images
images
images

एमसिसीविरुद्ध दमौलीमा सत्तारुढ घटक जनमोर्चासहितका दलहरुको प्रदर्शन (तस्बिर सहित)

images

तनहुँ । सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बुधबार एमसीसीविरुद्ध तनहुँको दमौलीमा प्रदर्शन गरेको छ । जिल्लाको दमौली बजारमा परिक्रमा गर्दै ती दल र मोर्चाले जुलुसहित अनसन चौतारीमा कोण सभा गरेको हो ।

प्रदर्शनमा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र हाम्रो नेपाल, हाम्रो नेपाली लगाएतको सहभागीता रहेको थियो ।

एमसिसि परियोजना कार्यान्वयनमा आए देशको राष्ट्रियता तथा स्वाधीनतामा ठूलो असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने राष्ट्रिय जनमोर्चाले जनाएको छ । एमसीसी परियोजना कार्वान्वयनमा आउन नदिनको लागी आफुहरुले सधैँ खबरदारी गरिरहने समेत राष्ट्रिय जनर्मोर्चा तनहुँले जनाएको छ ।

सो अवसरमा उनीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौ । राष्ट्रिय स्वाधिनताको रक्षा गरौ ।’, ‘नो एमसिसि’ लगाएतका नारा लगाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गरेका छन् ।

सो अवसरमा बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पूर्णजित पुनले देशका शासक विदेशीको दलाल भएको आरोप लगाए । ‘दलाल शासकले नेपालि जनतालाई भोट बैंकको रुपमा आइरहेको छ ।’ पुनले भने ‘एमसीसी मार्फत अमेरिका र भारतले जलस्रोतमा आँखा लगाइरहेको छ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS