
तनहुँ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको मिति भदौ ३० गतेको निर्णयानुसार साक्षर गण्डकी प्रदेश घोषणा गर्न गठित मूल समारोह समितिको सदस्यमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई मनोनय गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको संयोजकत्वमा गठित मूल समारोह समितिको सदस्यमा नगरप्रमुख न्यौपानेलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।
साथै उक्त घोषणा समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने सहयोगको अपेक्षा समेत मन्त्रालयले गरेको छ ।