तनहुँ । जनताका बिचमा भनेका कुरा शतप्रतिशत गर्न सफल भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने ‘हामी चुनावमा जाँदा गरेका प्रतिवद्धता शतप्रतिशत पुरा गरेको जस्तो लाग्छ ।’
मंगलबार गाउँपालिकाको दशौँ गाउँसभामा बोल्दै अध्यक्ष थापाले स्थानीय तहमा कोहि प्रतिपक्ष नहुने बताए । उनले अगाडी भने ‘स्थानीय तह संघ र प्रदेश भन्दा शक्तिशाली संस्था हो ।’
उनले भने ‘देशमा कयौं पालिकाले एउटापनि सभा गर्न नसकेको अवस्थामा हामिले ५ वर्षमा दशै वटा गाउँ अधिवेशन गर्न सक्यौं ।’ अध्यक्ष थापाका अनुसार बन्दीपुर गाउँपालिका २० वर्षे गुरुयोजना बनाएर अघि बढेका छ । उनले थपे ‘गुरुयोजना बनाउदा सबैसंग छलफल गरेर अघि बढेका छौं ।, यो हाम्रो मात्रै गुरुयोजना होइन, पुरै बन्दीपुरेको योजना हो ।’
‘बन्दीपुर गाउँपालिकाले आधारभूत काम गरेको छ ।’ अध्यक्ष थापाले भने ‘अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज हुने वातावरण तयार गरेका छौं ।, अब हामिलाई जस्तो असहज अवस्था आउदैन ।’
गाउँपालिकाले उत्पादन र रोजगारलाई जोड्न आधार तयार गरेका अध्यक्ष थापाको दावी छ । उनि भन्छन ‘स्थानीयलाई उत्पादन संग जोड्न सक्नुपर्छ ।’