images
images
images

कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले तिरस्कार गर्नेछन–पूर्वगृहमन्त्री जोशी

images

तनहुँ । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले पनि तिरस्कार गर्ने बताएका छन ।

तनहुँको बन्दिपुर गाउँपालिका–१ डुम्रेमा आयोजना गरिएको नेपाली काँग्रेसका कार्यकर्ता, व्यवसायी तथा बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री जोशीले सो कुरा बताएका हुन ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा तनहुँ जिल्लामा विभिन्न तहमा भएको अधिवेशनले तनहुँ क्षेत्र नं.१ को कार्यकर्ताले भानु नगर कार्य समिति, प्रदेश क र ख तथा क्षेत्रीय समितिमा शङ्कर भण्डारीद्धारा समर्पित सभापति लगायतका उम्मेद्वारलाई पराजित गरेर क्षेत्र नम्बर १ मा काँग्रेस कार्यकर्ताहरुले के.स. भण्डारीलाई आफ्नो सर्मथन नरहेको प्रमाणित गरेका छन् भने रामचन्द्र पौडेलको अत्यन्त निकट प्रियपात्र वैकुष्ठ न्यौपानेलाई पराजय गरेर तनहुँ जिल्ला नेपाली काँग्रेसका कार्यकताबीच पौडेल अलोकप्रिय रहेको प्रमाणित गरेको नेता जोशीको धारणा थियो ।

“यसबाट आगामी दिनमा पनि तनहुँका काँग्रेसजनले तिरस्कार गर्ने कुरा पुष्टि भएको छ, नेता जोशीले भन्नुभयो । तनहुँमा ठुलो सङ्ख्यामा क्रियाशिल सदस्यहरु एवं दुई हजार २ सय सक्रिय कार्यकताले सदस्यता नलिएको कुरालाई गंभिरता पूर्वक नभई जिल्लाको समस्या समाधानमा आजसम्म कुनै पनि प्रयाश नगरेकोले जिल्लाका कार्यकर्तालाई भुलभुलैमा राख्न भ्रामक कुरा भनेको हुँदा उहाँको त्यस्तो भ्रमपूर्ण कुरालाई विश्वास नगर्न जोशीले आग्रह गरे ।

तनहुँको काँग्रेसको अधिवेशन प्रति लक्षित गदैं जोशीले अगाडि भने यात पौडेलले वैकुण्ठलाई पराजय गराउन भूमिका खेल्नुभयो यात उहाँको अलोकप्रियताको कारण पराजय भोग्नु भएको हो ।

नेपाली काँग्रेसका तत्कालिन सचिव लक्ष्मी आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले मतदान नगरेकाले पनि यस कुरालाई पुष्टि गरेको नेता जोशीको भनाई थियो ।

१४औं महाधिवेशनमा भाग लिन नदिने र आगामी सङ्घीय चुनावमा टिकट नदिने नियतले आफूलाई कारबाही गरिएको र तनहुँ अधिवेशनलाई देखाएर यो प्रयाशलाई असफलता देखाईएको नेता जोशीले बताए । भानु नगरपालिका–१० बाट पूmकाई गराऔं भन्ने नाटक मञ्चन गराएर जिल्ला कार्य समितिले सिफारिस ग¥यो भन्ने तर नगर्ने जालसाँझी कुराले तनहुँ काँग्रेसको राजीनिक समस्या समाधान नगर्ने बताए ।

‘२०७९ कात्तिक सम्ममा समस्या समाधानको लागि म प्रयत्न गर्छु, तपाईहरु पनि गर्नुहोस् त्यो बेलासम्म पनि समस्याको समाधान गरिएन भने आफूले जनताको भावानालाई लत्याउन नसक्ने हुँदा जनताको तर्फबाट टिकट लिएर लड्छु’’नेता जोशीले भने । साथै उनले आफ्नो विजय नै काँग्रेसको विजय भएकाले आफूलाई सहयोग गर्न नेपाली काँग्रेस र अन्य दलका नेता तथा कार्यकर्तालाई आव्हान गरेका थिए ।कार्यक्रम हरिहर महिला समुहकी अध्यक्ष सरीता पियाको अध्यक्षतामा भएको थियो ।

यसैबीच डुम्रेमा आयोजित कार्यक्रममा वक्ताहरुले तनहुँमा नेता जोशी विनाको काँग्रेस एक ढिक्का हुन नसक्ने बताएका छन् ।

जोशीलाई हटाएर हाम्रो रजगज चल्छ भन्ने पौडेलको सोचाई रहेको र यसले तनहुँ काँग्रेसलाई एकतामा बाध्न नसक्ने वत्ताहरुको धारणा रहेको थियो ।

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले विजय गच्छेदारलाई उपसभापति सुनिल थापालाई सहमहामन्त्री र नरेन्द्रकुमार चौधरीलाई केन्द्रीय सदस्य बनाउन विद्यान नचाहिने काँग्रेस नेतृत्वले गोविन्दराज जोशीलाई र उहाँको साथमा रहेका अन्य काँग्रेस नेतालाई पार्टीमा मिलाउनु पर्छ भनेर आफूले भन्दा पौडेल समुहका एक कार्यकर्ताले तलाई कारबाही हुन्छ भन्ने धम्की दिएको कुरा स्मरण गर्दै सत्यकुरा गर्न नछाडेको बताए ।

‘‘जोशी विनाको काँग्रेस तनहुँमा एक ढिक्का हुने सम्भावन हुँदैन, तर मेलमिलाप नगर्दा काँग्रेस कमजोर बनेको हो’’ श्रेष्ठले भनने ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुवोध अधिकारी, नेपाली काँग्रेसका क्षत्रिय प्रतिनिधी राजेन्द्र पिया लगायतले मेलमिलाप गरेर तनहुँलाई बालियो बनाउन जरुरी रहेको कुरामा जोड दिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS