तनहुँ । तनहुँको भानु नगरपालिकाका वडा नं.२ निवासी मनोज कुमार श्रेष्ठ यतिबेला तनहुँमा युवाहरु माझ चर्चित छ्न ।
उनि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हुन ।
श्रेष्ठ यतिबेला पार्टीको संगठन विस्तार अभियानमा लागेका छन । साथै ऊनी आगामी स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा उठ्ने तयारीमा रहेका छन ।
तनहुँ क्षेत्र नं.१ बाट २०७४ सालको निर्वाचनमा एमालेबाट सांसद भएका कृष्ण कुमार श्रेष्ठ किसानलाई सहयोग गरेका मनोज श्रेष्ठ सांसद हुँदा उनि एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला सदस्य थिए ।
श्रेष्ठ कुनै बेला तनहुँको बदिपुर गाउँपालिका वडा नं.१. स्थित डुम्रे बजारमा रहेको रेडियो छिम्केस्वरी एफएम र पावर एफएममा काम गर्थे ।
आफुलाई राजनीतिमा अगाडि बढाउन डुम्रेका एमाले नेता एवं व्यवसायी शिव कुमार श्रेष्ठले ठुलो सहयोग गरेको श्रेष्ठ बताउछन ।