images
images
images

दुलेगौंडामा माओवादी केन्द्र शुक्लागण्डकीको नगर कार्यालय स्थापना

images

तनहुँ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले कमिटीको नगर कार्यालय स्थापना गरेको छ ।

शुक्लागण्डकी–४ दुलेगौंडामा स्थापित कार्यालयको आइतबार नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य मदन आलेले उद्घाटन गरे ।

नगर कमिटी अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य खुम बहादुर विक राजु, दिनेश गौतम, जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य लोकनाथ आचार्य, नगर कमिटी उपाध्यक्ष चेतनारायण पौडेल, सचिव जिवन पोख्रेल लगायतले बोलेका थिए ।

नगर कमिटीको कार्यालय सचिवमा श्रीराम अधिकारीलाई तोकिएको छ भने आइतवारै १२ वटै वडाका इन्चार्ज तोकिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

यसैबीच जनयुद्ध दिवसको अवसर पारेर आइतवार माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले दुलेगौंडामा मास्क वितरण गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS