images
images

कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले फागुन ३ मा चुनाव केन्द्रित अन्तरक्रिया गर्ने

images

तनहुँ । नेपाली कांग्रेस क्षेत्र न १ तनहुँले आगामी फागुन ३ गते बृहत अन्तर्कृया कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालय बि.पि स्मृति भवन दमौलीमा बुधबार बसेको पदाधिकारीको दोश्रो बैठकले उक्त बृहत कार्यक्रम गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेको विशेष उपस्थितिमा बसेको बैठकले आगामी बैसाख ३० गते हुने स्थानिय निकायको निर्वाचनलाई मध्यनजर गर्दै स्थानिय निर्बाचन एब बिकासमा स्थानिय पार्टी समितिको भुमिकाका बिसयमा अन्तर्कृया केन्द्रित रहने क्षेत्रीय सहसचिव शैलेस खाती क्षेत्रीले जानकारी दिए ।

अन्तर्कृया कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कांग्रेस केन्द्रीय सदस्यहरु , कांग्रेसका जिल्ला सभापती , पदाधिकारी, गण्डकी प्रदेश कार्यसमिती सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र न १ बाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य , प्रदेश प्रतिनिधि , प्रदेश कार्यसमिती, क्षेत्र न १ अन्तर्गतका नगरपालिका र गाउँपालिकाका पदाधिकारी ,वडा सभापति, कांग्रेस बाट निर्बाचित वडा अध्यक्ष र वडा अध्यक्षका प्रत्यासि ,निबर्तमान सभापति , सभापतिका प्रत्यासी लगायतको सहभागिता रहने प्रबक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।

अन्तर्कृया कार्यक्रम बि. पि स्मृति भवन दमौलीमा गर्ने निर्णय भएको प्रबक्ता शर्माले बताए । बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठिको पनि विशेष उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS