images
images
images

तनहुँका किसान श्रेष्ठ बने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

images

तनहुँ । तनहुँको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन ।

चार वटा मन्त्रालयसहित सरकारमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट केन्द्रिय सदस्य श्रेष्ठ मन्त्री बनेका हुन ।

स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले नियुक्त भएका छन ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्री नियुक्ति भएकी छिन ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गरेका छन ।

को हुन किसान श्रेष्ठ ?

श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) २०२४ पुस ७ गते व्यास नगरपालिका, ४ तनहुँमा जन्मिएका हुन् । उनको परिवारमा श्रीमती र दुई छोरा छन् । आइकम अध्ययन गरेका उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटीमा आबद्ध भई उनको राजनीति सुरु भएको थियो । २०५२ सालमा उनले नेकपा एमालेको सदस्यता लिएका थिए ।

एमाले तनहुँको सल्लाहकार, तत्कालीन नेकपाको तनहुँ जिल्ला कमिटीमा रहेका उनी हाल नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य रहेका श्रेष्ठको राजनीति अघिको पेसा व्यापार हो ।

श्रेष्ठले ०७४ को चुनावमा तनहुँमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर विशेष चर्चा कमाएका थिए । पौडेललाई चुनाव हराउने श्रेष्ठलाई काँग्रेस नेतृत्वको सरकारमा मन्त्री बनाइएपछि रामचन्द्र पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा ‘थ्रेट’ महसुस गरेको हुनसक्ने अनुमान गरिएको छ ।

विगतमा केपी ओलीको समूहमा रहेका श्रेष्ठ एमालेका युवा नेता महेश बस्नेतसँग नजिक मानिन्थे । महेश बस्नेत र पूर्वआईजी सर्वेन्द्र खनालले जसपाका सांसदलाई मधेसबाट काठमाडौं ल्याएको प्रकरणमा श्रेष्ठको समेत नाम मुछिएको थियो, जसले गर्दा उनको छविमा दाग लागेको थियो ।

केपी ओलीको समूहमा लाग्दा मन्त्री बन्ने अवसर नपाएका श्रेष्ठले सरकारमा जाने मौका पाएका छन् । सफल व्यापारीको छवि बनाएका उनलाई अब काम गरेर देखाउने मौका प्राप्त भएको छ । यो अवसरलाई उनले सदुपयोग गरे भने फेरि पनि तनहुमा उनले रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्न सक्छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS