
तनहुँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका कम्युनिष्ट पार्टीले भोली फागुन ४ गते नेपाल बन्दको आव्हान गरेको छ ।
‘राष्ट्रघाती एमसिसि सम्झौताको विरुद्धमा’ भन्दै सो पार्टीले नेपाल बन्द गर्न लागिएको जनाएको छ ।
विप्लव नेतृत्वको नेकपासहित नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले बन्द आब्हान गरेका हुन्।
सत्ता गठवन्धनले भोली नै प्रतिनिधि सभामा एमसिसि सम्झौता टेबुल गर्ने तयारी गरेका छन् ।