
तनहुँ । नेकपा एकीकृत समाजवादी तनहुँले आज शनिबार जिल्लास्तरीय सभा आयोजना गरेको छ ।
पार्टी दर्ता भएपछि पहिलो पटक नेकपा एकीकृत समाजवादीले तनहुँमा सभा गर्न लागेको हो ।
नेकपा एमालेबाट छुटिएर बनेको नेकपा एकीकृत समाजवादीले आज तनहुँमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।
जिल्ला भेलामा हिजो मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका कृष्णकुमार श्रेष्ठ (किसान) र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले सम्बोधन गर्ने जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।
यस्तै उक्त सभालाई पार्टीको गण्डकी सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य कलिला खान लगायतले सम्बोधन गर्ने छन ।
यस्तै केन्द्रीय नेताहरु चित्र थापा, विद्या ढकाल, रेखा बस्याललगायतको गृहजिल्ला तनहुँमा पार्टीमा नेता कार्यकर्ता प्रवेशससहित वृहत कार्यक्रम गर्ने तयारी पार्टीको रहेको सचिव कार्कीले जानकारी दिए ।
दशैको अवसर पारेर शुभकामना आदानप्रदानसहित दमौली स्थित मनकामना हलमा उक्त सभा आज हुने भएको छ ।
मुग्लिनमा भव्य स्वागतसहित जिल्ला आउदै मन्त्री किसान
मन्त्री किसान श्रेष्ठलाई जिल्लाको प्रवेश नाका मुग्लिन पुलजीपमा भव्य स्वागत गरि जिल्ला ल्याइदै छ ।
मन्त्री श्रेष्ठको स्वागतका लागी करिब ३ सयको संख्यामा युवा र समर्थक मुग्लिन पुगेका छन ।