चीनले काँग्रेसले देशले विकासको लागि उदारका पूर्वक सहयोग गर्छ भने त्यसको विरोधमा कुर्तकमा काँग्रेस जाँदैन’ पौडेलले भने ‘विरोधमा जानुहुन्छ भने गठबन्धन नरहन सक्छ’ ।

यही गठनबन्धनको सरकारले लगेको कुरालाई सदनमा लैजाने र प्रस्तावलाई सडक र सदनमा विरोध गर्ने हो भने परस्पर विरोधी कुरा भएको उनको भनाई छ ।

गठबन्धन पनि गर्ने राष्ट्रको अवसरलाई गुमाउने त्यसलाई समर्थन कांग्रेसले समर्थन नगर्ने पौडेललको भनाई थियो ।

पाँचदलको बैठकमा एमसीसीको किन विरोध गनुहुन्छ भनेर आफूले भनेको पौडेलले बताए । एमालेले आफू सरकारमा हुँदा पास गर्नुपर्छ भनेर लगेको र हाल विरोध गर्नुको कुनै अर्थ नरहेको पौडेलको भनाई थियो ।

‘एमालेले हिजो सरकारमा हुँदा त्यही कुरा ठिक छ भन्ने र अहिले सरकारमा नहुँदा ठीक छैन भन्ने, जनता झुक्काउन पाईदैन, राष्ट्रप्रतिको बइमानी हो’ वरिष्ठ नेता पौडेलले भने । औलो निर्मुलन शिक्षा सुधार गर्दाको लागि अमेरिकाले सहयोग गर्दा हुने तर हाल विद्युतलाई प्रशारणलाई सुधार गरी विद्युत वेचेर देश धनी हुन दिन लागेको अनुदान स्विकार गर्दा विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

‘एमसीसी राष्ट्रको हित विपरित छैन, अमेरिकी जनताले नेपालको विकासको लागि दिएको सहयोग हो, यसका कुनै हस्तक्षप हुँदैन’ पौडेलले भबे । कांग्रेसले जनतालाई एमसीसी देशको हितमा छ भनेर बुझाउन नसक्दा समस्या भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले पहिला जनतालाई एमसीको बारेमा बुझाउन ढिला हुँदा समस्या परेको बतए ।

‘एमसीसी के हो अधिकांशले बुझेका छैनन् हल्लाको पछाडी लागेर देशलाई पछाडी धकेल्ने काम कसैले गर्नुहुँदैन’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

sukala