
तनहुँ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको पदस्थापन भएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका जिल्ला अध्यक्षलाई पदस्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानले भुमीहिन, सुुकुमबासी र अब्यवस्थित बसोबासीको समस्या समाधान गर्र्ने गरी काम गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकास आर्याल, जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङ्ग, सदस्यहरु निल बहादुर थापा ,केश बहादुर सुनार, अर्जुन बहादुर अधिकारी, डिभिजन बन कार्यलय तनहुँका प्रमुख कोमलराज काफ्ले नापी कार्यालय तनहुँका राजीव श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
आयोगको कार्यालय जिल्ला समन्वय समितको भवनमा रहेको छ ।