images
images
images

नेता जोशी तनहुँमा अझै पनि शक्ति केन्द्र : किन आउछन् उनलाई भेट्न नेता कार्यकता

images

राजेन्द्र परियार
एक समय नेपाली कांग्रेस तनहुँमा एक क्षत्र राज गरेका कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी तनहुँका लागि शक्ति केन्द्र बनेका छन् । बिभिन्न वडा स्तरीय भ्रमणको कार्यक्रम लिएर आइतबार गृहजिल्ला तनहुँमा आएका नेता जोशी हाल कार्यकर्ता भेटघाटमै व्यस्त रहेका छन् । उनलाई यती बेला कार्यकताको लागि समय निकाल्न निकै मुस्किल परेको देखिन्छ । बिहान करिब ८ बजेबाट व्यास २ मा रहेको उनको निवासमा कार्यकर्ता बाक्लो उपस्थिती रहन्छ् ।

यस्तो कार्यकताको भिडभाड हेर्दा उनि अझै पनि सत्तामा रहेको झल्को देखिन्छ । बाहाल वाला मन्त्रीको समेत यस्तो कार्यकताको भिडभाड बिरलै देख्न पाइन्छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरे संगै उनले गृहजिल्लमा आफ्नो उपस्तिथीलाई तिब्र रुपमा बढाएका छन् । नेता जोशीलाई राजनीतिको चतुर खेलाडीको रुपमा हेर्ने गरिन्छ । कुन कार्यकता भुष र कुन कार्यकता चामल भनेर सजिलै छुट्टाउन सक्ने जोशीको तनहुँ कांग्रेस भित्र बलियो पकड रहेको छ । नेता जोशी तनुहँ काँग्रेसमा यस्तो पकड कि काँग्रेसको विभिन्न भातृ संगठन, ट्रेड युनिय, शिक्षक संघ आदिमा उनले जस्लाई चाहे उनै व्यक्तिले जित्ने गरेका छन् । आफ्ना कार्यकताको लागि जस्तो सुकै सहयोग पनि गर्न तयार हुने जोशीको व्याबहारले गर्दानै उनी आज सम्म गृहजिल्लामा हाईहाई रहेको नेपाली काँग्रेस तनहुँका एक स्थानीय नेता बताए ।

नेता जोशीले कार्यकता भेटघाटलाई समान्य रहेको बताएका छन् । उनले भने ” म सत्तामा नभएको १८ बर्ष भयो यो बिचमा कार्यकर्ताले परिर्वतनको महशुस गर्न नपाएकोले पनि मलाई भेट्न र गुनासो गर्न आउछन् । कार्यकता र नेताको सम्बन्ध सबै आत्मियता र समना हुनु पर्छ । कसैलाई काखा र पाखा गर्नु हुदै बर्तमान तनहुँ काँग्रेसबाट कार्यकताहरु आफुलाई अपहेलित भएको महशुस गरेका छन् । सो कारण पनि उनिहरु संग आएका हुन् ” उनले भने । काँग्रेसका एक स्थानीय नेता भने अरु नेताबाट खासै जनताको कामहरु गर्दैनन् उहाँले जिल्लाबासीको काम भनेर हुने ठाउँमा प्राय सबै कामहरु गरिदिनुभएको हुन्छ सो कारण पनि जनताहरु उहाँकोमा जाने गरेका छन् ।

जोशी आफु आउदो चुनावमा प्रतिनिधी सभा सदस्यमा लड्ने बताए संगै जिल्ल्मा तिब्र रुपमा आउजाउ बढाएका छन् । उनले भने आउदै संघिय चुनाबमा लडने योजना बनाएको छु । जनताहरुले साथ दिनुहुन्छ जस्तो लाग्छ, अब जनताहरुले नै पत्यानेन्न भने त छुट्टै कुरा । मलाई लाग् यस पालि जनताहरुको सहयोग मलाई हुने छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS