images
images
images

जनता समाजवादी पार्टी तनहुँको अध्यक्षमा वियोगी

images

तनहुँ । जनता समाजवादी पार्टी नेपाल तनहुँको अध्यक्षमा जर्नादन वियोगी सर्वसम्मत चयन भएका छन् । शनिबार दमौलीमा बसेको भेलाले वियोगीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

जिल्ला समितिको उपाध्यक्षमा नारायण बाबु लोहनी (सुभास), जीतबहादुर बराल र धनमाया गौली चयन भएका छन् । सचिवमा बोमबहादुर गमाल, सहसचिवमा कुमार कार्की, कोषाध्यक्ष भीष्म पौडेल चयन भए ।

सदस्यहरुमा विक्रम कार्की, मनकुमारी वि.क, बलराम सापकोटा, विष्णु पुन, टेकनारायण श्रेष्ठ, चिरञ्जिवी गौतम, कृष्णबहादुर बसेल, टीकाराम गुरुङ, दलबहादुर क्षेत्री, मधुरिमाल लगायत रहेका छन् ।

९ सदस्य पछि थप गर्ने नवनिर्वाचित अध्यक्ष वियोगीले जानकारी दिए । भेलालाई केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष हेमबहादुर थापा किरण, केन्द्रीय सदस्य पानबहादुर घर्ती, देवेन्द्र थापा, सल्लाहकार सदस्य कृष्णराज घिमिरे लगायतले सम्बोधन गरेका थिए ।

images