
तनहुँ । तनहुँको दमौलीमा भोलि बिहीबार स्वतन्त्र युवाको समुहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध गर्ने बताएका छन ।
बिहीबार दमौलीको खुल्ला मैदानमा एमसीसीको विरोध गर्ने आयोजक मध्यका एक बादल आलेले जानकारी दिए ।
उनले भने ‘हामि राष्ट्रिय झण्डा बोकेर एमसीसीको विरोधमा उत्रिन लागेका छौं ।’
पार्टीको कार्यकर्ता भएर होइन नेपाली नागरिक भएर एमसीसीको विरोधमा सडकमा आउन देशभक्त नेपाली आलेले आग्रह गरे ।
एमसीसी अनुदान नभई लगानी भएको अर्का युवा किरण नेपालीके बताए । उनले भने ‘यसअघिको विदेशी लगानी संसदबाट पास हुन नपर्ने तर अहिलेको एमसीसी किन संसदबाट पास हुनुपर्ने ? भन्ने प्रश्न उठेको छ ।’
संसदमा टेबुल भएपछि एमसीसी पास हुने हो की भन्ने डर बढेको उनको बताए ।
एमसीसी पास गर्ने सोच बनाएका लाई खबरदारी गर्न नेपालीले आग्रह गरे । नेपाललाई एमसीसी जरुरी नभएको नेपालीले बताए ।