images
images
images

काँग्रेसलाई बचाउन कठोर निर्णय गर्नुपर्ने अवस्था आएको छ : गोविन्दराज जोशी

images

तनहुँ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसलाई बचाउनको लागि कठोर निर्णय गर्नुपर्ने बेला आएको बताएका छन ।

सो कुरा नेता जोशीले सोमबार दमौलीमा विपी विचार व्यास नगर अधिवेशनलाई उद्घाटन गर्दै बताएका हुन ।

विगतमा दमौलीमा मिटिङ नबसेर कहिले पोखरा कहिले काठमाडौंमा बसेर चुनाव गराईएको नेता जोशीले आरोप लगाए । उनले भने ‘म काठमाडौंमा गए दमौलीमा, म दमौली आए पोखरा जाने गरेर चुनाव गराईयो यसलाई मध्यनजर गरी हामीलाई वीपीको विचारमा संगठित भएका हामीहरुले वीपीको विचार बचाउन, काँग्रेसलाई बचाउनको लागि कठोर निर्णय लिनुपर्ने बेला आएको छ ।’

नेता जोशीले आफ्नो घरको कोठामा बसेर मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरु आफ्ना पिछलक्कुहरुलाई, आफ्ना मान्छे भन्नेका नाममा आफूले मनपर्दी ढंगले टिकट बाड्ने हो भने मान्य नहुने बताए ।

यसरी टिकट वितरणलाई हेर्दा वीपी कोइरालाको भनाई अनुसार यात दास हुन्छौ या त हामी चरम अवसरवादी हुन्छौ भन्ने भनाई मनन गर्नु पर्ने उनको भनाई थियो ।

कसलाई उम्मेदार बनाउने भन्ने सन्दर्भमा तयारी अवस्थामा बस्न नेता जोशीले कार्यकर्तालाई आग्रह गरे । अन्याय भयो भने लिष्ट तयारी अवस्थामा बस्नुपर्छ आवश्यक प¥यो भने जनताको तर्फबाट उम्मेदवार बन्नुपर्ने उनको भनाई थियो ।

पालिकादेखि वडासदस्य सम्मको पार्टीको पाए पार्टीको तर्फबाट टिकट दिने नत्र जनताको तर्फबाट टिकट लड्ने जोशीले पुनः भने ।

वीपीले जीवनको अन्त्य मेरो विचारको गलत व्याख्या गरिन्छ भन्ने पक्का छ भनेको उल्लेख गर्दै नेता विपीको आर्दश र सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिएकोले काँग्रेस कमजोर बनेको बताए ।

स्थानीय तहको निर्वाचनमा सबै मेरो मान्छेलाई दिनु पर्छ भनेको हैन सबै क्रियाशिल सदस्यहरु सबैलाई राखेर जसलाई टिकट दिने भन्छन् त्यसैलाई टिकट दिने हो भने मेरो आपत्ति छैन गुनासो छैन नेता जोशीले भने ।

कार्यक्रममा वीपी विचार समाज तनहुँका अध्यक्ष डिल्लीराम अधिकारी, वीपी विचार राष्ट्रिय समाजको गण्डकी प्रदेशको सचिव परशुराम गिरी, समाजका जिल्ला सचिव हरिशरण पण्डित, सदस्य शुुुकुमलाल गुरुङ, क्षेत्र नम्बर १ का सभापती केशरबहादुर गुरुङ , व्यास नगर सदस्य राधाकुमारी पन्थ, शेरबहादुर गुरुङ लगायतका नेता जोशीलाई पाखा लगाएर चुनाव लड्ने हो भने स्थानीय तहमा काँग्रेसले चुनाव हानुपर्ने अवस्था आउने चेतावनी दिए ।

जोशी समुहद्धारा वार्ताटोली पुर्नगठन

समग्र काँग्रेस एकताको लागि नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीबाट गठित वार्ता समिति शनिबार पुर्नगठन गरिएको छ ।

वीपी विचार समाज व्यास नगरको प्रथम अधिवेशनको अवसरमा नेता जोशीले पुर्नगठन गरेको जानकारी दिए ।

संयोजकमा सहिद पत्नी तथा विपी विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी सदस्यहरुमा काँग्रेसका जिल्ला नेताहरु हरिशरण पण्डित, शुकुमलाल गुरुङ, केशरबहादुर गुरुङ र सोलबहादुर चितौरे मगर चयन भएका छ्न ।

नेपाली काँग्रेस लगायतका विभिन्न राजनीतिक दलसंग वार्ता गर्नको वार्ता टोली गठन गरिएको हो ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जोशी खेमाले वार्ता टोली गठन गरेको हो । नेता जोशीले यस अगाडि तीन सदस्यीय वार्ताटोली गठन गरेका थिए ।

विपी विचार समाज व्यास नगर कमिटी गठन

बीपी बिचार समाज व्यास नगरपालिका स्तरीय प्रथम साधारण सभा एवं अधिवेशनले क्या.रेशम बहादुर गुरुङलाई व्यास नगरको अध्यक्ष पदमा चयन गरेको छ ।

हाललाई १५ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शेरबहादुर गुरुङ, सचिवमा कृष्णप्रसाद सोती, कोषाध्यक्षमा इलिसा गुरुङ र सहसचिवमा नवराज अधिकारी चयन भएका छ्न ।

त्यसैगरी सदस्यहरुमा सूर्यभक्त अधिकारी, खिमबहादुर थापा,पुण्यप्रसाद भट्टाराई,पञ्चबहादु गुरुङ, रामनाथ ओझा, राधा पन्थ, अमृता घर्ती, सुरेन्द्र सुवेदी, दीर्घबहादुर थापा र देवीप्रसाद गौडेल चयन भएका छ्न ।

पछि ६ जना सदस्य मनोनित गरी २१ सदस्यीय कार्य समिति बनाइने समाजका जिल्ला सचिव हरिशरण पण्डितले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS